Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो सोमबार प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो प्रतितोला ६०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो सोमबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

बैतडी – बैतडीमा म्यादी प्रहरीको कोटा थप गरिएको छ । यसअघि जिल्लामा ८सय १५ जनाको लागि परिक्षा लिइएकोमा अन्तिममा आएर कोटा थप गरिएको हो । प्रहरी प्रधान कार्यालयबाटै अहिले १हजार ५१जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि ८सय १५ जनाका लागि परिक्षा हुदाँ १हजार ५२जनाले लिखित सम्मका सबै परिक्षा पास गरी अन्तरवार्ता दिएका थिए । सोमबार कोटा थप भएको जानकारी आएसंगै लिखित परिक्षाबाट वैकल्पिकमा रहेका व्यक्तिहरुलाई समेत अन्तरवार्ताका लागि बोलाइएको छ । लिखितको योग्यता क्रममा रहेका १२४ जनाको मंगलबार अन्तरवार्ता लिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक बोधराज ओझाले बताए । उनले भने,‘हामीले लिखित…

Read More

पोखरा – कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।

Read More

बाजुरा- बाजुरामा १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको बुढीनन्दा नगरपालिका–६ का २३ वर्षीय वसन्त पाण्डे पक्राउ परेका हुन् । आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएका बेला बालिकालाई जबरजस्ती करणी गर्न खोजेको भनी यही चैत १८ गते जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन परेको थियो । इलाका प्रहरी कार्यालय कोल्टीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आइतबार जिल्ला प्रहरी कार्यालय पठाएको हो । पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Read More

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका–६ बुलगाउँमा पहिलोपटक बस पुग्दा स्थानीयवासीले हर्षबढाइँ गरेका छन् । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको साझेदारीमा मराङको बेँसी–कुम्री–राम्चे–घामताप्ना हुँदै सोमबार पहिलोपटक बुलगाउँमा बस पुगेको हो । पहिलोपटक पुगेको बस, चालक श्रीप्रसाद पुन, सडक निर्माणमा प्रयोग भएको डोजरका चालक पुस्कर खड्कालाई अबिर, फूलमाला लगाएर स्वागत गरेका स्थानीयवासी ईश्वर सुवेदीले जानकारी दिनुभयो । यसैगरी नौमती बाजामा नाचगान गरेर खुसीयाली मनाएका थिए । धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले सडकको उद्घाटन गर्दै बुलमा सडक र विद्युत् पु¥याउने प्रतिबद्धता पूरा भएकामा खुसी व्यक्त गर्नुभयो । वडाध्यक्ष राजाराम सुवेदीले चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु १२ लाख ५० हजार र प्रदेश…

Read More

काठमाडौं- नेपाल प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा ५० फिट गहिरो इनारमा खसेकी महिलाको सकुसल उद्धार गरेको छ । प्रहरीको महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र विपद् व्यवस्थापन महाशाखा सामाखुशीको टोलीले बूढानीलकण्ठ नगरपालिका–३ मित्रचोक बस्ने ४५ वर्षीय पेमा शेर्पालाई चार घण्टापछि सोमबार बेलुका सकुसल उद्धार गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सोमबार दिउँसो २ः३० बाट हराएकी शेर्पाको साँझ ६ः३५ बजे इनारबाट सकुसल उद्धार गरिएको जानकारी दिनुभयो । उद्धार गरिएकी शेर्पा हरि श्रेष्ठको घरमा डेरा बस्दै आएकी थिइन् । “अचेत अवस्थामा रहेकी शेर्पालाई १७ जनाको प्रहरी टोलीले उद्धार गरेको हो, शेर्पाको अहिले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित करुणा अस्पतालमा उपचार भइरहेको…

Read More

बाँके- बाँकेको नरैनापुर गाउँपालिका भएको आगलागीबाट १५ घरगोठ जलेर नष्ट भएका छन् । गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आगलागीबाट १५ वटा घरगोठ र चारवटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट करिब रु १८ लाखको क्षति भएको आङ्कलन गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट मानवीय क्षति नभए पनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुरका नागरिक अगुवा सोहनलाल यादवले बताउनुभयो । गर्मीयाममा नरैनापुरमा हरेक वर्ष आगलागी हुने गरेको…

Read More

काठमाडौं- वर्षाको समयमा खेर जाने बिजुलीलाई छिमेकी बजारमा निर्यात गर्न नेपालले लामो समयदेखि जारी राखेको प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो औपचारिक भारत भ्रमणबाट सार्थक भएको छ । प्रधानमन्त्री देउवाको यस भ्रमणका क्रममा ‘भारत–नेपाल संयुक्त भिजन’ जारी गर्दै ऊर्जा क्षेत्रमा आपसी सहयोगको अभिवृद्धिमा उन्नतस्तरको सहमति भएको हो । यो सहमतिसँगै अब नेपालको बिजुलीको बजार विदेशी छिमेकी बजारमा प्रवेश गर्न पाउनेछ । त्यसैले यो सहमतिलाई नेपालको ऊर्जा क्षेत्रमा भएको ‘ब्रेक थ्रू’ का रुपमा पनि व्याख्या गरेका छन् । यदि कार्यान्वयनमा आउन सक्यो भने यो सहमति हाम्रा लागि सार्क फ्रेमवर्क र बिम्स्टेकको घोषणाभन्दा पनि माथिल्लो स्तरको छ । नेपालले अब बजार केन्द्रित भई…

Read More

महत्तोरी- मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ (बोलिचालीमा चैतीछठ) पर्वको विधि आज मङ्गलबार सुरु भएको छ । चैत शुक्ल चतुर्थी (चौथी)देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज बर्तालुुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दैछन् । पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनितो खाने चलन छ । शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा छठ जनजन परिचालन…

Read More

कञ्चनपुर-भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भारत नेपालको सम्वन्ध रोटी बेटीको रहेको बताएका छन्। अर्थ बिकाश तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेशको संसदीय समितिको टोलीबीच सोमबार भएको भेटघाटमा मुख्यमन्त्री धामीले सो कुरा बताएका हुन्। मुख्यमन्त्री धामीको दहरादुनस्थित आफ्नै निवासमा अर्थ बिकाश तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेशको संसदीय समितिको टोलीबीच भेटघाटका क्रममा मुख्यमन्त्री धामीले नेपाल भारतबीच देखिएको सीमा विवाद मिलाउन संकल्प प्रस्ताव गरेका छन्। मुख्यमन्त्री धामीले यो विशेषताले पुस्ताको आपसी सम्बन्ध र दुई देशको सम्बन्धलाई बलियो बनाउने बताए। टोली र मुख्यमन्त्री धामीबीच शुभकामना आदान प्रदानका साथै सौहार्दपूर्ण भेटघाट भएको टोलीले बताएको छ। अर्थ बिकाश तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेशको…

Read More