Author: महेन्द्रनगर पोष्ट

धनगढी: निरन्तरको वर्षाका कारण सडकमाथिबाट खसेको पहिरोले जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । उक्त राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा बन्द भएको हो । यातायात सेवा पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउन जेसिबी पठाइएको भए पनि वर्षा निरन्तर भइरहेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनले भने, ‘पहिरो पन्छाउन जेसिबी पुगिसकेको छ, पानी पर्ने क्रम नरोकिएकाले माथिबाट पहिरो खसिरहेको छ । पहिरो पन्छाउन सकिएको छैन ।’ पानी नरोकिँदासम्म…

Read More

धनगढीः काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरको विमानमा समस्या देखिएको छ। श्री एयरको नोबेम्बर इको विमानमा प्राविधिक समस्या देखिएको हो। स्रोतका अनुसार समस्या आएपछि विमान काठमाण्डौं फिर्ता गएको छ। धनगढी विमानस्थलका लागि उडेको विमान काठमाण्डौमा अवतरण भएको छ। विमानमा के प्राविधिक समस्या देखिएको हो ? भन्ने खुलेको छैन। श्री एयरका अनुसार ७६ जना यात्रुहरुलाई अर्को विमानमा धनगढी ल्याइएको छ। नोबेम्बर शेरा नामक विमानमा यात्रुहरुलाई फेरि श्री एयरलाइनसले धनगढी पठाएको हो। श्री एयरलाइनसका अनुसार ९ बजेर ५० मिनेटमा विमान विमान धनगढी विमानस्थलमा अवतरण हुने छ।

Read More

काठमाडौं: यो वर्ष दार्चुलामा सबैभन्दा बढी डेंंगु संक्रमित फेला परेका छन्। ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले ६ महिनाको अवधिमा डेंगुका ९ सय ३ केस देखिएको जनाएको छ। ईडिसिडीका अनुसार जनवरीदेखि हालसम्म ४७ वटा जिल्लामा डेंगुका केसहरु पाइएका हुन्। तीमध्ये धेरै केस दार्चुलामा देखिएको हो। त्यहाँ डेंगुका १ सय ८७ केसहरु पाइएका छन्। त्यसैगरी धादिङमा ९७, कास्कीमा ६६, सुनसरीमा ४९, म्याग्दीमा ३८, काठमाडौँमा ४३, भक्तपुरमा ३३ र ललितपुरमा १२ वटा केसहरु पाइएका हुन्। यो अवधिमा डेंगुबाट मृत्यु पुष्टि भएको छैन। फाट्टफुट्ट डेंगुका केस देखिए पनि अघिल्लो सालजस्तो नबढेको विभागले बताएको छ। अघिल्लो वर्ष हालसम्मकै बढी ५४ हजार ७८४ जनामा…

Read More

काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई निराश नहुन आग्रह गरेका छन्। आईसीसी एक दिवसीय विश्वकपमा सहभागी हुन नपाए पनि नेपाली टाेलीकाे मिहिनेत कमजाेर नरहेकाे बताउँदै ओलीले एउटा असफलता यात्राकाे अन्त्य नहुने उल्लेख गरेका छन्। हाम्राे यात्रा जारी छ भन्दै ओलीले नेपाली क्रिकेट टाेलीलाई स्वदेश फर्केपछि सँगै खाना खानेगरी भेट्ने प्रस्ताव पनि गरेका छन्। ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो मैले नेपाली टिम र नेदरल्यान्ड्सबीचको खेल लाइभ हेरेँ। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तै पनि हेरेँ । आईसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ। मिहिनेत जननी हो भने परिणाम शीशु। कहिलेकाहीँ मिहिनेतका…

Read More

काठमाडौं: हिजो एकैदिन दाङ र बाग्लुङमा चट्याङ लागेर चार जनाको ज्यान गएको छ। चट्याङ लागेर दङ्गीशरण गाउँपालिका–६ बागरका ३२ वर्षीय समिर केसी र दङ्गीशरण गाउँपालिका–३ चखौराका ३७  वर्षीय रामनारायण चौधरी (वीरेन्द्र) को ज्यान गएको हो । दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। यस्तै, बाग्लुङको ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ पर्दा ६ वर्षीय छोरा दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको ज्यान गएको हो। चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते हुनुभएकाे जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए। मौसमविद्का अनुसार प्रि–मनसुनमा चट्याङ…

Read More

धनगढी: कैलालीको धनगढीबाट लागुऔधषसहित युवायुवती पक्राउ परेका छन्। शनिबार साँझ धनगढी उपमहानगरपालिका–२ मिलन चोकमा सोही ठाउँका २७ वर्षीय बिष्णु विष्ट र १९ वर्षिया आस्मा श्रेष्ठको कोठामा शङ्का लागेर खानतलासी गर्दा उनीहरुको साथबाट शुद्ध तौल १ सय मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले दुबैजनालाई नियन्त्रणमा लिएको हो।

Read More

धनगढीः कञ्चनपुरबाट आगुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका वडा नमबर १० भुडाबाट दुई जना पक्राउ परेका हुन्।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ का राजकुमार रोकायासहितका दुई जना पक्राउ परेका हुन्। उनीहरुलाई शनिवार साँझ सुपप्र ०४००१ प ०१०६ नम्बरको मोटरसाइकल र १९ ग्राम ९ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बेलडाँडीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

Read More

बैतडी: डडेल्धुराको भागेश्वर गाउँपालिका ३ लामीकाँडेकी ३६ वर्षीया गीतादेवी मल्ल मृत्यु प्रकरणमा झण्डै दुई वर्षपछि एकजनालाई पक्राउ परेका छन्। प्रहरीले मेलौली नगरपालिकाका ४४ वर्षीय गोरख दयाललाई प्रहरीले पक्राउ गरेको हो। उनलाई यही असार ३ गते पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।  २०७८ साल साउन ८ गते गीता मृत अवस्थामा फेला परेकी थिइन्बै।तडीको मेलौली नगरपालिका ५ सेरी माइती घर आउँदै गरेकी गीता मृत अवस्थामा फेला परेपछि प्रहरीले सो घटनाको अनुसन्धान गरीरहेको थियो। गीताको शव मेलौली नगरपालिका ७ ल्वाथलीमा फेला परेको थियो।  गीताको शव आफूले फालेको दयालले प्रहरी समक्ष बयान दिएका छन्। तर, उनको मृत्युको कारण भने अझै खुल्न नसकेको जिल्ला प्रहरी…

Read More

काठमाडौँ: हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ। अहिले बिहान लुम्बिनी, कर्णाली गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी पाँच प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ। राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…

Read More