Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – जेठ १० गतेदेखि अपर हेवाखोला हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई ५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित अर्थात् संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो । स्थानीय लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जनाएको छ । आवेदन दिने अन्तिम म्याद जेठ २४ सम्म रहेको छ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार…

Read More

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवारका लागि आज मनोनयन दर्ता गरिँदैछ । एमालेका यसअघिका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि आज अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको हो । एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए । बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ ।…

Read More

हुम्ला – सत्तारुढ गठबन्धनमा आबद्ध दलहरूले हुम्ला जिल्ला अदानचुली गाउँपालिका मा खटिएका निर्वाचन अधिकृतले निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोप लगाउँदै उनलाई कारबाही गर्न माग गरेको छ । कारबाही नगरिए चुनावसमेत रोक्ने उनीहरुले चेतावनी दिएका हुन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जारी गरेको विज्ञप्तिमा निर्वाचन अधिकृतले निर्वाचन आचार संहिता विपरीत सर्वदलीय सहमति बिना एकलौटी रूपमा काम गरेको आरोप लगाइएको छ । गाउँपालिमा करार कर्मचारी रूपमा काम गर्ने र उम्मेदवारका घरभित्रकै मान्छेलाई निर्वाचनलाई प्रभावित पार्ने गरी आचारसंहिता विपरीत निर्वाचन कर्मचारीको रूपमा नियुक्ति गरेको उनीहरूको आरोप छ । निर्वाचन हुनु अगाडी नै कानुन विपरीत सक्कल मतपत्र एउटा…

Read More

काठमाडौं – काठमाडौँको कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो । टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं- निर्वाचन आयोगले बुधबार र बिहीबार मतदाता शिक्षा दिने भएको छ । सम्बन्धित मतदान अधिकृतसँग खटिने टोलीले मतदाता परिचयपत्र वितरणसँगै नमूना मतपत्रमा मतदान गर्न सिकाउने छन् । टोलीलाई आयोगले यसअघि नै मतदाता शिक्षा कार्यक्रम अन्तर्गतका कार्यक्रम गर्न निर्देशन दिइसकेको छ । निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षा निर्वाचनकै दिन दिइने गरिएकोमा यस पटक अघि नै गरिने भएको हो । शुक्रबार स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि नै मौन अवधि लागू भइसकेको छ ।

Read More

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम अन्तर्गत बालबालिकालाई बालभिटा खुवाउन थालिएको छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्षदेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन थालिएको हो । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकाको पोषणमा ध्यान दिन कैलाली जिल्लाभरि यस वर्ष बालभिटा खुवाउन थालिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । गत असोजदेखि कैलालीको टीकापुर नगरपालिकाले छ महिना पुगिसकेका बालबालिकालाई अनिवार्य बालभिटा खुवाउन थालेको हो । टीकापुरकी पुष्पा देवकोटाले पनि आफ्नो बच्चालाई नियमित बालभिटा खुवाइरहेको बताइन् । “पहिलो बच्चा हुँदा बालभिटा खुवाउन पाइएन, अहिले दोस्रो बच्चाको पालामा स्वयंसेविकाले बालभिटा दिनुभयो, मैले खुवाइरहेकी…

Read More

दार्चुला- दार्चुलामा सत्तागठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का कार्यकर्ताबीच झडप भएको छ। जिल्लाका दुहु गाउँपालिका–५ चल्लेगडामा मंगलबार बेलुका भएको झडपमा एमालेका अध्यक्षका उम्मेदवार ४८ वर्षीय मानसिंह बडाल घाइते भएको प्रहरीले जनाएको छ । ‘झडपको कारण खुल्न सकेको छैन,’ जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले भने, ‘घटनामा संलग्न फरार रहेका छन्, खोजी कार्य भइरहेको छ।’ प्रचारबाट फर्किने क्रममा बडाललाई सत्तारुढ गठबन्धनका मानबहादुर कुँवरलगायतको समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते अध्यक्षका उम्मेदवार बडालको अनुहारमा चोट लागेको छ । प्रहरीका अनुसार घाइते बडालको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ ।

Read More

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । केही दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी मंगलबार बिहान मृत अवस्थामा फेला परेकी हुन् । प्रारम्भिक अनुसन्धानमा उक्त घटना आत्महत्या देखिएको प्रहरीले जनाएको छ । उनी केही दिनअघि भएको १९औं एसियाली छनोट खेलमा भाग लिन उनी काठमाडौं आएकी थिइन् । सागमा सन्जुले महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् । दुई वर्ष अघि नेपालमा नै भएको १३औं सागमा भारोत्तोलन खेलमा स्वर्ण पदक जितेकी थिइन् । सागमा स्वर्ण…

Read More

काठमाडौं- हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। जसले गर्दा देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भइरहेको छ । प्रदेश १ का एक/दुई स्थानहरूमा मेघरगर्जन सहित वर्षा भइरहेको छ । दिउँसो प्रदेश १ र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ…

Read More

काठमाडौं- आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सबैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए । मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् ।

Read More