धनगढी : राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रादेशिक समिति धनगढी कैलालीद्वारा आयोजित प्रशिक्षण, भेटघाट तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष लक्ष्मी पाण्डेयको प्रमुख आतिथ्य र प्रदेश समिती अध्यक्ष राजेन्द्र बिष्टको सभापतित्व रहेको थियो।
कार्यक्रमका विशेष अतिथिहरुमा राष्ट्रिय बाणिज्य बैंक प्रादेशिक प्रबन्धक राजेन्द्र आचार्य, संघका वरिष्ठ उपाध्यक्ष बद्री तिमिल्सिना, उपाध्यक्ष इश्वर उप्रेती, महासचिव रबिन्द्र चौलागाईं, सचिव कृष्ण लम्साल, कोषाध्यक्ष ऋषि ज्ञवाली, केन्द्रिय सल्लाहकार सदस्य प्रतिभा भण्डारी, र केन्द्रिय सदस्य नारायण कुवँर तथा बेद बस्तोला रहेका थिए।
यस्तै कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक सुदूरपश्चिम प्रदेशका उप प्रमुख कर्ण देब जोशी विशेष अतिथि रहेका थिए।
कार्यक्रममा विभिन्न शाखा कार्यालयका शाखा प्रबन्धकहरु, पुर्ब कर्मचारी तथा संघका क्षेत्रीय पदाधिकारीहरुको उपस्थिति पनि रहेको थियो।
कार्यक्रमको संचालन मङ्गल राज अवस्थिले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश सह इन्चार्ज नारायण कुवँरले दिएका थिए।
कार्यक्रममा बक्ताहरुले बैंकको श्रीवृद्धिमा सबै कर्मचारीको भूमिका, कर्मचारी संघको जिम्मेवारी र योगदानका साथै आगामी दिनमा संघले कर्मचारीको हकहित तथा बैंकको संस्थागत विकासका लागि गर्नु पर्ने नेतृत्वदायी भूमिकाका बारेमा चर्चा गरेका थिए।
कार्यक्रममा ८० जनाको सहभागिता थियो।