Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- पछिल्लो तथ्यांकले नेपालमा मासिक चार अर्ब बढीको सुन आयात भएको देििखएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ३२ अर्ब ६८ करोड बढिको सुन आयात भएको छ । मासिक औषतमा ४ अर्ब ८ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको ५ लाख ४३ हजार ग्राम सुन आयत हुने गरेको हो ।चालु आवको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार उक्त अवधिमा ३२ अर्ब ६८ करोड ४१ लख ६८ हजार रुपैयाँ बराबरको ४३ लाख ४५ हजार २०० ग्राम सुन आयात भएको भन्सार विभागले जनाएको छ । अहिले भने सरकराले विलासी बस्तुहरुको आयात रोकेको छ । पछिल्लो समय…

Read More

काठमाडौं- लामो समयसम्म प्रेम सम्बन्धमा रहेका बलिउड कलाकारद्वय आलिया भट्ट र रणवीर कपुर विवाह बन्धनमा बाँधिएका छन्। उनीहरुले बिहीबार सीमित साथीभाइ र परिवारका सदस्यबीच हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् । उनीहरुले साक्षीको रुपमा भन्दै विवाह स्थलमा ऋषि कपुरको ठूलो तस्बिर राखेका थिए । आलियाले पनि आफ्नो परिवार र नातेदारहरूको बिचमा सबैभन्दा मन पर्ने स्थानमा विवाह गरेको उल्लेख गरेकी छिन्। उनीहरुको विहेको तस्बीरहरु सार्वजनिक भएका छन् । हेर्नुहोस् तस्बिरहरू

Read More

काठमाडौं – बागमती प्रदेशमा सार्वजनिक यातायातमा भाडा समायोजन गरिएको छ । भाडा समायोजनले काठमाडौँ उपत्यकासहित यस प्रदेशमा बिहीबारदेखि सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ । नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्र सार्वजनिक गाडीमा पाँच किलोमिटरसम्म न्यूनतम रु २० पुगेको छ । यसअघि न्यूनतम रु १८ थियो । न्यूनतम भाडा रु १८ भए पनि यात्रु रु २० तिर्न बाध्य भएको बताइएको छ । त्यस्तै १० किलोमिटरसम्म रु २५, १५ किलोमिटरसम्म रु ३०, २० किलोमिटरसम्म रु ३३ र २० किलोमिटरभन्दा माथि रु ३८ भाडा तिर्नुपर्नेछ । यस्तै ट्याक्सीमा सुरुको न्यूनतम रु ५० र प्रति मिटरको भाडा रु १० कायम…

Read More

काठमाडौँ– सुनसरीको झुम्का कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन्। चौकीदार को बन्ने भन्ने विषयमा विवाद हुँदा कारागारको ‘ए’ ब्लकका कैदीबन्दीबीच बुधबार झडप भएको हो। ‘ए’ ब्लकका चौकीदार जोन नाल्बो लिम्बुलाई कारागार व्यवस्थापन विभागले भीमफेदी कारागार, मकवानपुर सरूवा गरेपछि रिक्त ठाउँमा को चौकीदार बन्ने भन्ने विषयमा कैदीबन्दीबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको जेलर प्रदीय शाहले जानकारी दिए। घाइते सबैको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ।

Read More

काठमाडौं-राजनीतिक दलहरुले एक अर्काको चुनाव चिन्हबाट चुनाव लड्ने सहमती गरेपछि निर्वाचन आयोगले चासो देखाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको सूर्य चिन्हबाट राप्रपा नेपाल र परिवार दलका उम्मेदवारहरु चुनाव लड्ने सहमति बनेको व्यक्ति जुन दलको चनाव चिन्हबाट निर्वाचन लडेको हो सोही दलर्लाइ मात्रै चिन्ने जनाएको छ । आयोगले बिहिबारको पत्रकार सम्मेलनमा जुन दलको चुनाव चिन्हबाट निर्वाचन लडेको हो त्यही दलको उम्मेदवारका रुपमा मात्र चिन्ने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘जुन चिन्हबाट चुनाव लडेको हो त्यही पार्टीको उम्मेदवार हुन्छ ।’ आयोगले चुनाव चिन्ह एउटाबाट लडेर अर्को दलको हो भन्ने नचिन्ने…

Read More

काठमाडौं – नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको थियो । पशुपतिनाथमा तीजको जत्तिकै दर्शनार्थी आएकाले तीन लाखभन्दा बढीले मूल मन्दिर प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए । नयाँ वर्षका लागि कोषले पश्चिम मूल ढोकामा यस वर्षदेखि सजावटसहित नववर्षको शुभकामना ब्यानर टाँगेको थियो । बिहानैदेखि पशुपति क्षेत्रमा राष्ट्रदेवको दर्शन गरेर नयाँ वर्ष मनाउन चाहने भक्तजनको भीड लागेको थियो । बेलुकी ५ बजेसम्म करिब तीन लाख भक्तजनले पशुपतिमा आई दर्शन…

Read More

काठमाडौं– आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट…

Read More

कञ्चपनुर- बितेको छ महिनायता कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पक्की पुल निर्माणले गति लिन सकेको छैन । सुदूरपश्चिमकै ठूलो आयोजनाभित्र पर्ने चार लेनको ८०० मिटर लम्बाइको पक्की पुलसँगै बन्ने ड्याम, पहुँचमार्गलगायतमा प्रक्रियागत उल्झन देखिएपछि ढिलाइ भएको छ । गत कात्तिक पहिलो साता महाकाली नदीमा आएको बाढीपछि यहाँ पुलको काम प्रभावित बन्न पुगेको थियो । त्यसयता पुलको काम छिटपुटरूपमा भए पनि बाँध निर्माणलगायतका काम भने सुरु नै हुनसकेको छैन । पुलको चौतर्फी बन्ने पोखरीका लागि ‘गाइडबण्ड’ बनाउन डिजाइन परिर्वतन स्वीकृत भए पनि ‘भेरियसन अर्डर’ नहुँदा काम अगाडि बढ्न नसकेको पुल निर्माण कम्पनीको भनाइ छ । यसअघि ठूला ढुङ्गाको ‘गाइडबण्ड’ बनाउने…

Read More

कर्णाली- मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकार ६ ‘ब’ को अवधारणाअनुसार अघि बढेको बताउनुभएको छ । नयाँ वर्ष २०७९ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले कर्णालीको विकासका लागि छ ‘ब’ अर्थात् बाटो, विद्युत्, विचार, वन, बजार र व्यवस्थापन नै मुख्य आधार भएको बताउनुभएको हो । मुख्यमन्त्री शाहीले विसं २०७८ मा कोरोना भाइरस महामारीका कारण प्रदेशको विकासमा लक्ष्यअनुसार प्रगति हुन नसकेको उल्लेख गर्नुभयो । यद्यपि प्रदेश सरकारले स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय गरेर महत्वपूर्ण कामको सुरुआत गरेको उहाँको भनाइ छ । सन्देशमा भनिएको छ, “सडक पूर्वाधारबिना कर्णालीमा विकास र समृद्धि सम्भव छैन, प्रदेश सरकारले राजधानी…

Read More

काठमाडौँ- वर्ष २०७८ मा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कमी आउन सकेन । यस वर्ष पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण हुनुका साथै श्रम समस्यामा अघिल्लो वर्षभन्दा कमी आए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका घटनामा खासै कमी आउन सकेको छैन । नेपाल पत्रकार महासङ्घमा अभिलेखीकरण भएअनुसार २०७८ सालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका ७४ घटना भएका छन् । पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गर्ने, प्रसारण तथा प्रकाशनमा अवरोध, दुव्र्यवहार तथा धम्की, आक्रमण, पेशागत असुरक्षा र नीतिगत बन्देजका घटना भएका छन् । श्रमजीवी पत्रकार ऐनले दिएका सेवा, सुविधा कार्यान्वयनको पक्ष भने अघिल्लो वर्षमा पनि चुनौतीपूर्ण रह्यो । विसं २०७७ मा ५१७ पत्रकारको…

Read More