Author: महेन्द्रनगर पोष्ट

बाजुरा- बाजुराका ३८ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा परेका छन्। जिल्लाका ९ वटा स्थानीय तहमा रहेका ७० वटा मतदान केन्द्रमध्ये ३८ मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा परेका हुन्। मतदान केन्द्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरिएको छ। ७० मतदान केन्द्रमध्ये ३८ मतदान केन्द्र अतिसंवेदनशील, २५ संवेदनशील र ७ वटा मतदान केन्द्र सामान्य रहेका छन्। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा ७० वटा मतदानकेन्द्र कायम गरिएका छन् भने १३ वटा राजनितिक दलले दल दर्ता गराएको निर्वाचन कार्यालय बाजुराले जनाएको छ।

Read More

कैलाली– कैलालीको गोदावरी नगरपालिमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोदावरी नगरपालिकाको कैलालीमा १३ वटा सडक निर्माणमा अनियमितता भएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले गोदावरी नगरपालिकाको तत्कालिन प्रशासकीय अधिकृत खेमराज विष्ट, देवराज जोशी, तत्कालिन इञ्जिनियर पूर्ण कुँवर, सवइञ्जिनियर रामचन्द्र भण्डारी, नरेन्द्र शाही, राजेन्द्र भण्डारी, ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी डम्बर चन्दविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुमाथि ७४ लाख ४१ हजार रुपैयाँ विगो मागदावी गरिएको छ ।

Read More

कैलाली- सुदूरपश्चिम प्रदेशमा आज विसु पर्व मनाइँदै छ । नयाँ वर्षको पहिलो दिनलाई आज सुदूरपश्चिमेलीले विसु पर्वका रुपमा मनाउने गरेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुरामा आफ्नै मौलीकताअनुसार विसु पर्व मनाइने गरेको ज्योतिष जयप्रसाद जोशीले बताउनुभयो । सुदूरपश्चिममा एक वर्षभरि विदेशिएका सबै परिवारका सदस्य र दिदी, बहिनीसमेत माइतीघर आउने र सबै एकै ठाउँमा जमघट भई मीठा–मीठा खानेकुरा तथा स्थानीय खानाका परिकार पकाइ खुसी साटासाट गरी मनाउने मनाउने गरिएको पाइन्छ । सुदूरपश्चिम प्रदेशमा सिस्नो लगाएर विसुु पर्व मनाउने गरिएको छ । देवर र भाउजु तथा साली र भिनाजु एकापसमै सिस्नो लगाएर पनि नयाँ वर्ष…

Read More

महोत्तरी- महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा बुधबार एक व्यक्तिको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित विपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो । नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०÷५५ का पुरुषको शव कुहिएर जङ्गलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयले शवबारे खबर दिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली शव फेला परेको स्थानतिर गएर सो शव उठाएर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ । रासस

Read More

इटहरी- भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको अवस्थामा प्रहरीले दुई दिनमा रु एक करोड बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरीले मङ्गलबार र बुधबार भन्सार छलेर ल्याउँदै गरको अवस्थामा बिस्कुट, सुपारी, कपडा र मोटरपार्टस् (तीन वटा गाडीसहित) गरी उक्त रकम बराबरको सामग्री बरामद गरेको हो । प्रहरीले बुधबार बिर्तामोडबाट भन्सार छलेर ल्याइएको कपडाको ठूलो रोल आठ थान, सानो रोल ३१ थान, मोटर गार्ड पाँच थान, कपडा ठूलो बोरामा दुई बोरा, मोटरपार्टस् सानो बोरामा तीन बोरा फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी…

Read More

काठमाडौं- हाल देश नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ । मौसम विभागका अनुसार आज देशका विभिन्न चार प्रदेशका पहाडी वर्षाको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार मौप्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। देशका अन्य भू–भागमा भने सामान्यतया मौसम सफा रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँवर्ष २०७९ प्रारम्भ भएको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्ति गर्नुभएको छ । गत वर्षको अनुभवलाई शिक्षाका रुपमा लिइ नयाँ वर्षमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आआफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रको नवनिर्माण, समृद्धि र सुशासनका निम्ति जुट्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गर्नुभएको छ । मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वेपरी लक्ष्य रहेको भन्दै उहाँले यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचार र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्दै अघि बढ्नुपर्ने…

Read More

काठमडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७९ साल आरम्भ भएको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज शुभकामना सन्देश जारी गर्दै नयाँ वर्षको सुरुआत भएको यस अवसरमा हामीले विगतको कठोर अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको बताउनुभएको छ । हरेक वर्ष बढिरहेको व्यापार असन्तुलन कम गर्न स्वदेशी उत्पादनलाई बढावा दिनुका साथै उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पुँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने सन्देशमार्फत भनिएको छ । ठूलो सङ्ख्यामा विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सिर्जना गर्ने नीति…

Read More

काठमाडौं- नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको छ । नयाँ वर्षमा पशुपतिनाथ दर्शन गर्ने भक्तजनको भीड बढ्ने भएकाले विशेष व्यवस्था गरिएको हो । नयाँ वर्षका अवसरमा बिहान ४ बजेदेखि नै पशुपतिका चार ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड बढेको उहाँले सुनाउनुभयो । नयाँ वर्षका अवसरमा आज पशुपतिनाथ आउने भक्तजनलाई उत्तर, पश्चिम र दक्षिण मूल ढोकाबाट दर्शन गर्न जान सक्ने गरी व्यवस्था गरिएको छ । पछिल्ला केही वर्षदेखि नयाँ वर्षका अवसरमा पशुपतिनाथको दर्शनमा आउने भक्तजन बढ्न थालेपछि कोषले विशेष…

Read More

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १७ मोटरसाइकल र आठ स्कुटर फेला पारेर आज एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले एकान्त स्थानमा सवारी पार्किङ गर्दा बढी चोरी हुने तथा हराउने गरेको बताउँदै पार्किङ गर्दा विशेष ख्याल राख्न चालकलाई आग्रह गर्नुभयो । “मोटरसाइकल चोरी गर्ने गिरोहमाथि निरन्तर निगरानी राखी सूचना सङ्कलन भइरहेको छ, मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिमाथि महाशाखाले विशेष टोली खटाएको छ”, उहाँले भन्नुभयो…

Read More