अछाम– मतदान केन्द्रमा उपस्थित नभएका व्यक्तिको नाममा मतदान गर्न खोज्दा अछामको साँफेबगर न गरपालिका–१३ बाब्लास्थित मतदान केन्द्रमा अवरोध सृजना भएको छ । नेकपा एमालेका कार्यकर्ताले अर्काको नामबाट मतदान थालेपछि रोक्न खोज्दा अवरोध गरेका हुन् ।
त्यहाँ एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ । बिहानदेखि सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको बेला एमालेका कर्याकर्ताले उपस्थित नै नभएकाहरूको नामबाट मतदान गर्न थालेपपछि रोक्न खोज्दा अवरोध भएको स्थानीयले बताएका छन् ।
उनीहरूलाई रोक्न खोज्दा उल्टै आक्रमणमा उत्रिएपछि दोहोरो झडप भएको हो । झडपमा केही व्यक्तिहरु घाइते भएका छन् । अहिले मतदान पनि रोकिएको छ । दुई पक्षबीच झडप हुँदा मतदान केन्द्रसमेत तोडफोड भएको छ ।
मतपत्र च्यातिएको र सामाग्रीमा पनि क्षति पुगेकोले त्यहाँको मतदान कसरी सुचारु गर्ने भन्नेबारे अन्योल भएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले यस विषयमा निर्णय गरेपछि मात्रै मतदानको टंगो लाग्ने बताइएको छ ।