एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको पाउ धोएर जन्मदिन मनाएका छन् ।
मोदीले आज गुजरातको गान्धीनगरस्थित घर पुगेर आमाको १००औं जन्मदिन मनाएका छन् । मोदीले जन्मदिनमा आमाको पाउ धोएर आमासँगै बसेर दीयो जलाएर पूजा गरेका उनले मीठाई पनि खुवाएका छन् । यी दृश्यहरु मोदीले ट्वीट गरेका छन् ।
मोदीकी आमा हीरावेन मोदी स्वस्थ छिन् । उनले आमाको आशिर्वाद थापेका छन् ।
Facebook Comments Box