Author: महेन्द्रनगर पोष्ट

बैतडी- बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाइबाट जिल्लाको सिगास गाउँपालिका–७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको मृत्यु भएको हो । स्थानीयका अनुसार शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको थियो ।

Read More

कञ्चनपुर- कञ्चनपुरमा खुकुरी प्रहार गर्न खोज्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको वेदकोट नगरपालिका ९ का १८ वर्षीय सुनिल विष्टमाथि खुकुरी प्रहार गर्न खोज्ने शुक्लाफाँटा नगरपालिका ३ का १९ वर्षीय कविराज भट्टलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार महेन्द्रनगर बजारको गल्ली नम्बर ५ मा विष्टमाथि खुकुरी प्रहारको प्रयास भएको थियो । खुकुरी प्रहार गर्न खोज्जुको कारण नखुलेको प्रवक्ता शाहले बताए । घटनाबारेमा अनुसन्धान भइरहेको उनले बताए ।

Read More

कैलाली- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा ठूलो रकम हिनामिना गरेको पाइएपछि अख्तियारले उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशी, तत्कालीन इन्जिनियर पूर्ण कुवँर, तत्कालीन सब–इन्जिनियर भक्तराज जोशी, तत्कालीन सब–इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर बिष्ट र निर्माण व्यवसायी सन्तोष जोशी रहेका छन् । अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टसँग ४२ लाख ५३१ रुपैयाँ, तत्कालीन…

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन यही जेठ १६ गतेबाट सुरु गर्न सिफारिस गरिएको छ। शुक्रबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्ने सिफारिस गरेको हो। सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशन बोलाउन आह्वान गरिएको छ । यस्तै मन्त्रिपरिषद बैठकले प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधानको व्यवस्था गर्न बनेको विद्येयक प्रदेशसभामा पेश गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति समेत प्रदान गरेको छ।

Read More

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक दलहरु नै आन्दोलित बनेका छन् । मतदानको क्रममा धाँधली भएको भन्दै निर्वाचन आयोगले बिहीबार पुनः मतदान गर्ने निर्णय गरेपछि नेपाली कांग्रेस र नेकपा एमाले नै विरोधमा उत्रिएका हुन् । जनमतविरुद्ध आयोगले निर्णय गरेको भन्दै एमालेले अनिश्चितकालका लागि सडक अवरुद्ध गरेको छ। अहिले बाजुरा प्रवेश गर्ने एक मात्र सडक साफे मार्तडी अवरुद्ध गरिएको एमाले बुढीगंगा नगर अध्यक्ष नरेन्द्र थापाले बताए । देशभर नभएको निर्णय आयोगले बुढीगंगा नगरपालिकामा गरेको भन्दै उनले आक्रोश व्यक्त गरे । जनमतविरुद्धको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने उनले बताए । एमालेले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा…

Read More

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले गरेको फैसलामा आपत्ति जनाएका छन् । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसद्मा सम्बोधन गर्दै अध्यक्ष नेपालले विमानस्थल निर्माणको कार्य अघि नबढाउन सर्वोच्च अदालतले दिएको फैसलामा आपत्ति जनाएका हुन् । काठमाडौंमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले थेग्न नसकेको तथा लुम्बिनीमा निर्माण गरिएको विमानस्थल त्यहाँका लागि मात्रै प्रयोगमा आउने भएका कारण अन्तिम विकल्प निजगढ रहेको बताए । संसद्मा सम्बोधन गर्दै उनले भने, ‘मास्टरप्लान तयार भइसकेको अवस्थामा, ईआईए तयार भइसकेको अवस्थामा, गहिरो अध्ययन भइसकेको अवस्थामा, झण्डै ३ अर्ब रुपैयाँ नेपाल नागरिक उड्डयन प्राधिकरणले खर्च गरिसकेको अवस्थामा, जग्गाहरु अधिग्रहण गरिसकेको अवस्थामा, त्यही कामका लागि फास्ट ट्र्याकको निर्माण अघि बढेको अवस्थामा बडो…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुन नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बलात्कारलगायत जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहँदा गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढङ्गले परिचालन गरिरहेको पनि बताए । उनले राष्ट्रिय मानव अधिकार आयोगका सबै सिफारिसहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि कानुनी शासन र लोकतन्त्रको सुदृढीकरणमा जोड…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण १२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ३८७ मा कोरोना परीक्षण गर्दा १२ जनामा मात्र सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १२४ रहेको छ । विगत २४ घण्टामा १३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ३७ पुगेको छ । निको हुने दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित हुने ३० जिल्ला पुगेका छन् । नेपालमा सङ्क्रमण दर १७।२ प्रतिशत छ । नेपालमा प्रति…

Read More

चितवन – चितवनको भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेणु दाहाल सवारी दुर्घटना परी घाइते भएकी छन् । शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो । उनी सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई टाउकोमा सामान्य चोट लागेको जनाइएको छ । रेणुलाई उपचारका लागि सुमेरू अस्पतालमा भर्ना गरिएको छ । दाहालको टाउकोमा चोट लागेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको, अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।

Read More

काठमाडौं – किमाथाङ्का– सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु भएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको यार्सागुम्बा संकलन जेठ १० गतेदेखिसुरु गरिएको निकुञ्जका कार्यालयप्रमुख रामदेव चौधरीले जनाएका छन् । कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथाङ्का मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ । अनुमति लिएका व्यक्ति वा समूहले जेठ १० गतेदेखि असार १० गतेसम्म यार्सा संकलन गर्न पाउने छन् । यार्सागुम्बा संकलन गर्न निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई ५००, मध्यवर्ती क्षेत्र बाहिरका तर जिल्लाभित्रकालाई…

Read More