Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले बलात्कारसम्बन्धी कानून संशोधन गर्न माग गरेकी छन्। डा. राणाले शुक्रबार आफ्नो धारणा सार्वजनिक गर्दै बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्नुपर्ने उल्लेख गरेकी हुन्। उनले बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने समय सीमा तोकिन नहुने बताएकी छन्। एक किशोरीले आफू बलात्कृत भएको आठ वर्षपछि घटना सार्वजनिक गरेपछि अहिले बलात्कारबारे कानुन संशोधन गर्नुपर्ने आवाज उठेकै बेला डा. राणाले पनि आफ्नो दृष्टिकोण सार्वजनिक गरेकी हुन्। संविधानसभा सदस्य डा. राणाले नेपालमा बलात्कार भएको एक वर्षभित्रै कानुनी उपचार खोज्नुपर्ने प्रावधान रहेको भएकाले त्यसलाई संशोधन गर्न माग गरिन्। बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो…

Read More

काठमाडौं – आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौँको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटेलमा बोलाएर पहिलो पटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनकारीहरूले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी उजुरी गर्ने हदम्याद हटाउनुपर्ने‚ बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरूको निर्णय गर्न ‘फास्ट ट्र्याक’ अदालतको स्थापना गर्नुपर्नेलगायत माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरूले ‘बलात्कार पीडितलाई न्याय दे’‚…

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको बताएका छन्। मध्यपुर थिमी नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई शनिवार बिहान खुमलटारमा बधाई दिँदै उनले भने, ‘निर्वाचनअघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकोमा तपाइहरू सबैलाई बधाई र कार्यकालको शुभकामना छ।’ मध्यपुर थिमी भक्तपुरको एउटा ऐतिहासिक नगरपालिका भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिङ्गो भक्तपुरमा पर्ने बताए। मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेहरूलाई पनि भोलिका दिन चुनौती दिन सकिने उनको भनाइ छ। ‘त्यहाँका जनताको विकास…

Read More

काठमाडौं – नेपाली महिला क्रिकेट टोलीले शनिवार युगान्डाविरुद्ध अन्तिम टी-२० खेल्दैछ। खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। पाँच खेलको शृङ्खलामा लगातार तीन खेल जित्दै युगान्डा ३-१ ले अगाडि छ। नेपालले एउटा खेलमा मात्रै जित निकालेको छ। शुक्रबार भएको चौथो खेलमा नेपालले युगान्डालाई १५ रनले पराजित गरेको थियो।

Read More

डोटी – डोटीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिनुभयो । उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । कैलालीबाट अछामका लागि छुटेको ना५ख ९६६३ नंको रात्रिबस आज बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको थियो । अन्य घाइतेकोे पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । तीव्रगतिमा रहेका बसका चालक निदाएपछि…

Read More

काठमाडौं – अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जिया शुक्रबार नेपाल आइपुगेकी छिन् । उनले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तिब्बती धर्मगुरु दलाई लामालाई बिहीबार भेटेर आएकी जियाको भ्रमणबारे छिमेकी चीनले चासो प्रकट गरेको छ । अमेरिकी प्रशासनको तिब्बती मामिला हेर्ने संयोजकसमेत रहेकी जियाले नेपालमा रहेका तिब्बती शरणार्थीबारे कुराकानी गर्ने बताइए पनि नेपाली अधिकारीले त्यसलाई अस्वीकार गरेका छन् । ‘नेपाल र अमेरिका सम्बन्धका विभिन्न विषयमा छलफल हुन्छ, अन्य विषयबारे जानकारी छैन,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनिन् । उनले शनिवार नेपालमा रहेका तिब्बती शरणार्थी अगुवाहरूसँग…

Read More

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रतालाई कायमै राखेकी छन्। पछिल्लो मत परिणाम अनुसार दाहाल २४ हजार ६६० मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २० हजार ६६३ मतसहित पछ्याइरहेका छन्। मतगणनाको सुरुवाती दिनमा चर्को प्रतिस्पर्धा भए पनि अहिले रेनुले करिब चार हजार बढी मत पाएकी छन्। सुवेदी र दाहालबीचको मत अन्तर तीन हजार ९९७ रहेको छ। त्यस्तै भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार ८४० मत प्राप्त गरेका छन्। भरतपुरको उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार ७९४ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी राप्रपाकी हिमला गुरुङले…

Read More

काठमाडाैं – हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ । जिल्लाका छ स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो । कूल ८३ हजार ६८२ मतदातामध्ये ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेकामा ९२.४३ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कूल खसेकामध्ये पूर्णरुपमा ०.७३ प्रतिशत अथवा ४६८ र सातवटै पदमा कूल चार हजार ९९२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए । विसं २०७४ को पहिलो स्थानीय तह चुनावमा म्याग्दीका छवटा स्थानीय तहमा दुईदेखि…

Read More

पोखरा – पोखरा महानगरपालिकामा मतगणना जारी छ । हालसम्म ५० प्रतिशत भन्दा बढी गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेको छ । महानगरका २, ३, ४, ७, ९, १२, १३, २३, २४, २५ र २६ वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेको छ भने १, ५, ६, ८ र २० वडामा नेकपा एमालेले जितेको छ । अहिले १०, ११, १४, १५, १६, २७, २८ र २९ गणना भइरहेको छ । केहिबेरपछि…

Read More

कैलाली- यस वर्षको स्थानीय तहको निर्वाचनमा कैलालीमा सबैभन्दा पालिका जितेर रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जिल्लामा ठूलो दल बन्न सफल भएको छ । जानकी गाउँपालिकामा पनि विजेता बनेपछि नागरिक उन्मुक्ति जिल्लाकै सबैभन्दा ठूलो दल बनेको हो । जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतौले ५ हजार २४२ मत पाउँदा एमालेका टंकबहादुर बमले ४ हजार २४१ मत ल्याए । त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५२६ मतसहित…

Read More