Author: महेन्द्रनगर पोष्ट

उदयपुर – उदयपुरको बेलका नगरपालिका ३ मा एक छात्राको हत्या भएको छ । कोशी जनता माध्यमिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत कविता सुनुवारको यसोदा खोलामा हत्या भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेत र प्रधानाध्यापक साहले संयुक्त विज्ञप्ति जारी गरी घटनाको निष्पक्ष छानबिन गरी अपराधी पत्ता लगाउन र कडा सजाय दिन माग गरेका छन् । विद्यालयका प्रधानाध्यापक सूर्य नारायण साहका अनुसार उनी विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले हत्या भएको हो ।

Read More

काठमाडौं – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री गहतराजले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन्। मन्त्री गहतराजले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेख्नुभएको छ, “त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।” नेपालले सोमबार फाइनलमा पपुवा न्युगिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री गहतराजले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई दिएका हुन्।

Read More

लमजुङ – लमजुङका सबै स्थानीय तहमा सत्तारूढ चार दलबीच तालमेल हुने भएको छ। आज बसेको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच तालमेल गरेर जाने निर्णय गरेको हो। लमजुङका आठ स्थानीय तह र जिल्ला समन्वय समितिमा चार दलले चुनावी तालमेल गर्ने भएका हुन्।साथै कांग्रेस सभापति टकराज गुरूङ संयोजकत्वमा चार सदस्यीय जिल्ला संयन्त्र गठनसमेत गरिएको छ। यस्तै दलहरूको बस्तुगत अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउने निर्णसमेत उनीहरूले गरेका छन्। उनीहरूले एकअर्का दललाई लक्षित गर्दै आरोप-प्रत्यारोप गर्न नपाइने पनि बताएका छन्।

Read More

रुपन्देही – रुपन्देहीको बुटवलस्थित एक वडा प्रहरी कार्यालयमा हिरासतमा रहेका पुरुष घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । चोरीको अभियोगमा पक्राउ परी हिरासतमा रहेका बुटवल–११ रूपन्देहीका रूद्रबहादुर नेपाली हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् । आइतबार बिहान घाँटीबाट रगत आइरहेको अवस्था भेटिएपछि उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । अहिले उनको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ । प्रादेशिक अस्पतालमा सरसफाइको काम गर्ने नेपालीलाई विभिन्न तामाका तारहरू चोरी गरेको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसँग तामाका तारहरू भेटिएपछि प्रहरीले हिरासतमा राखेको थियो । इलाका प्रहरी कार्यालय बुटवल प्रमुख डीएसपी ठगबहादुर केसीले हिरासतमै उनले आत्महत्याको प्रयास गरेको…

Read More

एजेन्सी– श्रीलंकामा मंगलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ । औषधिको चरम अभावपछि देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) को आकस्मिक साधारण समितिको बैठकले यो निर्णय गरेको हो । यसअघि आपतकालीन कानुन लागू गर्ने र औषधिको गम्भीर अभावबारे छलफल गर्न समितिको बैठक बसेको थियो । बिरामीको जीवन रक्षा गर्न यस्तो घोषणा गरिएको जीएमओएका सचिव डा. सेनाल फर्नान्डोले बताए । सरकारको कमजोर व्यवस्थापनका कारण देशभर औषधिको अभाव देखिएको जीएमओले आरोप लगाएको छ ।

Read More

एजेन्सी – पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने प्रधानमन्त्री इमरान खानको निर्णय बदर गरिदिएको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश अउमर अता बन्दियाले संविधानको धारा ५ अनुसार सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्न पनि नमिल्ने फैसला सुनाएका छन् । ‘प्रस्तावलाई सभामुखले खारेज गर्ने विकल्प छैन ।’ प्रधानन्यायाधीशलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विपक्षीद्वारा ल्याइएको अविश्वासको प्रस्तावलाई संसद्ले संविधानको धारा ५ का आधारमा खारेज गरेसँगै प्रधानमन्त्री खानले संसद् भंग गर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपति आरिफ अल्भीले सदर गरेसँगै यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । सोही रिटमाथि सुनुवाई गर्दै पाकिस्तानी सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो । यससँगै पाकिस्तानमा राजनीतिक…

Read More

काठमाडौं – महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बलात्कारका घटना बढेको जनाएको छ । एक महिनामा १२७ वटा महिला हिंसाका घटनामधये २१ प्रतिशत बलात्कारका घटना रहेको ओरेकको प्रतिवेदनमा उल्लेख छ ।​ ओरेकका अनुसार फागुन महिना मा २७ वटा बलात्कारका घटना भएका हुन् । बलात्कारका घटनामा प्रमुख जिम्मेवार रहनेमा पीडितका छिमेकी ४८ प्रतिशत छन् भने आत्मीय मानेका साथी १५ प्रतिशत पाइएको छ । बलात्कार भएकामध्ये सबैभन्दा बढी अर्थात् ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी छन् भने १७ देखि २५ वर्ष उमेर समूहका महिला २६ प्रतिशत छन् । त्यस्तै, तीन बलात्कार प्रयास भएको र तीन जनताको बलात्कारपछि हत्या भएको ओरेकले…

Read More

काठमाडौं – सत्ता गठबन्धनको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलेको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार विहान बसेको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

Read More

काठमाडौँ- काठमाडौँ जिल्लामा सबैभन्दा ठूलो मतपत्र छपाइ हुने भएको छ । जनक शिक्षा सामग्री केन्द्र नमुना मतपत्र छापिरहेको निर्वाचन आयोगका अनुसार सबैभन्दा सानो मतपत्र डोल्पाका लागि छापिने भएको छ । ‘कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाई हुने छन्,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ ।’

Read More

बुटवल – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच सम्मानजनक ढंगले सिट बाँडफाँट हुनुपर्ने बताएका छन् । सिट बाँडफाँटमा भेदभाव गरिए त्यो आफ्नो दललाई स्वीकार्य नहुने उनले बताए । २०७४ सालमा भएको स्थानीय निर्वाचनको नतीजाका आधारमा सिट बाँडफाँड अमान्य हुने उनको भनाई छ । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टी प्रवेश एवं आमसभालाई संबोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । “२०७४ सालमा प्राप्त गरेको सिट संख्यालाई आधार मानेर चुनावमा गठबन्धन हुन सक्दैन”–उनले भने । अघिल्लो स्थानीय तहको निर्वाचन भएको चारवर्षपछि मात्र आफ्नो पार्टी गठन भएकाले अघिल्लो निर्वाचनको सिट संख्यालाई आधार मानेर चुनावी गठबन्धन गर्न नहुने…

Read More