Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले जेठ ३ गते सङ्घीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी सङ्घीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।  सरकारको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने कानुनी व्यवस्था छ । संविधान अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।

Read More

दार्चुला – आसन्न स्थानीय तह निर्वाचनका लागि दार्चुलाका विभिन्न पालिकाका उम्मेदवार घरदैलो अभियानको अन्तिम चरणमा पुगेका छन् । गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्याएका छन् ।मौन अवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाउने भन्दै उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्ने चटारो छ । आफ्नो पालिकाभित्रका वडा–वडा र घर–घरमा मत माग्न व्यस्त उम्मेदवार मौन अवधि सुरु हुनुपूर्व नै सबै मतदाताको घर–घरमा पुगिसक्ने योजनामा छन् । “करिब करिब सबै वडामा घरदैलो सकिएको छ”, सत्तारुढ गठबन्धनका तर्फबाट नौगाड गाउँपालिका उपाध्यक्ष पदका उमेदवार जगत सिह ठगुन्नाले भने, “बाँकी रहेको केही मतदाताको घरदैलोमा आज साँझसम्म पुग्ने लक्ष्य छ ।”मौन अवधि…

Read More

दार्चुला – दार्चुलामा निर्वाचन अवधिभर मदिरा पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ। आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा मादकपदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार यही वैशाख २५ गते आज राति १२ बजेदेखि मतगणनाको अन्तिम मत परिणाम घोषणा नभएसम्म मादकपदार्थको बिक्री वितरण तथा सेवन गर्न नपाइने बताएका छन । उक्त कार्यलाई बेवास्ता गरी बिक्री वितरण, सेवन गरे वा गराइएको पाइएमा प्रचलित ऐन कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । मादक पदार्थ बिक्री वितरण…

Read More

काठमाडौं – वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् । सङ्घले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

Read More

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारवाही गरेको हो । दर्ता नभई सञ्चालन भएका वेब पोर्टलले आचारसंहिता उल्लंघन गरेका कारण नेपालबाट सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले बताएको छ । आयोगका अनुसार हालसम्म निर्वाचन आचारसंहित उल्लंघन गर्ने १३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराइएको छ । यस्तै, चैत २५ गतेदेखि वैशाख २२ गतेसम्मको अवधिमा २७ वटा मिडिया तथा…

Read More

काठमाडौं – हिमालयन हाइड्रोपावर लिमिटेडको ९ करोड मूल्य बराबरको ९ लाख कित्ता आईपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीका स्थानीय बासिन्दाहरुका लागि आईपीओ खुलाएको हो । कम्पनीको जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत अर्थात् ९ लाख कित्ता सेयरको प्राथमिक बिक्री खुला भएको कम्पनीले जनाएको छ । आईपीओमा कम्तीमा १० देखि अधिकतममा एक लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की मादी गाउँपालिका वडा नम्बर १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुले जेठ ८ गते आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र सबै सेयर खरिदमा…

Read More

मोरङ- विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनी रहेकी छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी इलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको छ ।

Read More

पोखरा – अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले एक प्रहरी नायब निरीक्षक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले गण्डकी प्रदेश प्रहरी कार्यालय विपद् व्यवस्थापन गुल्म बाग्लुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महताविरुद्ध भ्रष्टाचार मुद्दा बिशेष अदालत काठमाडौंमा दायर गरेको हो । महतोले लेनदेन केस मिलाई दिने भनी सेवाग्राहीसँग ३८ हजार घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी अख्तियारमा परेको थियो । सोहि उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट टोली खटिएको थियो । सोहि टोलीले महतोलाई सेवाग्राहीसँग ३८ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बैशाख ६ गते नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा महतोले आफ्नो कार्यक्षेत्र र जिम्मेवारी तथा कार्यरत…

Read More

काठमाडौं– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले महिलाहरुलाई सार्वजनिक ठाउँमा बुर्का लगाउन उर्दी जारी गरेको छ । तालिबानले सार्वजनिक स्थानमा सबै महिलाहरूलाई अनुहार ढाक्ने पहिरन लगाउन निर्देशन दिएको बेलायती पत्रिका द गार्जियनले जनाएको छ । यसबाहेक तालिबानले महिलाहरूलाई लामो दूरीको एक्लै यात्रा गर्ने अधिकारबाट समेत बञ्चित गरेको जनाइएको छ । यस्तै, तालिबानले महिलाहरूलाई स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा काम गर्न पनि बन्देज लगाएको गार्जियनको अनलाइन संस्करणले जनाएको छ । महिलाहरूले बुर्का लगाउने नियम कार्यान्वयनको जिम्मा भने उनै महिलाका अभिभावक, नातेदार वा रोजगारदातालाई दिइएको बताइएको छ । कोही महिलाले सार्वजनिक स्थानमा अनुहार नछोपेको खण्डमा ती महिलाका ‘अभिभावक’ लाई सजाय हुने व्यवस्था राखिएको छ । महिलाहरू घरबाट बाहिर ननिस्किऊन् भन्नाका लागि यस्तो नियम ल्याइएको हो । ‘अफगानिस्तानका सबै…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारलाई मतदातालाई आह्वान गरेका छन् । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा आज (आइतबार) च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिशेषअपील गर्दै अध्यक्ष ओलीले समृद्धिका लागि एमालेको जित अनिवार्य रहेको तथ्य राखे । अध्यक्ष ओलीले ६७ बुँदामा आफ्नो धारणा राखेका छन् । अपीलको पूर्णपाठ नेकपा (एमाले) को आम मतदातामा अपील आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू ! हार्दिक अभिवादन ! १. हामी सम्पूर्ण नेपालीहरू यही २०७९ साल वैशाख ३० गते शुक्रबारका दिन स्थानीय सरकार निर्माणका लागि जनप्रतिनिधिहरूको निर्वाचन सम्पन्न गर्न गइरहेका छौं । यो निर्वाचन स्थानीय तहको सरकार…

Read More