रुपन्देही – रुपन्देहीको बुटवलस्थित एक वडा प्रहरी कार्यालयमा हिरासतमा रहेका पुरुष घाँटी रेटिएको अवस्थामा फेला परेका छन् ।
चोरीको अभियोगमा पक्राउ परी हिरासतमा रहेका बुटवल–११ रूपन्देहीका रूद्रबहादुर नेपाली हिरासतभित्रै घाँटी रेटिएको अवस्थामा फेला परेका हुन् ।
आइतबार बिहान घाँटीबाट रगत आइरहेको अवस्था भेटिएपछि उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । अहिले उनको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ ।
प्रादेशिक अस्पतालमा सरसफाइको काम गर्ने नेपालीलाई विभिन्न तामाका तारहरू चोरी गरेको आरोप लागेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसँग तामाका तारहरू भेटिएपछि प्रहरीले हिरासतमा राखेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवल प्रमुख डीएसपी ठगबहादुर केसीले हिरासतमै उनले आत्महत्याको प्रयास गरेको हुनाले घाँटीमा चोट लागेको बताए ।
Facebook Comments Box