काठमाडौं-राजनीतिक दलहरुले एक अर्काको चुनाव चिन्हबाट चुनाव लड्ने सहमती गरेपछि निर्वाचन आयोगले चासो देखाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको सूर्य चिन्हबाट राप्रपा नेपाल र परिवार दलका उम्मेदवारहरु चुनाव लड्ने सहमति बनेको व्यक्ति जुन दलको चनाव चिन्हबाट निर्वाचन लडेको हो सोही दलर्लाइ मात्रै चिन्ने जनाएको छ ।
आयोगले बिहिबारको पत्रकार सम्मेलनमा जुन दलको चुनाव चिन्हबाट निर्वाचन लडेको हो त्यही दलको उम्मेदवारका रुपमा मात्र चिन्ने प्रष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘जुन चिन्हबाट चुनाव लडेको हो त्यही पार्टीको उम्मेदवार हुन्छ ।’
आयोगले चुनाव चिन्ह एउटाबाट लडेर अर्को दलको हो भन्ने नचिन्ने प्रष्ट पारेको छ । प्रवक्ता पौडेलको भनाई अनुसार सूर्य चिन्हबाट चुनाव लडेका परिवार दल र राप्रपा नेपालका उम्मेदवार कानूनी रुपमा एमालेका हुनेछन् ।
विगतमा पनि हृदयश त्रिपाठीलगायत केही नेताहरु सूर्य चिन्हबाट चुनाव लडेर सांसद बनेका थिए । उनीहरु एमालेकै सांसदको रुपमा गनिएका छन् ।