Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपालले भारतीय विद्युत् ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३२५ मेगावाट विद्युत् बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय विद्युत् बजारमा थप ३२५ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो । यसअघि २०७८ कात्तिकमा पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न स्वीकृति दिएको थियो । योसँगै नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत् विक्री गर्न प्रवेश पाउने भएको छ । नेपालले थप विद्युत् निर्यातका लागि स्वीकृति पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको सहमति कार्यान्वयनको चरणमा प्रवेश गरेको ऊर्जा मन्त्रालयले जनाएको छ । यसबाट…

Read More

काठमाडौं – कृषियोग्य माटोमा हुने सूक्ष्म खाद्य पोषकतत्वको अवस्था र कृषि उत्पदकत्व वृद्धिका लागि आवश्यक उन्नत जातका बीउ, मलखाद र कृषि औजार प्रयोगका बारेमा बृहद् छलफल गरी उचित निष्कर्ष निकाल्ने उद्देश्यका साथ राजधानीमा तीन दिने गोष्ठीको आयोजना गरिएको छ । कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा आजदेखि सुरु भएको गोष्ठीमा कृषिको आधुनिकीकरणका विविध विषयमा छलफल हुनेछ । सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारी, कृषि वैज्ञानिक, सरोकारवाला तथा भारतका प्रख्यात कृषि वैज्ञानिकको सहभागिता रहेको छ । नेपालमा कृषिका लागि अत्यावश्यक मल, बीउ तथा औजारका अवस्था तथा सङ्घ र प्रदेशमा…

Read More

काठमाडौं – सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाको लागि सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सिफारिस भएका छन् । सोमबार बसेको बढुवा समितिको बैठकले साधारण समूह, लेखा उपसमूहतर्फका इन्स्पेक्टर राज कुमार ढकाललाई डीएसपीमा बढुवाको सिफारिस गरेको हो त्यसै गरि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले साधारण समूह, लेखा उपसमूहतर्फ रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो । सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बलमा साधारण समूह, लेखा उपसमूहको रिक्त रहेको डीएसपी पदमा बढुवाका लागि मंगलबार साँझ सूचना प्रकाशित गरेका छन् । डीआईजी पौडेलले जारी गरेको सूचनामा साधारण समूह, लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई आफूले प्राप्त गरेको…

Read More

काठमाडौं- अमेरिकाको टेक्सास राज्यमा विमान दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार सेस्ना टि यू २०६ एच नामक विमान दुर्घटनामा परेको हो । ह्युस्टन विमानस्थलबाट उडेको उक्त विमान मध्य टेक्सासको वाकोबाट करिब ५० किलोमिटर टाढा रहेको मारलिन एयरपोर्टमा दुर्घटनाग्रस्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । वाको क्षेत्रीय विमानस्थलमा जाँदै गरेको ६ सिटको जहाज मार्लिन विमानस्थलको एकल धावनमार्गको अन्त्यबाट करिब ६४ मिटर टाढा दुर्घटनाग्रस्त भएको टेक्सास राज्यको ह्युस्टन शहरबाट प्रकाशित हुने ह्युस्टन क्रोनिकल अखबारले जनाएको छ । मर्लिन शहरका कार्यकारी सेड्रिक डेभिसलाई उद्धृत गर्दै क्रोनिकलले जनाएअनुसार मारिनेमा एक पुरुष र एक महिला छन् । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै सरकारको आर्थिक सल्लाहकार समेत रहेको केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो । अर्थमन्त्रीलाई सम्बोधन गरी लेखिएको सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैंकले मासिक १२ देखि १३ अर्ब रुपैयाँ बराबर मात्रै भुक्तानी हुने गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन मिलाउनु पर्ने उल्लेख छ । नेपाल आयल निगमका अनुसार पछिल्लो महिनाहरुमा पेट्रोलियम पदार्थ खरिद गरेबापत अहिले भारतीय आयल निगमलाई मासिक कम्तीमा २४ देखि २९ अर्ब रुपैयाँसम्म रकम भुक्तानी गर्दै आएको छ ।

Read More

काठमाडौं – बुद्ध एयरको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गरिएको छ । धनगढीबाट काठमाडौंका लागि उडेको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको हो । नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो । विमानस्थलमै स्वास्थ्य जाँच गरिएको र उनको अवस्था ठिक रहेको बुद्ध एयरले जनाएको छ । नेपालगञ्जमा यात्रुलाई आफन्तको जिम्मा लगाइएको छ । धनगढीबाट काठमाडौं उडेको बुद्ध एयरको २५२ उडान नम्बरको एटीआर ७२ नामक जहाज नेपालगन्जमा अकस्मिक अवतरणपछि काठमाडौं आइसकेको छ ।

Read More

काठमाडौं – विश्वका अर्वपतिहरुको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा परेका छन्। फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ। उनको सिजी कर्पोरेट ग्लोबल, नबिल बैंक, सिजी फुड्समा लगानी रहेको छ । ६६ वर्षीय चौधरीको वाइ वाइ चाउचाउ मुख्य ब्रान्ड रहेको फोबर्सले उल्लेख गरेको छ। वाइ वाइको उत्पादन नेपालमा मात्र नभई भारत, सर्विया, बंगलादेशसम्म फैलिएको छ। इजिप्टमा पनि वाइ वाइ उत्पादनको प्रक्रियामा छ। सीजीको होटलमा पनि लगानी रहेको छ । भारतको ताल होटल चेनमा पनि उनको लगानी छ । सन् २०१३ मा एक बिलियन डलर सम्पती रहेको चौधरीको सन् २०१४ मा १.१ बिलियन डलर, २०१५ मा…

Read More

काठमाडौं – कङ्गोमा शान्ति मिसनको क्रममा विद्रोहीको आक्रमणमा ज्यान गुमाएका नेपाली सैनिक सुर्खेतको गुर्भाकोट–१४ का अनिल गुरुङ रहेका खुलेको छ । हिजो विद्रोहीको आक्रमणबाट घाइते भएका सिपाही गुरुङलाई थप उपचारका लागि बुनियाँ लेबल–२ अस्पताल लगिएको थियो । शान्ति सेनाको पहिलो डफ्फा कङ्गोमा खटिएका गुरुङको उपचारका क्रममा ज्यान गएको नेपाली सेनाले पुष्टि गरेको छ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले ज्यान गुमाएका गुरुङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना प्रकट गरेका छन । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले यसअघि नै शोक विज्ञप्ति निकालेर मृतक नेपाली सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति सेनामाथि भएको आक्रमणको निन्दा गर्दै गरेका छन । उनले घटनाको छानबिन गरी…

Read More

काठमाडौं – पर्साको जिरा भवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार अन्दाजी ४० वर्षीय हेमन्त दास रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका दासको उपचारको क्रममा विरगंजस्थित एलएस न्युरो अस्पतालमा साँझ सवा ६ बजे मृत्यु भएको हो । मंगलबार साँझ ५ बजे उनी सवार रहेको भारतीय नम्बरको मोटरसाइकल नियन्त्रण गुमाएर पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

भक्तपुर – प्रहरीले चाँगुनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँ बस्ने ३७ वर्षीय मन बहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलबाट कौडा खेलिरहेको अवस्थामा मन बहादुर समेत १३ जनालाई बुधबार बिहान पक्राउ गरेको छ । उक्त होटलमा कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८ लाख २२ हजार ६० रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More