काठमाडौं – नेपाल जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
विहिबार नवलपरासीको कावासोतिमा भएको महाअधिवेशनबाट रामेछापका गेल्जे लामा शेर्पा अध्यक्ष पदमा अत्याधिक मत ल्याएर विजयी भएका छन् । लामाले ४४ मत प्राप्त गरेका थिए । उनको प्रतिस्पर्धी रहेका सोनाम लामा वालुङले जम्मा ८ मत पाएका थिए ।
महाअधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा वुद्ध घर्ती, खुल्ला उपाध्यक्षमा युवराज जिरेल, ध्यानि उराँव, क्षेत्र वहादुर थकाली, गम्भिर गुरुङ भोटे, महिला उपाध्यक्षमा लाक्पा शेर्पा र श्रुति कुमाल निर्वाचित भएका छन् । महासचिवमा दिवस राई, उप महासचिवमा रामकृष्ण लामा ब्लोन र कोषाध्यक्षमा विमल सारु मगर निर्वाचित भएका छन् ।
Facebook Comments Box