Author: महेन्द्रनगर पोष्ट

काठमाडौं परराष्ट्रमन्त्री डा. नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन् । बिमस्टेकको चैत १६ गते हुने पाँचै शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी श्रीलंका जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उनी सहभागी हुनेछन् । बिमस्टेकको साइडलाइनमा उनले अन्य देशका विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रले जनाएको छ । उनी चैत १७ गते स्वदेश फर्कनेछन् ।

Read More

काठमाडौं – प्रहरी हवल्दार बताउँदै सुनचाँदी लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास-१ घर भएका ३४ वर्षीय मनोज ठाकुरलाई शुक्रबार इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरेको हो ।​ बर्दिबासस्थित सुनचाँदी पसलहरूले बनाउन अर्डर दिएको सुनचाँदी पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स झापा लैजाने क्रममा प्रहरी हुँ भन्दै झण्डै १३ केजी सुनचाँदी लुटपाट गरेको ठाकुरमाथि आरोप लागेको छ । ८ चैतमा पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी ओम कालिकोटेले हायस गाडीमा उक्त सुनचाँदी लैजाने क्रममा मोरङको बेलबारी नगरपालिका वडा न। ४ सिमसार क्षेत्रबाट प्रहरी हवल्दार भएको बताउँदै सुनचाँदी बोकेको झोला लिएर ठाकुर भागेका थिए । ‘प्रहरी हवल्दार हु तेरो साहुलाइ प्रहरी…

Read More

काठमाडौं – कपिलवस्तुको वाणगंगा नगरपालिकाको जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा पिङ भाँचिँदा १४ जना घाइते भएका छन्। शुक्रवार साँझ अवलोकनकर्ता खेलिरहेको डुंगा पिङ भाँचिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी प्रेमप्रसाद रेग्मीले जानकारी दिए। घाइतेमध्ये तीनजनाको गम्भीर रहेको उनले बताए। घाइतेमध्ये चारजना सामान्य उपचारपछि घर फर्केका र सातजनाको कपिलवस्तुमै उपचार भइरहेको छ। घटनाबारे थप छानबिन भइरहेको एसपी रेग्मीले बताए।

Read More

काठमाडाैँ- सञ्चारिका समूहको अध्यक्षमा विमला तुम्खेवा निर्वाचित भएकी छिन्। शुक्रबार सम्पन्न आठौं महाधिवेशनमा कमला पन्थीलाई पराजित गर्दै तुम्खेवा समूहको अध्यक्षमा विजयी भएकी हुन्। गएराति सार्वजनिक निर्वाचन परिणाम अनुसार समूहको उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा वसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यातलाई निर्वाचित भएकी छन्। सदस्यहरूमा पार्वता चौधरी, साजना तामाङ, सलोजा दाहाल, नुनुता राई, लोकसरी कुँवर, मञ्जिला ढकाल, राधा प्रधान र पवित्रा मुडभरी चयन भएका छन्।

Read More

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् ।  उदयपुरको सदरमुकाम गाईघाटस्थित लोकतान्त्रिक चोकमा एमालेले आयोजना गरेको कार्यक्रममा उनले भने,’एमाले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध थियो र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध छ ।’ अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो । एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संरचना निर्माणको काम, लोक कल्याणकारी कार्यका लागि देशका अन्य राजनीतिक दलहरुभन्दा दुईचार कदम अगाडि रहेको दाबी गर्दै उनले अन्य राजनीतिक दल देश…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड’ आज गारेखा जाँदै छन् । बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न उनी गोरखा जान लागेका हुन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ । प्रचण्ड स्थानीय तह निर्वाचनको संघारमा पार्टीको पक्षमा जनमत तयार गर्न दौडधुपमा रहेका उनी बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए ।

Read More

काठमाडौं – नेपाल जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । विहिबार नवलपरासीको कावासोतिमा भएको महाअधिवेशनबाट रामेछापका गेल्जे लामा शेर्पा अध्यक्ष पदमा अत्याधिक मत ल्याएर विजयी भएका छन् । लामाले ४४ मत प्राप्त गरेका थिए । उनको प्रतिस्पर्धी रहेका सोनाम लामा वालुङले जम्मा ८ मत पाएका थिए । महाअधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती, खुल्ला उपाध्यक्षमा युवराज जिरेल, ध्यानि उराँव, क्षेत्र वहादुर थकाली, गम्भिर गुरुङ भोटे, महिला उपाध्यक्षमा लाक्पा शेर्पा र श्रुति कुमाल निर्वाचित भएका छन् । महासचिवमा दिवस राई, उप महासचिवमा रामकृष्ण लामा ब्लोन र कोषाध्यक्षमा विमल सारु मगर निर्वाचित भएका छन् ।

Read More

पर्सा – कलैया उपमहानगरपालिका २३ कलैया –बीगरन्ज सडक खण्डको कोईरीया टोल चोकमा एक महिला माथि शुक्रबार राती ८ बजे एसिड प्रहार भएको बारा प्रहरीले जनाएको छ। पर्सा वीरगन्ज उपमहानगरपालिका १३ श्रीपुरका उमेश साहको श्रीमती बर्ष २८ कि सिता पटेललाई परिवारकै सदस्यहरुले एसिड प्रहार गरेर फरार भएको बाराका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक राजेश थापाले बताएका छन्। कलैयामा माईती घर बस्दै आएकी पटेललाई आफ्नो माईती जेठाजु रामबाबु साह र ससुरा हवारी साह ना.६०प ७२७९ नम्बर को स्कुटीमा एसिड प्रहार गरेको थापाले जानाकारी दिए। एसिडबाट घाइते भएकी महिलाकाे जिल्ला अस्पतालमा उपचार भैरहेको छ । एसिड प्रहार गर्नेलाई खोजतलास गर्न वीरगन्ज प्रहरी पठाइएको…

Read More

काठमाडौं – तीनदिने नेपाल भ्रमणका लागि हिजो शुक्रबार काठमाडौँ आइपुगेका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङले आज शीर्ष नेतासँग भेटबार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा विदेशमन्त्री वाङ २५ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार दिउँसो नेपाल आइपुगेका हुन्।नेपाल सरकारले स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याललाई मात्र पठाएको थियो। सँगै उनको स्वागतका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा पुगेका थिए । विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन्।वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष…

Read More

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषदका डा. अध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् । काठमाडौँमा जारी अर्थशात्रीहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन् । ‘देशको अर्थतन्त्रलाई बलियो बनाउन मेरो विचारमा १० वर्षसम्म सर्वदलीय सहमति सरकार बनाएर जाऊ, नभए प्रत्यक्ष राष्ट्रपतीय सरकार बनाउन लागौं तर यो संसदीय प्रणालीबाट देशको मुहार फेर्न सकिन्न’ भट्टराईले भने ।

Read More