कञ्चनपुर-भारत उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले भारत नेपालको सम्वन्ध रोटी बेटीको रहेको बताएका छन्। अर्थ बिकाश तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेशको संसदीय समितिको टोलीबीच सोमबार भएको भेटघाटमा मुख्यमन्त्री धामीले सो कुरा बताएका हुन्।
मुख्यमन्त्री धामीको दहरादुनस्थित आफ्नै निवासमा अर्थ बिकाश तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेशको संसदीय समितिको टोलीबीच भेटघाटका क्रममा मुख्यमन्त्री धामीले नेपाल भारतबीच देखिएको सीमा विवाद मिलाउन संकल्प प्रस्ताव गरेका छन्।
मुख्यमन्त्री धामीले यो विशेषताले पुस्ताको आपसी सम्बन्ध र दुई देशको सम्बन्धलाई बलियो बनाउने बताए। टोली र मुख्यमन्त्री धामीबीच शुभकामना आदान प्रदानका साथै सौहार्दपूर्ण भेटघाट भएको टोलीले बताएको छ।
अर्थ बिकाश तथा प्राकृतिक स्रोत समिति सुदूरपश्चिम प्रदेशको संसदीय समितिका सभापति हर्क बहादुर कुँवर, सदस्य कृष्ण राज सुवेदी,अक्कल बहादुर रावल, भरत बहादुर खड्का,महेश दत्त जोशी, कृष्ण बहादुर चौधरी,प्रेम प्रकाश भट्ट,अम्बी कुमारी थापा लगायतको टोलीको उपस्थिती रहेको थियो।