Author: महेन्द्रनगर पोष्ट

कपिलवस्तु – गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरूलाई ३० बैशाखमामा निर्धारित स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको समुदघाटन गर्दै मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न सबै राजनीतिक दलहरूलाई स्थानीय निर्वाचन सहभागी हुन आवश्यक रहेको बताए । उनले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको बताए । नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री खाणले सशस्त्र प्रहरीका अधिकृतर जवानहरूको लामो समयदेखि रोकिएको बृत्तिविकास सुचारु गर्ने तयारीमा सरकार रहेको बताए । लामो…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । उनले आगामी निर्वाचनमा पार्टीलाई कसरी देशभर विजयी गराउने भन्ने विषयमा नेताहरूलाई निर्देशन दिएका छन् ।

Read More

इस्लामावाद – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन्। उनले विश्वका इस्लामिक देशहरुलाई यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री खानले विश्वका इस्लामिक देशहरुलाई हाल अफगानिस्तानले सामना गरिरहेका समस्याका बारेमा अध्ययन गर्न आग्रह गरेका हुन् उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरुले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन्। ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ आइसीको विदेश मन्त्रीहरुको ४८ औँ सम्मेलनलाई सम्बोधन गर्दै उहाँले सो धारणा राखेका हुन् । पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरु, एजेण्डामा छलफल भइरहेको छ । त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले…

Read More

कैलाली – कैलाली गोदावरी नगरपालिका-१ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखेर सडकमा शंकास्पद अवस्थामा राखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेको छ । मंगलबार बिहान घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन् । नवीन साहुको घरको गेटअगाडि नै शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई जानकारी दिए । उक्त कुकर डिस्पोज गर्दा त्यसभित्र सुनका गरगहनाहरु फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए । सो प्रेस कुकरभित्र चार तोला सुन फेला परेको प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । भने त्योसँगै कुकरमा एउटा पत्र समेत फेला परेको प्रहरीले जनाएको…

Read More

कास्की – अन्नपूर्ण गाउँपालिका-९ बस्ने ३२ वर्षीय सेते गर्वुजालाई १ थान भरूवा बन्दुक सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-९ उल्लेरीमा बन्दुक पड्केको आवाज आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी विरेठाटीबाट खटिएको प्रहरीले सोधपुछ गर्दा गर्वुजाले भरुवा बन्दुक पड्काई भागेको भन्ने खुल्न आएपछि प्रहरी उनको खोजी गर्ने क्रममा सोही ठाउँस्थित जंगलमा लुकी बसेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयले आगामी बजेटमा भ्यू टावर लगायतका संरचना बनाउन लगानी नगर्ने बताएकी छन । राष्ट्रिय योजना आयोगमार्फत प्राप्त बजेट सिलिङमाथि छलफलमा मन्त्री झाँक्रीले बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताउदै नागरिकलाईबढी लाभ हुने योजना छनोट गर्नुपर्नेमा समेत जोड दिइन । उनले भनिन, ‘केही कुरा हामीले कार्यक्रमबाट हटाउन आवश्यक छ, सभा हल, भ्यू टावर लगायतका कुरा अब बजेटमा राखेर परिणाम दिन सकिदैन, गर्नै पर्ने भए सघन शहरी विकास कार्यक्रम अन्तर्गत समेटौं ।’ मन्त्रालयले पुनर्निर्माण झण्डै १२ अर्ब आवश्यक रहेको बताउँदै बजेटको सिलिङ बढाउन योजना आयोगलाई आग्रह गर्ने भएको छ ।

Read More

जुम्ला-  देशको तीन खम्बे अर्थतन्त्र नीति मध्यको प्रमुख मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको छाता संगठन जुम्ला उद्योग वाणिज्य संघमा लाेकतान्त्रिक प्यालन विजयी भएकाे छ ।कांग्रेस निकट लाेकतान्त्रिक र वाम निकट वामपन्थी प्यानल चुनावी मैदानमा उत्रिएकाे थियाे। जसमा कांग्रेस निकट पुरिचन्द्र देवकोटा अध्यक्षमा निर्वाचित भएका छन् । देवकाेटाले वामपन्थी निकटका भैरबहादुर कठायतलाई पराजित गरेका हुन्। निर्वाचन अधिकृत दिलबहादुर महतका अनुसार देवकोटाले २६६ मत प्राप्त गरे भने कठायतले १७९ मत मात्र पाए। प्रथम उपाध्यक्ष डम्मरकुमारी खड्का २६३ मतसहित विजयी भएकी छन्। निकटतम प्रतिस्पर्धी नन्दराज धितालले १७० मत प्राप्त गरे। उपाध्यक्षमा गणेश रोकाया, महासचिवमा टेकेन्द्र नगरकोटी र कोषाध्यक्षमा देवेन्द्र आचार्य विजयी भए। देवकोटाको…

Read More

जनकपुर – रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी भएको रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश सङ्घीय संसद्बाट पारित हुन नसक्दा स्वतः निष्क्रिय भएको थियो । संसद् अधिवेशन अन्त्य भएसँगै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलबार पुनः रेल्वे अध्यादेश जारी गरेपछि रेल सञ्चालन गर्ने बाटो खुलेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । रेल्वे अध्यादेश जारी भइसकेकाले अबको केही दिनभित्रै रेल सेवा उद्घाटनको मिति तय हुने…

Read More

काठमाडौँ – निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्। व्यवसायीले आज अघोषित रूपमा गरेको बन्दले यात्रु मर्कामा परेका छन्। निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध गरेका छन्। सुर्खेत काँक्रेबिहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले रातो प्लेटका सवारी साधनले यात्रु बोक्ने गरेको बताए। यसमा प्रशासनले चासो नदेखाएपछि सार्वजनिक यातायात नै बन्द गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले यसबारे यातायात व्यवसायीसँग छलफल गरिने बताए। ‘छलफलका लागि उनीहरूलाई बोलाएका छौं, गाडी बन्द नगर्नुस् भनेका छौं,’ उनले भने।

Read More

जेनेभा – राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टकाे सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित शहर बनेको छ । त्यस्तै, देशका हिसाबले नेपाल प्रद्रूषित देशको सूचीको दशौँ नम्बरमा छ । तथ्यांकअनुसार सन् २०२१ मा भारतको समग्र प्रदूषण तह खराब देखिन्छ । भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित राजधानी शहर बनेको छ । दिल्ली लगातार चौथो पटक विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको हो । विश्वका १०० प्रदूषित शहरहरुमध्ये ६३ भारतमा रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, देशका हिसाबले बंगलादेश विश्वकै सबैभभन्दा प्रदूषित साबित भएको छ…

Read More