Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : विशेष अदालत काठमाडौँले सडक निर्माणको ठेक्का हात पार्ने प्रयोजनका लागि गलत लिखतका आधार बैंक ग्यारेन्टी राख्ने कार्यमा संलग्न राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन म्यानेजरसहित ४ जना भ्रष्टाचारी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले उनीहरूलाई दोषी ठहर गर्ने सजाय आइतबार सुनाएको हो । विशेषले तीनवटा ठेकेदार कम्पनी र राष्ट्रिय वाणिज्य बैंकका म्यानेजर रामजनक चौधरीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । सोनापुर सिमेन्ट फ्याक्ट्री जाने सडक निर्माणको ठेक्का पाएको तीनवटा कम्पनीले बैंक ग्यारेन्टी राख्न क्रममा गलत लिखत तयार पारी बैंक ग्यारेन्टी राखेको र उक्त गलत लिखतमा वाणिज्य बैंक जुम्लाका…

Read More

काठमाडौँ : जम्मु–कस्मिरको रियासीमा भक्तजन बोकेको बसमा आइतबार साँझ आतंककारीले आक्रमण गरेका छन्। घटनामा १० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिइरहेका बेला रियासी जिल्लाको कांडा क्षेत्रमा यो आतंकवादी हमला भएको हो। रियासी एसएसपी मोहिता शर्माले प्रारम्भिक रिपोर्टका अनुसार शिव खोडीबाट कटरा जाँदै गरेको बसमा आतंककारीहरूले गोली हानेका हुन्। जसका कारण चालक घाइते भए र बस खाल्डोमा खस्यो। दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको र ३३ जना घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसमा सवार अन्य यात्रुको उद्धार गरिएको मोहिता शर्माले बताए। यात्रुहरुको पहिचान हुन सकेको छैन। अधिकांश भक्त…

Read More

महेन्द्रनगर : भारतको उद्यमसिंह नगरस्थित नानकमत्तामा कञ्चनपुरका दुई जना मृत भेटिएका छन्। भारतीय प्रहरीका अनुसार महेन्द्रनगरका २२ वर्षीय सागर र एक जना थप मृत भेटिएका हुन्। त्यहाँ १८ वर्षीय नीखिल र १९ वर्षीय सोहन पनि थिए। भारतीय प्रहरीका अनुसार उनीहरु तीनै जनालाई एम्बुलेन्सले अस्पताल पुर्याएको थियो। तर अस्पतालमा २ जनाको मृत्यु भएको हो। उनीहरू सडक दुर्घटनामा परेको बताइएको छ।

Read More

धनगढी : राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रादेशिक समिति धनगढी कैलालीद्वारा आयोजित प्रशिक्षण, भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेयको प्रमुख आतिथ्य र प्रदेश समिती अध्यक्ष राजेन्द्र बिष्टको सभापतित्व रहेको थियो। कार्यक्रमका विशेष अतिथिहरुमा राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक प्रबन्धक राजेन्द्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष बद्री तिमिल्सिना, उपाध्यक्ष इश्वर उप्रेती, महासचिव रबिन्द्र चौलागाईं, सचिव कृष्ण लम्साल, कोषाध्यक्ष ऋषि ज्ञवाली, केन्द्रिय सल्लाहकार सदस्य प्रतिभा भण्डारी, र केन्द्रिय सदस्य नारायण कुवँर तथा बेद बस्तोला रहेका थिए। यस्तै कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक सुदूरपश्चिम प्रदेशका उप प्रमुख कर्ण देब जोशी विशेष अतिथि रहेका थिए। कार्यक्रममा विभिन्न शाखा…

Read More

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार आगामी कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका उनले आइतबार राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष शपथ लिएका हुन् । शपथ समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखलाई पनि निमन्त्रणा गरिएको छ । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि शपथ समारोहमा सहभागी भएका छन् । मोदीसँगै उनको मन्त्रिपरिषदका सदस्यहरुले पनि शपथ लिएका छन् ।

Read More

काठमाडौं : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ भने सहायक हवल्दार गम्भीर घाइते भएका छन् । जिल्लाको फिक्कल गाउँपालिका ५ झगरेबेसीमा आइतबार दिउँसो प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रवीन्द्र कुमार ठाकुरको मृत्यु भएको हो । उनको घर धनुषाको कमला नगरपालिका-९ हो । उनी प्रहरी चौकी रत्नावतीमा इन्चार्जको रुपमा कार्यरत थिए । यस्तै भिमाद नगरपालिका-७ तनहुँ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरिक्षक ठाकुरले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ…

Read More

काठमाडौं : थुनामा रहेको व्यक्ति छुटाई दिन्छु भन्दै ४५ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । चैत्र २९ गते जुवा तथा सट्टेबाजी सम्बन्धी कसूर मुद्धामा काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट पक्राउ परी थुनामा रहेका सञ्जय कुमार साहलाई छुटाई दिन्छु भनी उनको आफन्तसँग ४५ लाख ठगी गरेको आरोेपमा सर्लाही घर भई हाल धापाखेल बस्ने ४५ बर्षीय मुन्ना सिंह भन्ने सुजित कुमार सिंह पक्राउ परेका छन् । सिंहलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयबाट खटिएको टोलीले शुक्रबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो । उनलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक जना घाइते भएका छन्। जिल्लाको जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका एक कर्मचारी शनिवार करेन्ट लागेर घाइते भएका हुन्। उनलाई एसटी पोल मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो। घाइते हुनेमा परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेका छन्। उनको धनगढी स्थित केजी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Read More

काठमाडौं : पत्रकारका विभिन्न संघ संगठनले सदस्यता विवाद देखाएर पत्रकार महासंघले निर्वाचनलाई अन्योलतर्फ धकेलेको बताएका छन् । प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, जनपत्रकार संगठन, क्रान्तिकारी प्रेस संगठन र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति जारी गर्दै महासंघको निर्वाचन तोकिएको समयमा सम्पन्न गरी वैधानिकता जोगाउन ४ बुँदे मागसमेत पेस गरेका छन् । निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा महासंघको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेसँगै महासंघलाई अमूक संगठनको छाया संस्थामा परिणत गर्न चाहेको प्रमाणित भएको यी ६ संगठनको ठहर छ । सुर्खेत साधारणसभाबाट महासंघलाई वास्तविक पत्रकारको संस्थाको रूपमा विकास गर्ने उद्देश्यका साथ शुद्धीकरण समिति गठन गरी १५ बुँदे शुद्धीकरण…

Read More

धनगढी : उद्योग वाणिज्य तथा आपुर्तीमन्त्री दामोदर भण्डारीले सरकार, बन्द भएका उद्योगहरु सञ्चालन गरेर रोजगारीका अवसरहरु सिर्जना गर्नमा लागेको बताएका छन । सुदूरपश्चिम स्तरीय श्रमाधान तथा रोजगार मेलाको आईतबार धनगढीमा उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन । ‘यसअघिका मन्त्रीहरुले नेपालमा बन्द भएका उद्योगहरु अब सञ्चालनमा ल्याउन नसकिने भन्दै प्रतिवेदन बनाएर राखेका रहेछन, मैले मन्त्रालयमा उद्योगहरुको अवस्था बुझ्ने क्रममा त्यस्तो पाए, तर बर्तमान सरकार बन्द भएका उद्योगहरु सञ्चालन गरेर त्यसबाट रोजगारीको सिर्जना गर्ने तयारीमा छ’ मन्त्री भण्डारीले भने । उनले कच्चा पदार्थ नपाएर बन्द भएका उद्योगहरु फेरि सञ्चालनमा ल्याईने बताए । ‘केही राम्रा राम्रा उद्योगहरु कच्चा पदार्थ नपाएर बन्द भएका…

Read More