Author: महेन्द्रनगर पोष्ट

धनगढीः लागूऔषध सेवन गरिरहेका बेला धनगढीका ३ युवक पक्राउ परेका छन्। लागूऔषध सेवन गरिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–७ बस्ने ३३ वर्षीय भुवन बम, धनगढी उपमहानगरपालिका–१५ का २४ वर्षीय नविन चौधरी र २९ वर्षीय बलभुत राना पक्राउ परेका हुन्। प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–७ बेलीबाट तीनै जनालाई लागूऔषध सेवन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ। साथै उनीहरुको साथबाट १८० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)समेत फेला परेको प्रहरीले जनाएको छ। 

Read More

धनगढी : सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत अवस्थामा भेटिएका छन् । अस्पतालको टिकट काउन्टरको अगाडि बेन्चमा सुतेको अवस्थामा नामरथर नखुलेको अन्दाजी ४४ वर्षीय पुरुष शक्रवार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ४ बजे नै खोलिएका छन् । पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोरक्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ । अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान साढे ९ बजेदेखि साढे ११ सम्म खुला गरिँदै आएको थियो । यसअघि महाशिवरात्रि,…

Read More

काठमाडौं : आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको रोमाञ्चक खेलमा नेपाल पराजित भएको छ। शनिबार बिहान सम्पन्न खेलमा नेपालले एक रनले पराजित भएको हो। योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ। सुपर एटमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह डी मा चार खेलबाट आठ अंक जोड्यो। नेपालले तीन खेलबाट एक अंक जोड्यो। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो।  दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा आठ रन चाहिएको थियो। ओटनिल बार्टम्यान आफ्नो ओभरको सुरुआती दुई बल डट राखेका थिए। तेस्रो बलमा गुल्शनकुमार झालाई चौका…

Read More

काठमाडौँ : टी–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो । टोलीका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे । कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे ।  क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे…

Read More

काठमाडौं : आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पाचौं सफलता मिलेको छ। नेपालका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले महत्वपुर्ण विकेट तीन लिएका हुन्। उनले ओपनर रिजा हेनड्रिकलाई ४३ रनमा पेभेलियनको बाटो देखाए। भने डेभिड मिलरलाई १७.३ओभरमा आउट गरे । यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए। वेस्ट इण्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १६ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ। कुशलले १४ औँ ओभरको दोस्रो बलमा ३ रन बनाएका हेनरिक क्लासेनलाई करण…

Read More

काठमाडौं : आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ।  नेपालका ओपनर कुशल भुर्तेलले १२ औ ओभरको दोस्रो बलमा कप्तान एडेन मक्रमलाई १० रन बनाउँदा बोल्ड आउट गर्दै पेभेलियनको बाटो देखाए। भने तेह्रौं ओभरको दोस्रो बलमा करनले क्याच लिए । त्यसअघि अलराउण्ड दीपेन्द्र सिंह ऐरीले चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए।  

Read More

काठमाडौं : आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ।  नेपालका अलराउन्ड् दिपेन्द्र सिंह ऐरिले दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी ककलाई कट एण्ड बोल्ड गर्दै पेभेलियनको बाटो देखाए। डी ककले १० रन बनाउँदा आउट भए।  वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले चौथो ओभरको खेल जारी रहँदा १ विकेटको क्षतिमा २२ रन बनाएर खेलिरहेको छ।

Read More

काठमाडौँ : आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । खेल आर्नोस भेल स्टेडियममा नेपाली समय अनुसार, विहान ०५ः१५ बजे सुरु हुनेछ । 

Read More

धनगढी : डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन्। जिल्लाको परशुराम नगरपालिका–४ कटालका २० जनाभन्दा बढी स्थानीय एकैसाथ बिरामी परेका हुन्। जोगबुडा अस्पतालका सूचना अधिकारी जयबहादुर धामीका अनुसार (हिजो) बिहीबार गाउँमा रोपाइँ गर्न गएका मानिसहरूले खाना खाँदा सबै बिरामी परेका हुन्। रोपाइँमा गएका सबैजसो मानिसलाई झाडापखला र वान्ता हुने समस्या देखा परेको उनले बताए। जोगबुडा अस्पतालमा अहिले २० जनाभन्दा बढी मानिस उपचार गराइरहेका छन् भने ७ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको सूचना अधिकारी धामीले जानकारी दिए। उनका अनुसार फुड पोइजनबाट यस्तो समस्या देखापरेको जस्तो देखिएता पनि ल्याव टेस्टबाट मात्र रोगको पहिचान हुनेछ।

Read More