Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक अहिले विशिष्ट सन्दर्भमा रहेको टिप्पणी गरेका छन् । उनले अहिलेको नीति तथा कार्यक्रममा निर्यातमुखी अर्थतन्त्र बनाउनेतर्फ जोड दिईएको सुनाए । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै दाहालले यस्तो बताएका हुन् । उनले देश अहिले धेरै तरिकाबाट संकटमा र अप्ठ्यारोमा रहेको स्मरण गराए । उनले अहिले सबै राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता गर्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले राष्टिय सहमति र समझदारीतर्फ जानुपर्ने बताए । उनले अहिले एकले अर्कोलाई दोषारोपण गरेर समस्याको समाधान नहुने पनि सुनाए । उनले अहिलेको स्थानीय तहको निर्वाचनमा ठूलो जनसहभागिता…

Read More

जुम्ला– आज २८ मे अर्थात अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस । विश्वभर आज विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइदै छ । यही क्रममा जुम्लामा पनि चन्दननाथ–९ का ४० भन्दा बढी महिलालाई स्यानिटरी प्याड वितरण गरिएको छ । एसएनभी नेपाल, मित्र नेपाल, पेस नेपाल र चन्दननाथ नगरपालिका–९ वडाको कार्यालयको आयोजनामा महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरिएको छ । कार्यक्रममा महिनावारी मैत्री शौचालय भए नभएको, महिनावारी हुँदा गरिने खानपिन तथा सरसफाइ बारे छलफल गरिएको छ । कार्यक्रममा किशोरीहरूमा महिनावारी बारे पर्याप्त सूचनाको अभाव रहेको र त्यसले उनीहरूको शिक्षा र स्वास्थ्यमा असर परेको एसएनभी नेपालका नन्दलाल धरालाले बताए । महिनावारी प्राकृतिक प्रकृया हो । महिनावारी हुनु आमा बन्न तयार हुनु हो । महिनावारी स्वच्छता…

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी वर्षको बजेट एवं प्राथमिकताका सम्बन्धमा जानकारी गराएका हुन् । सभामुख सापकोटाले सङ्घीय संसद्को बजेटसँग जोडिएका अन्य विषयमा अर्थमन्त्री शर्मालाई स्मरण गराएका थिए । सो अवसरमा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी, अर्थ सचिव मधुकुमार मरासिनी लगायतको उपस्थिति थियो ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता/कार्यकर्तासँग मिल्न सकिने बताएका छन् । शनिवार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘यो केपी ओलीको अहङ्कार यति धेरै धम्स नहुने हो भने अरू सबै एमालेका नेतारकार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’ तर, केपी ओलीकै व्यवहारका कारण सिङ्गो एमालेसँग मिलेर काम गर्न सक्ने अवस्था नदेख्दा आफूलाई चिन्ता लागेको प्रचण्डको भनाइ छ । प्रचण्ड भन्छन्, ‘उहाँ (ओली)ले जस्ता शब्दहरू प्रयोग गर्नुभयो यसले म अझै चिन्तित भएको छु ।’ ०७४ को प्रदेश र सङ्घीय चुनावमा गरेको वाम तालमेल, चुनाव लगत्तै गएको पार्टी…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’ राष्ट्रिय सभा सदस्य, संघ र प्रदेश सरकार गुमाइसक्दा पनि केपी ओली नसच्चिएको भन्दै प्रचण्डले अझै दम्भबाट पछि नहटेको बताए ।

Read More

काठमाडौं – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको बलिदान एवं सङ्घर्षबाट प्राप्त गणतन्त्रणको सफल कार्यान्वयनमा हामी सबै लाग्नुपर्ने बताउनुभएको छ । पन्ध्रौं गणतन्त्र दिवसका उपलक्ष्यमा आज विराटनगर–१३स्थित पूर्वाञ्चाल बालसेवा आश्रममा रहेका आश्रितलाई फलफूल वितरणका क्रममा उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री राईले गणतन्त्र स्थापनाबाट मुलुकमा क्रमशः विकासको गति अगाडि बढ्दै गइरहेको र नागरिकको आर्थिक समृद्धि एवं जीवनस्तर पनि वृद्धि भइरहेको छ भन्नुभयो । राज्यको कुनै लगानी नभएको तर जनसहयोगबाटै सञ्चालित यस आश्रमको गतिविधिले अन्य सरोकारवाला निकायलाई प्रेरणा मिल्ने धारणा व्यक्त गर्दै उहाँले आश्रमलाई आवश्यक पर्ने सहयोग र सवारी साधनका लागि आगामी बजेटमा व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो…

Read More

काठमाडौँं – प्रतिनिधि सभाको बैठक जारी छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु भएको बैठकमा सांसदहरुले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि धारणा राख्ने क्रम चलिरहेको छ । शुक्रबार सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि आज बाँकी सांसदले आफ्नो धारणा राख्न लागेका हुन् । शनिबारको बैठकमा जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिनेछ। छलफल सकिएपछि आजै नीति तथा कार्यक्रम पारित हुनेछ। आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेश गर्नुहुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने…

Read More

काठमाडौं – काठमाडौं विश्वविद्यालयका २७औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा विभिन्न सङ्कायका गरी एक हजार सात सय १२ जना दीक्षित हुने भएका छन् । आगामी जेठ २० गते विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित हुने भएका हुन् । कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित हुनेछन् । दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको प्रतिशत ६०.२८ (१०३२ जना) र महिलाको प्रतिशत ३९.७२ (६८०) रहेको छ । दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलङ्का, मालदिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बङ्गलादेश, नेदरल्यान्ड र जर्मनी…

Read More

काठमाडौं – प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।

Read More

काठमाडौं – सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको विरोधमा माइतीघरमा प्रदर्शन भएको छ । निजगढ विकास पक्षधरहररूको आयोजनामा माईतीघरमा सर्वोच्चको निर्णयविरुद्ध शनिबार प्रदर्शन भएको हो । सहभागीले ‘कार्यपालिकाको कामप्रति हस्तक्षेप बन्द गर’, ‘वातरणको नाममा विकास रोक्न पाइदैन’, ‘के विकास र समृद्धि अधिकार होइन ?’ जस्ता नारा र प्लेकार्ड प्रदर्शन गरेका थिए । २०७९।०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विमानस्थल निर्माणको कार्यक्रम अगाडि बढाएकै भोलिपल्ट आएको सर्वोच्चको आदेश दुर्भाग्यपूर्ण भएकाले खबरदारी गर्नुपर्नेको बाराका युवा नेता दामोदर मैनालीले बताए । ‘हामीले अहिले न्यायपालिकाले कार्यपालिकाको कामप्रति हस्तक्षेप गर्दै बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएको बिरोधमा…

Read More