काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता रमेश लेखकले एसपीपी सम्झौताबारे कुन सरकारको पालामा के के भएको हो? वर्तमान सरकारले त्यो सबै कुरा बाहिर ल्याउनुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नेता लेखकले भने, ‘हिजोमात्रै अमेरिकी दूतावासले सन् २०१५ र २०१७ मा नेपालले आग्रह गरेको र सन् २०१९ मा स्विकृत भएको भन्ने कुरा बाहिर ल्याएको छ । नेपाली सेनाले यसमा संलग्न नभएको कुरा स्पष्ट पारेको छ ।
एसपीपी २०१९ मा यो स्विकार भएको हो भने त्यो बोलामा पनि सरकार थियो होला, कसको पालामा के भएको हो ? भन्ने कुरा अहिलेको सरकारले छानबिन गर्नुपर्छ । २०१९ मा स्वीकार भएको हो भने के–के पत्राचार भएको थियो ? यो कुरा सार्वजनिक गर्नुपर्छ ।’
नेता लेखकाले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको क्रममा एसपीपीबारे सम्झौता गरिँदैछ भनेर गरिएको चर्चा असत्य रहेको बताए । उनले भने–‘यो भ्रमपूर्ण कुरा हो । नेपाली कांग्रेस अन्य मुलुकसँग सम्बन्ध कायम गर्दा, असंलग्न परराष्ट्र नीति, हाम्रो भूमि कोहीविरुद्ध प्रयोग हुँदैन् । हामी यो कुरा बाहिर गएर कुनै सम्झौता गर्दैनौं । अहिले सरकारले र प्रधानमन्त्रीले हाम्रो वैदेशिक सम्बन्धका आधारभूत मान्यता र संविधानका व्यवस्थाभन्दा बाहिर गएर कुनै सम्झौता हुँदैन् । यो भ्रमपूर्ण कुरा हो ।’