Author: महेन्द्रनगर पोष्ट

कैलाली- कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय आकाश विक पक्राउ परेका प्रहरीले बताएको छ। उनलाई ५२० मिलिग्राम लागुऔषध खैरो हिरोइन र २७ हजार २ सय ४० रुपैयाँसहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Read More

अछाम-अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छन्।मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन्। आफ्नो बारीमा भैँसीले घाँस खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ। हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । अमृता पक्राउ परेकी छन्।

Read More

लमजुङ-लमजुङका मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ। शनिवार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन्। हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिवार लागेको आगो झनझन बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठुलो भएकाले निभाउन सकिएको छैन। ’  मर्स्याङदी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो। वनमा एक्कासी डढेलो लागेपछि स्थानीय आइतबार  आगो नियन्त्रणका लागि पुगेका थिए। डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलो नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए। 

Read More

काठमाडौं-नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदैछ। राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएका कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो। २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थियो। २०६२/६३ को जनआन्दोलन मार्फत संसद् पुनःस्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधान सभाको निर्वाचनमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाइ गरेका थियो। २०६३ साल जेठ ४ गतेको प्रतिनिधि सभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गर्नु भएको थियो। कोइरालालाई शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छ। उनको नेतृत्वमा २०६५…

Read More

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको जिल्ला सदस्यमा युवा नेता विवेक बोगटी मनोनित भएका छन। एमाले कञ्चनपुरले युवा नेता बोगटी सहितका नेताहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको हो। बोगटी जिल्ला युवा परिषर कञ्चनपुरका अध्यक्ष रहेका छन। नेता बोगटीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन।

Read More

काठमाडौँ -नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ जाँदै छन्। आज बिहान ९ बजे पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मिना रखाल चीन जान लागेका छन्। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जान लागेका हुन्। उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौडेलसहित नेताहरू पाँच दिने भ्रमणका लागि बेइजिङ जान लागेको रिजालले बताए।

Read More

काठमाडौं -राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन्। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन  हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन्।  निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ। देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ। पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरेको छ। काठमाडौं,…

Read More

भारत- भारतको पूर्वी राज्य बिहारमा मदिरा सेवन गरेर होली मनाएकामध्ये कम्तीमा ३२ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार होली मनाउने क्रममा विषालु मदिरा सेवन गरेकामध्ये विहारका विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको हो। मृत्यु हुनेमा भागलपुरका १६, बाँकाका १२, मधेपुराका ३, नालंदका १ जना छन्। विषाधियुक्त मदिरा सेवनबाट दर्जनौं व्यक्ति बिरामी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ। अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण भागलपुरमा २, बाँकामा ६ र मधेपुरामा दर्जनबढी व्यक्ति गम्भीर बिरामी भएका छन्। बिहारमा सन् २०१६ देखि अनाधिकारिक रूपमा उत्पादन हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। रक्सी खाएर मृत्यु भएको भनिएका…

Read More

बैतडी–बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ पाटनबाट सुर्नया तर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको हो। मिनी ट्रक पल्टिँदा ६ जना घाइते भएका र ६ जना मध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। सुर्नया गाउँपालिका ३ का २५ बर्षीया दुर्गा चन्दको मृत्यु भएको उनले बताए । त्यस्तै दुर्घटनामा परेर सुर्नया गाउँपालिका ३ का ३५ बर्षीया माधवी चन्द, ३५बर्षीया वसन्ती भट्ट र ३३ बर्षीया कलावती भट्ट घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ…

Read More

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा आज मोरङ र खोटाङ जाँदैछन्। सुन्दरहरैचा नगरपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन उनी मोरङ जान लागेका हुन्। प्रधानमन्त्री देउवा सो नगरपालिकाद्वारा आयोजित तीनवटा कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री देउवाले सुन्दरहरैचा नगरपालिकामा निर्मित नगर अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी उनले सो नगरपालिकाको प्रशासनिक भवन र सुन्दरहरैचा नगरपालिका–९ मा निर्माण हुने कृषि बजारको शिलान्यास गर्ने कार्यक्रम रहेको सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख धनमाया तामाङले जानकारी दिइन्। त्यसपछि देउवा खोटाङ जानेछन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खा जोड्ने सडकखण्डको साप्सुखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल उद्घाटन गर्न प्रधानमन्त्री देउवा खोटाङ जान लागेका हुन्।

Read More