Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरले जिल्लामा पार्टीलाई हराउन विपक्षी दलहरुले उम्मेदवारहरुसंग भोट सेटिङ गरेको आरोप लगाएको छ । एक्लै नेकपा एमालेलाई हराउन नसक्ने अवस्था देखिएपछि निर्वाचनकै दिन विपक्षी दलका उम्मेदवारलाई सेटिङमा भोट हाल्न लगाइएको एमाले कञ्चनपुरले जनाएको हो । अन्य राजनीतिक दलले एमालेलाई एक्लै हराउन सक्ने अवस्था नभएपछि आफ्नो पार्टीका उम्मेदवारलाई मतदान नगरि विपक्षी पार्टीका उम्मेदवार भोट हाल्न लगाइएको एमालेको आरोप छ । आइतबार एमाले कञ्चनपुरले प्रेस विज्ञप्तीमार्फत निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद दिदैँ स्थानीय तह निर्वाचन समयमै गराउन सत्ताधारी गठबन्धनले नचाहेको र एमालेको दबावपछि निवार्नचन सम्पन्न भएको बताएको छ । पार्टी अध्यक्ष सुरेन्द्र विष्टद्धारा जारी विज्ञप्तीमा एमालेले निर्वाचन स्वच्छ, निष्पक्ष र…

Read More

काठमाडौं- वीरगञ्ज महानगरपालिका र भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार जित नजिक पुगेका छन् । विरगञ्जमा सत्ता गठबन्धनकातर्फबाट जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंह १६ हजार बढी मतान्तरले अगाढि छन् । ३२ वडा रहेको वीरगंजका २९ वडाको ६९ हजार ४७५ मत गणना गर्दासम्म जसपाका मेयरका उम्मेदवार सिंह नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा १६ हजार १११ मतले अगाडि छन् । सिंहले ३३ हजार ९१९ मत ल्याउँदा सरावगीले १७ हजार ८०८ मत प्राप्त गरेका गरेका छन् । त्यस्तै उपमेयरमा कांग्रेसका इम्तियाज आलम जितको नजिक पुगेका छन् । लोसपाका पुरुषोत्तमलाल झा भन्दा आलम १७ हजार २९६ मतले अगाडि छन् । आलमले २३ हजार १६४…

Read More

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमाले र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका रणबहादुर महरा दोस्रो प्रयासमा मेयर बन्न सफल भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार महरा ६ हजार ७७३ मत सहित मेयरमा निर्वाचित भए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने शुक्लाफाँटामा उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका दिलबहादुर ऐरसंग १ हजार ३ मतले पराजित भएका थिए । यसपटक दोस्रो प्रयासमा कांग्रेसका चिन्तामणी भट्टलाई ५०९ मतान्तरले उछिन्दै महरा शुक्लाफाँटाको मेयरमा निर्वाचित भएका हुन् । भट्टले ६ हजार २६४ मत ल्याए । यस्तै, माओवादी र एकीकृत समाजवादीको…

Read More

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कृष्णपुरको मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझा र उपमेयरमा द्रोपति राना विजयी भएका हुन् । मेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार ओझाले १० हजार ३ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत प्राप्त गरे । कृएमालेका उम्मेदवार लोकेन्द्र पन्तले ६ हजार ४ सय ७४ मत पाए । उपमेयरमा विजयी कांग्रेसकी द्रोपति रानाले ९ हजार ६ सय ७५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रमिता राना बडायकले ७ हजार ३ सय १६ मत प्राप्त गरिन्…

Read More

दार्चुला – दार्चुला जिल्लामा २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनबाट केही बढी युवाहरू जिल्लाका विभिन्न स्थानीय तहको निर्वाचनमा पुगेका छन्। दलीय राजनीतिभन्दा केही माथि उठेर मतदाताले पनि युवाहरूलाई निर्वाचित गरेका हुन्। राजनीतिक संस्कारको विकास, समानुपातिक समृद्धि, युवाहरूको मागको सम्बोधन लगायतका कुरामा आम नागरिकले युवा जनप्रतिनिधिबाट आशा गरेको देखिएको छ । नेतृत्वमा पुगेका युवा जनप्रतिनिधिहरूले पनि आफूहरू भर्खरै निर्वाचित भएको र अब विज्ञहरूको सुझावको आधारमा चुनावी घोषणापत्र अनुसारको कामहरूको थालनी गर्ने बताएका छन्। त्यसमा पनि जनप्रतिनिधि भइसकेपछि गर्ने पहिलो काम के हो? भन्नेबारेमा महेन्द्रनगर पोष्टले जिल्लाका केही युवा नेतृत्वहरूसँग कुराकानी गरेको छ । त्यस क्रममा उनीहरूले बिद्युत्…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ६ जना नयाँ संक्रमित थपिएका छन् । २ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो । यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ । यो अवधिमा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

Read More

काठमाडौं – निर्वाचन आयोगका अनुसार अझै ४१ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ । जसमा पाँच महानगरपालिका पनि समावेश छ । हालसम्म विराटनगर महानगरपालिकाबाहेक काठमाडौं, ललितपुर, पोखरा, भरतपुर र वीरगन्ज महानगरपालिकाको मतगणना जारी छ । विराटनगरमा भने नेपाली काँग्रेसका नागेश कोइराला विजयी भएका छन् । यस्तै, काठमाडौं स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा हुँदा, ललितपुरमा काँग्रेसका चिरिबाबु महर्जन, पोखरामा एकीकृत समाजवादी पार्टीका धनराज आचार्य, चितवनको भरतपुरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल तथा वीरगन्जमा जसपाका राजेशमान सिंहले अग्रता बनाएका छन् । निर्वाचन आयोगका अनुसार अब झापाको अर्जुनधारा नगरपालिका, कमल गाउँपालिका, गौरीगन्ज गाउँपालिका, गौरादह नगरपालिकाको मतगणना सकिन बाँकी छ । यस्तै मेचीनगर,…

Read More

जुम्ला – जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाकाे कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आईतबार बिहान दुर्घटना भएको हाे । प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा तीन जना सामान्य घाईते भएका छन् । कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइदै गर्दा दुर्घटना भएको हाे । प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।

Read More

काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ आर्थिक वर्षको लागि सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक केही बेरअघि सुरु भएको हो । सरकारले यही १० गते आफ्नो नीति तथा कार्यक्रम ल्याउँदै छ।

Read More

काठमाडौं – धनगढी उपमहानगरपालिकाको मेयरमा पराजित भएपछि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नृपबहादुर वडले आफ्नै पार्टीको असहयोगका कारण पराजय भोग्न परेको बताएका छन् । नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगरपालिका कार्यालय पुगेका वडले पत्रकारसँग कुराकानी गर्दै पार्टीको चुनाव चिन्ह लिएपनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको उल्लेख गरे । ‘यहाँ नामको मात्र गठबन्धन भएको थियो । मेरो पार्टीको चुनाव चिन्ह पाएपनि म यसपटक मेयरमा स्वतन्त्र लडेको हुँ,’ वडले भने, ‘नवनिर्वाचित मेयरलाई मेरो पूर्ण सहयोग रहनेछ । मेरो कार्यकालमा गरिएका राम्रा कामलाई निरन्तर दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।’ वडले उपमहानगरपालिका पुगेर नवनिर्वाचित मेयर हमाललाई बधाई तथा शुभकामना दिएका…

Read More