Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका पोतिलाल चौधरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले आठ हजार ४९६ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी एमालेकी कुमारीकमला बोहराले ६ हजार ६१४ मत पाइन् । तस्तै, नेपाली काँग्रसका हरेन्द्रसिह विष्टले पाँच हजार ९७९ मत प्राप्त गरे । यसैगरि उपप्रमुखमा एमालेका जोगराम चौधरी निर्वाचित भएका छन् । उनले सात हजार २८७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्वी माओवादी केन्द्रका मन्जु शाहले ६ हजार ६८२ पाइन् । यस्तै काँग्रेसका खिना भण्डारीले ६ हजार ३४९ मत पाइन् ।

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र गठबन्धनमा निर्वाचनमा भएको सहकार्यबारे गम्भीर समिक्षा गर्ने बताएका छन् । आज पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रारम्भिक चुनावी परिणामबाट आत्तिनु नपर्ने बताए । उनले कतिपय ठाउँमा राम्रो भएपनि अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए । उनले भने, ‘चुनावी नतिजाबाट हामी आत्तिनुपर्ने छैन । प्रारम्भिक चरणमै हामीले हाम्रो पार्टीबाट ५ सय भन्दा बढि प्रतिनिधि निर्वाचित गरेका छौ, त्यसमा वडाध्यक्ष नै सय नाघेका छन्’ ‘१५ देखि २० वटा पालिका प्रमुख नै छन् ।’ ‘कतिपय ठाउँहरूमा राम्रै अवस्था भए पनि हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका…

Read More

दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा एक पुरुष मृत भेटिएका छन् । शैल्यशिखरको वडा नम्बर ६ ग्वानी सुन चढाउने ढुङ्गा नजिक बजानीको आसपास एक जना अन्दाजी ६५ वर्षका पुरुष मृत अवस्थामा भेटिएका छन् । पुरुष मृत भेटिएपछि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट इन्सपेक्टरको नेतृत्वमा प्रहरी टोली खटिएको छ । ग्वानीमा सोमबार मात्रै हाइस दुर्घटना हुँदा तीन जना पुरुषको ज्यान गएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकामा २५ हजार ९४ मतपत्र गणना हुँदा बदरको संख्या उल्लेख पाइएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार ८८२ मत बदर भएको हो । हालसम्म स्वतन्त्र हैसियतमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् । उनको निकै पछि एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् । स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् ।

Read More

विरगञ्ज – विरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेश मान सिंहले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार सिंहले ८ हजार १३१ मत पाएका छन् भने उनलाई पछ्याइ रहेका नेकपा एमालेका विजय कुमार सरावगीले ३ हजार ६२२ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार इम्तियाज आलमले अग्रता लिएका छन् ।

Read More

झापा – झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बालिकालाई उनकै घरमा ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

रुपन्देही – रुपन्देहीका तिलोत्तमा नगरपालिकाको मतगणनाको कार्य अवरुद्ध भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि गणनाकार्य अबरुद्ध भएको हो । तिलोत्तमाका कर्मचारी गणेश गौतमले गणनाको क्रममा फरक मत निकालेपछि कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्दै मत गणना बन्द गराएका हुन् । निर्वाचन कार्यालय बाहिर नाराबाजी भइरहेको छ । कांग्रेसका प्रतिनिधिहरुले गणनामा खटिएका एक कर्मचारीले बदमासी गरेर मत घटाएको भन्दै विरोध जनाएका हुन् । आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेको बेला विवाद सुरु भएको थियो ।

Read More

रामपुर – पाल्पाको रामपुर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरे । नगर उपप्रमुखमा कांग्रेसका बालकुमारी थापाले १० हजार ३०७ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी रानाले १० हजार २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीका गायत्री न्यौपानेले १५७ मत प्राप्त गरेकी छन् । रामपुर नगरपालिकाका दश वडामध्ये १, २, ४, ५, ६, ७ र ९ मा कांग्रेस…

Read More

धनुषा – धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह निर्वाचित भएका छन् । साह ३३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ब्रह्मदेव यादव २९२३ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षमा समेत एमालेकै पुनम साह २९४९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसको रिंकीकुमारी मण्डल २७९० मत ल्याएकी छन् ।

Read More

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजय धामी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका धामी ३८७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । धामीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिशिर धामीले २४२ मत पाए । त्यस्तै गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मीनबहादुर मण्डेलले २५४ मत पाए । उनले चुनाव चिन्ह गुलाफ पाएका थिए ।

Read More