Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकास्थित वडा नम्बर ९ को एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ । मतदानका क्रममा विवाद हुँदा मतदान स्थगित भएको हो । अहिले सर्वदलीय बैठक बसेर मतदान सुचारु गराउन पहल भइरहेको छ । यस्तै माथिल्लो डोल्पामा पनि तनाव भएको खबर प्राप्त भएको छ । यद्यपि त्यहाँको पछिल्लो अवस्था प्राप्त हुन नसकेको प्रहरी प्रवक्ता विष्णु केसीले जानकारी दिए । फोन सम्पर्क हुन नसक्दा अद्यावधिक विवरण प्राप्त हुन नसकेको हो । यसैगरी भोजपुरको कुलुङ गाउँपालिकामा केही केही मतदान केन्द्रका पनि मतदान सुरु हुन सकेको छैन ।

Read More

काठमाडौं – रामेछापको दोरम्बा, सैलुङ र खाँणदेवीमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ। खाँणदेवी गाउँपालिकास्थित वडा नम्बर १ राकाथमा मतदान केन्द्रमा दुई पक्षबिच झडप भएको हो। झडप नियन्त्रणका लागि प्रहरीले ७ राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए। झडप पछि राकाथामा मतदान केन्द्रको मतदान प्रभावित भएको छ। यस्तै दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप भएको छ। बाहिर झडप भए पनि भित्र मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी पहाडीले जानकारी दिए।

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । काँग्रेस सभापतिसमेत रहेका देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् । मतदानका लागि प्रधानमन्त्री देउवा शुक्रबार बिहानै धनगढीबाट डडेल्धुरा पुगेका थिए ।

Read More

भरतपुर – भरतपुर महानगरपालिका मेयरकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर–१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् । उनीहरुका पिता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै मतदान गरिसकेका छन् । भरतपुरको निर्वाचन अहिले देशभरिका जनताका लागि चासोको विषय बनेको छ । यहाँ एमालेबाट विजयी सुवेदी र कांग्रेसका बागी उम्मेद्धवार जगन्नाथ पौडेल चुनावी प्रतिष्पर्धामा छन् ।

Read More

अछाम- मतदान केन्द्रमा उपस्थित नभएका व्यक्तिको नाममा मतदान गर्न खोज्दा अछामको साँफेबगर न गरपालिका–१३ बाब्लास्थित मतदान केन्द्रमा अवरोध सृजना भएको छ । नेकपा एमालेका कार्यकर्ताले अर्काको नामबाट मतदान थालेपछि रोक्न खोज्दा अवरोध गरेका हुन् । त्यहाँ एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । बिहानदेखि सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको बेला एमालेका कर्याकर्ताले उपस्थित नै नभएकाहरूको नामबाट मतदान गर्न थालेपपछि रोक्न खोज्दा अवरोध भएको स्थानीयले बताएका छन् । उनीहरूलाई रोक्न खोज्दा उल्टै आक्रमणमा उत्रिएपछि दोहोरो झडप भएको हो । झडपमा केही व्यक्तिहरु घाइते भएका छन् । अहिले मतदान पनि रोकिएको छ । दुई पक्षबीच झडप हुँदा मतदान केन्द्रसमेत…

Read More

काठमाडौं – हुम्लामा मतदानका क्रममा झडप भएको छ । एक समूहले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको छ । माथिल्लो हुम्लाको तंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा सो तनाव भएको हो भने मतदान अधिकृतसहित २ जना घाइते भएका छन् । मतदान अधिककृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिएका छन ।

Read More

काठमाडौं – काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार उहाँले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो । कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ गठबन्धन देशको आवश्यकता हो ।”

Read More

काठमाडौं – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । झापाको हल्दिबारी गाउँपालिकां–१ को कार्यालय रहेको केन्द्रबाट उनले मतदान गरेका हुन् । देशभर शुक्रबार बिहान ७ बजेबाट स्थानीय तह निर्वाचन भइरहेको छ ।

Read More

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिका ५ स्थित भानोदय मावि मतदान केन्द्रमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया रोकिएको छ । केही बेर दुवै पक्षबी ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् । ढुंगा हानाहान भएपछि मतदान केन्द्रका सामग्रीहरु तोडफोड भएका छन् । मतदान प्रक्रिया अगाडि बढाउन अहिले दुवै पक्षबीच समझदारीको प्रयास भइरहेको बताइएको छ ।

Read More

कैलाली- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदानका लागि धनगढीबाट डडेल्धुरातर्फ गएका छन् । धनगढीमै रहेका देउवा नेपाली सेनाको हेलिकप्टरबाट डडेल्धुराको रुवाखोलाका लागि गएका हुन् । देउवाले स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गर्नेछन् । यसअघिको निर्वाचनमा पनि प्रधानमन्त्रीले यही मतदान केन्द्रबाट मतदान गरेका थिए ।

Read More