Author: महेन्द्रनगर पोष्ट

स्याङ्जा – स्याङ्जाकोवालिङमा मतदाता बोकेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३२ जना सवार गाडी दुर्घटनामा परेर मृत्यु भएका १० जनाको सनाखत भएको प्रहरीले जानकारी दिएको छ । हाल उद्धार कार्य जारी रहेको र घाइतेलाई पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताए । थप विवरण आउन बाकी रहेको छ ।

Read More

बैतडी – बैतडीमा मतदान गरेर फर्केने क्रममा एक वृद्धको मृत्युु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए । भाटको आज बिहान सनातन धर्म मावि खोचलेकमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुग्ने बेला मुर्छा परेका र बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ -काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड गरिएको छ । चौरीदेउराली गाउँपालिका–६ स्थित कात्तिके देउरालीमा रहेको प्रभा बहुमुखी क्याम्पस केन्द्रमा एक व्यक्तिका नाममा अर्कैले भोट हालेको भन्दै विवाद भएपछि तोडफोड भएको हो । तोडफोडपछि मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी छ । तोडफोड भएका कारण खसिसकेको मत के गर्ने भन्ने विषयमा निर्णय नहुँदा पुनः मतदान सुरु हुन नसकेको काभ्रे प्रहरीले जनाएको छ ।

Read More

दोलखा – दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा भएको झडप रोकिएपछि मतदान सुरु भएको छ । सर्वदलीय बैठक बसेर सहमति भएपछि मतदान सुरु भएको दोलखा प्रहरी प्रमुख डीएसपी गंगा पौडेलले जानकारी दिए । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको थियाे । पालिकाको वडा नम्बर १, २ र ३ का मतदानस्थलमा सुरु भएलगत्तै दुई पक्षबीच झडप भएको थियो । मतदान भइरहेको बेला ढुंगा प्रहार भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउन्ड हवाई फायर समेत गरेको पौडेलले बताए । मतदाता आउने बाटो अवरोध गरेर कांग्रेस र एमाले कार्यकर्ताहरूले बुथ कब्जा गर्ने प्रयत्न गरेका थिए ।

Read More

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका-९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहान उनले मतदान गरेका हुन् ।

Read More

काठमाडौं – स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान भइरहेको छ । ७५३ पालिकाका लागि भएको मतदानमा बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहान ११:१५ सम्मको अपडेटमा औसत २५ प्रतिशत मत खसेको जानकारी दिए । बिहान ७ बजेदेखि साँझ ५ बजे सम्म मतदाताले जनप्रतिनिधि चुन्नका लागि मतदान गरिरहेका छन् । देशका ७७ जिल्लाका १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरूमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मतदान गर्दैछन् ।

Read More

काठमाडौँ – ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदानका क्रममा विवाद हुँदा मतदान स्थगित भएको हो । अहिले सर्वदलीय बैठक बसेर मतदान सुचारु गराउन पहल भइरहेको छ । यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको खबर प्राप्त भएको छ । यद्यपि त्यहाँको पछिल्लो अवस्था प्राप्त हुन नसकेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए । फोन सम्पर्क हुन नसक्दा अद्यावधिक विवरण प्राप्त हुन नसकेको हो । यसैगरी भोजपुरको कुलुङ गाउँपालिकामा केही केही मतदान केन्द्रका पनि मतदान सुरु हुन सकेको छैन ।

Read More

काठमाडौं – रामेछापको दोरम्बा, सैलुङ र खाँणदेवीमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ। खाँणदेवी गाउँपालिकास्थित वडा नम्बर १ राकाथमा मतदान केन्द्रमा दुई पक्षबिच झडप भएको हो। झडप नियन्त्रणका लागि प्रहरीले ७ राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। झडप पछि राकाथामा मतदान केन्द्रको मतदान प्रभावित भएको छ। यस्तै दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप भएको छ। बाहिर झडप भए पनि भित्र मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी पहाडीले जानकारी दिए।

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । काँग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

Read More

भरतपुर – भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर–१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् । उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् । भरतपुरको निर्वाचन अहिले देशभरिका जनताका लागि चासोको विषय बनेको छ । यहाँ एमालेबाट विजयी सुवेदी र कांग्रेसका बागी उम्मेद्धवार जगन्नाथ पौडेल चुनावी प्रतिष्पर्धामा छन् ।

Read More