Author: महेन्द्रनगर पोष्ट

धनगढी: बैतडीमा १६ लाख १६ हजार रुपैयाँ बराबरको अवैध बिडीसहित एक युवकलाई पक्राउ गरिएको छ। सुर्नया गाउँपालिका वडा नम्बर ६ को सतबाज शंकरपुर सडकखण्ड अन्तर्गत रिगामा से १ ज २४१ नम्बरको बोलेरो जिप चेकजाँच गर्दा भारतबाट भन्सार छलि गरि ल्याइएको १६ लाख १६ हजार बराबरको दिलखुस नामक बिडी १६ पेटी बरामद गरिएको छ। जिप चालक सुर्नया गाउँपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय हरीश बिष्टलाई पनि पक्राउ गरिएको छ। अवैध सामान आवश्यक कारवाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा बुझाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: बुधबार काठमाडौं उपत्यकासहित देशभरका ६ सहर अस्वस्थकर बनेका छन्। पछिल्लो २४ घण्टाको वायुको गुणस्तरका आधारमा ती सहर अस्वस्थकरको सूचीमा परेका हुन्। वातावरण विभागका अनुसार, उपत्यकाका रत्नपार्क र खुमलटार, कैलालीको धनगढी, दाङको देउखुरी, धनुषाको जनकपुर र चितवनको भरतपुरमा २४ घण्टाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५१ भन्दा माथि छ। सबैभन्दा धेरै एक्यूआई धनगढीमा १७४ छ। रत्नपार्कमा १५८ छ। यस अवधिमा धनगढीको वायुमा पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर १०६.३२८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ। रत्नपार्कमा यो मात्रा ८६.५ पुगेको थियो। पीएम २.५ का हिसाबले भने बुधबार बिहान रत्नपार्क सबैभन्दा बढी प्रदूषित भएको पाइएको छ। त्यहाँ बिहान ८ बजे पीएम २.५…

Read More

काठमाडौँ: नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको काज सरुवा भएको छ। मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट उनीहरूको सरुवा गरिएको हो। सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखको जिम्मेवारी दिइएको छ। ललितपुर परिसरका एसएसपी शेखर खनाललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ। रानीपोखरीका एसएसपी विनोद घिमिरेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथमा पठाइएको छ। त्यस्तै, राष्ट्रिय सुरक्षा परिषद् सचिवालय सिंहदरवारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा सरुवा गरिएको छ। अपराध अनुसन्धान विभागमा कार्यरत एसएसपी भूपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ। सरुवा भएका एसएसपीहरूले चाँडै…

Read More

काठमाडौं: काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआईजी टेकबहादुर तामाङलाई पठाइएको छ। प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) तामाङलाई सरकारले निर्णय गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुखमा नियुक्त गरेको हो। उनी यसअघि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा कार्यरत थिए। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तामाङलाई रानीपोखरी सरुवा गर्ने निर्णय गरेको हो। यसअघि सो पदमा रहेकी एआईजी किरण बज्राचार्य मंगलबारदेखि अवकाशमा गएकी थिइन्। उनको अवकाशपछि रिक्त रहेको पदमा तामाङलाई जिम्मेवारी दिइएको हो। एआईजी तामाङले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले राजधानीको शान्ति सुरक्षासँग सम्बन्धित महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको छ। काठमाडौं उपत्यकाको ३ जिल्लाको सुरक्षा कमाण्ड…

Read More

काठमाडौं: नेपाली र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास आजदेखि शुरु भएको छ। ‘एक्सरसाइज सूर्य किरण’ को दुई हप्ते १८औं संस्करण आजदेखि रूपन्देहीको सालझण्डीमा प्रारम्भ भएको जनाइएको हो। नेपाली सेनाको ब्याटल स्कुलमा पुस २९ गतेसम्म चल्ने उक्त अभ्यासमा विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगलगायतका विषय समावेश गरिएको नेपाली सेनाले जनाएको छ। साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबीच सैन्य अभ्यास हुँदै आएको छ। ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य अभ्यास जङ्गल युद्ध, भौगोलिक रुपमा अति कठिन स्थलमा आतङ्कवादविरुद्धको अभियान, संयुक्त राष्ट्रसङ्घीय बडापत्रअनुरुप शान्ति स्थापना, मानवीय सहायता विपद् व्यवस्थापन एवं राहत परिचालन,…

Read More

काठमाडौं: यात्रुवाहक बसले थिच्दा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) को मृत्यु भएको छ। सर्लाहीको बलरा नगरपालिका–९, छतौना बोर्डर आउट पोष्ट (बीओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि गए राति बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको यात्री बस बजारिएको थियो।तीव्र गतिमा रहेको उक्त बस पल्टिएर तुलाधरलाई थिचेको थियो । बसले थिचेर गम्भीर घाइते भएका उनको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदा बाटोमा नै मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए। प्रहरीले घटनास्थलबाट बस चालकसहित तीन जनालाई पक्राउ गरेको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीको जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदको लिखित परीक्षाको नतिजामा गडबढी भएको खुलेको छ। लोक सेवा आयोगद्वारा लिइएको उक्त परीक्षाको नतिजामा त्रुटि भएको भन्दै मंगलबार संशोधित सूचना प्रकाशित गरिएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै मंसिर १ गते प्रकाशित लिखित परीक्षाको नतिजामा त्रुटि भएको जानकारी दिएको हो। संशोधित सूचनामा २६ जना उम्मेदवारहरूको नाम समावेश गरिएको छ। सूचनामा भनिएको छ, “नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त प्रहरी जवान पदको लोक सेवा आयोगबाट मिति २०८९/०८/०१ गते प्रकाशित लिखित परीक्षाको नतिजामा अन्यथा हुन गएकोले आयोगको मिति २०८१/०९/१६ गतेको निर्णयानुसार देहायका रोल नं. र नाम भएका उम्मेदवारहरूको नामावली समावेश गरी…

Read More

धनगढी: बझाङको थलारा गाउँपालिका-९, आमबगर टोलमा एकै परिवारका आमा र छोरीको निधन भएपछि गाउँ शोकमा डुबेको छ। शनिबार लामो समयदेखि स्वास्थ्य स्वयंसेविकाको रूपमा काम गर्दै आएकी ४५ वर्षीया पञ्चमाला जोशीको माथिबाट खसेको ढुंगा लागेर ज्यान गएको थियो। मालुमेला विद्यालय नजिकै बाटोमा हिंडिरहेका बेला यो दुर्घटना भएको हो। आमाको निधनको खबर पाएपछि धनगढीमा अध्ययनरत उनकी छोरी रोहिणी जोशी आइतबार बिहान घर पुगेकी थिइन्। शव देख्नासाथ बेहोस भएकी रोहिणीको अवस्था गम्भीर बन्दै गएपछि उनलाई आफन्तहरूले चैनपुरस्थित जिल्ला अस्पताल पुर्याएका थिए। तर, अस्पताल पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषणा गरे। यो दुःखद घटनाले आमबगर गाउँ शोकमा डुबेको छ। स्थानीयहरूका अनुसार पञ्चमाला जोशी सामाजिक सेवामा…

Read More

काठमाडौं: एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अश्लिल काण्ड मच्चाउने पार्टीकै नेताहरुलाई दुई महिनाअघिको सचिवालय बैठकमा भन्नुभएको थियो, ‘राजनीति र मोजमस्ती एकै ठाउँमा हुँदैन, मोजमस्ती गर्ने भए बाटो खुल्ला छ।’ प्रधानमन्त्री ओलीले त्यतिबेला विवादमा तानिएका सुनिता बराल, ऐन महर, गुलाबजंग शाहलगायतलाई ट्रयाकमा ल्याउन त्यसो भनेको एमाले नेताहरु बताउँछन्। तर प्रधानमन्त्री ओलीले नेता तथा कार्यकर्तालाई सचेत गराएको तीन महिना नबित्दै अर्का नेतामाथि यौन दुुर्व्यहारको आरोप लागेको छ।  अनेरास्ववियुका केन्द्रीय सचिवसमेत रहेका नेपाल स्काउटका केन्द्रीय आयुक्त आर्शिवाद सुवेदीमाथि एक विदेशी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। प्रमुख स्काउट तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उनलाई आयुक्तबाट पदमुक्त गरिसकेका छन्।  गत कात्तिक पहिलो…

Read More

धनगढी: डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) चोमेन्द्र न्यौपानेमाथि विभिन्न कार्यालय र स्थानीय तहबाट पैसा असुली गरेको गम्भीर आरोप लागेको छ। स्रोतका अनुसार सीडीओ न्यौपानेले दशैं, तिहार लगायतका अवसरमा कार्यालयहरूबाट पैसा मागेको र सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काको नाम प्रयोग गरी रकम असुली गरेको भनिएको छ। डडेल्धुरास्थित एक कार्यालयका कर्मचारीले भने, “सीडीओले राज्यमन्त्रीलाई यसरी नै सहयोग गर्नुपर्छ भन्दै रकम माग गर्नुहुन्छ। उहाँका गतिविधिले कर्मचारीहरू वाक्कदिक्क भएका छन्।” त्यसमक सीडीओ न्यौपानेले कानुनी उपचारमा जाने र सो विषय आरोपमात्र भएको बताए। उनले आफूविरुद्ध भ्रम फैलाइएको दाबी गरे। यसलाई लिएर उनले कानुनी उपचार खोज्ने उनको भनाई छ। यस्तै उता सुदूरपश्चिम प्रदेशकी सामाजिक…

Read More