Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रहरी परिसर काठमाडौंले ब्राउन सुगरसहित दुईजना प्रहरी पक्राउ गरेको छ। स्रोतका अनुसार जिप्रका दाङ दरबन्दी भई प्रहरी निरीक्षणालय काठमाडौं काजमा रहेका कलिम बेहना र कालिमाटी वृत्तमा कार्यरत रमेश खटिकलाई काठमाडौं प्रहरी परिसरको टोलीले समातेको हो। उनीहरू यही मंसिर १० गते करिब चार ग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्। तर अहिले घटना गुपचुप राखिएको छ। उनीहरू दुवैजना नेपाल प्रहरीका सहायक हवल्दार हुन्। खटिकलाई ब्राउनसुगर बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको थियो। उनले बयानको क्रममा कलिमले आफूलाई बेच्न लगाएको बताएपछि कलिम पनि पक्राउ परेका हुन्। उनीहरू दुवैजना प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। दुवैजनाको मोबाइल जफत गरेर उनीहरूमाथि अनुसन्धान थालिएको प्रहरी स्रोत बताउँछ। पक्राउ…

Read More

धनगढी: नेकपा (एमाले)का पूर्वउपाध्यक्ष भीमबहादुर रावलले ‘केन्द्रको ओलीशैली’ तल्लो तहकै कमिटीसम्म फैलिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले सुदूरपश्चिम प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका आफूनिकट सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने काम भइरहेको जनाएका छन्। रावलले फेसबुकमा लेखेका छन्— ‘एमालेको जबज, परम्परा र संवैधानिक हक विपरीत कुनै बैठक र छलफल नगरी पदको दुरूपयोग गर्दै सुप प्रदेश कमिटी, अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौँ।’

Read More

काठमाडौं: नेपाल प्रहरीमा दुई डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृहकार्य थालिएको छ। केही दिनमै दुई डीआईजीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न लागिएको हो। स्रोतका अनुसार बढुवा सिफारिस समितिको बैठकले डिआइजीद्वय बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई बढुवा सिफारिस गर्ने तयारी छ।तर शक्तिकेन्द्रको चलखेलबाट डीआईजी केदार प्रसाद ढकालले पनि बढुवाका लागि कसरत गरिरहेका छन्। गुरुङ हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् भने चन्द कोशी प्रदेश प्रहरी कार्यालको प्रमुख छन्। यस्तै हेडक्वाटरको प्रवन्ध महाशाखा हेर्ने ढकाल भने ‘जन्मजात कांग्रेस’ भनेर चिनिन्छ्न्। यस्तै एसएसपीबाट डीआईजीमा पनि बढुवाको तयारी थालिएकोमा २० प्रहरी उपरीक्षक (एसपी)को पनि प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवाको तयारी जारी छ।…

Read More

धनगढी: बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते् भएका छन्। सोमबार बिहान जयपृथ्वी नगरपालिका– ११ स्थित खानेपानी ट्‌यङ्की नजिक तलकोटबाट सदरमुकामतर्फ आइरहेको बा१८च ५१४९ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटना हुँदा जिपमा सवार ७ जनामध्ये चारजना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार घाइते हुनेमा तलकोट गाउँपालिका–१ बस्ने वर्ष ५६ का बिरबहादुर बम्म, वर्ष ४५ की धन लक्ष्मी देवी बम्म, जयपृथ्वी नगरपालिका– ११ बस्ने वर्ष २५ की विद्या बोहरा र वर्ष १७ का शंकर धामी रहेका छन्। उनीहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ भने चालक तलकोट गाउँपालिका– १ बस्ने २३ वर्षीय नबिनबोहरा प्रहरीको नियन्त्रणमा छन्।

Read More

धनगढी: कञ्चनपुर लालझाडी गाउँपालिकाको बिनबारीमा सुरक्षा चुनौती थपिएको भन्दै प्रहरी पोस्ट स्थापनाको माग गरिएको छ। स्थानीय रमेश बडायक र उनकी श्रीमती कमला बडायकको हत्या भएको चार दिनसम्म पनि घटनामा संलग्नहरूको पहिचान हुन सकेको छैन। बिहीबार राति घरमा सुतेकै अवस्थामा दुबै जनालाई धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो। शनिबार घटनास्थलमा पुगेका प्रतिनिधि सभा सदस्य तारालामा तामाङसहितको टोलीले उक्त क्षेत्रमा सुरक्षा निकाय पुग्न नसकेको भन्दै तत्काल प्रहरी बिट स्थापना गर्नु पर्ने बताएका छन्।केही वर्ष पहिले पनि लालझाडीमा एक जनाको हत्या भएको थियो। अझैसम्म पनि त्यो घटनामा संलग्नहरू पक्राउ पर्न सकेका छैनन्। स्थानीयले दम्पती हत्याको विषयमा प्रहरीले गम्भीर अनुसन्धान गरि तत्काल दोषि…

Read More

दाङ: बलात्कार आरोपमा पक्राउ परेका एकजना सशस्त्र प्रहरी हिरासतमै मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही स्थित वडा प्रहरी कार्यालयको नियन्त्रणमा रहेका उनले हिरासतमै आत्महत्या गरेका हुन्। वडा प्रहरी कार्यालयको शौचालय भित्र उनले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। सोमवार बिहान आफुले लगाएको कपडाले घाटीमा पासो लगाएका थिए। गत असोज २४ मा भलुबाङका १४ र ८ बर्षिया दुई बालिकालाई बलात्कार गरेको आरोपमा भालुबाङ स्थित शस्त्र प्रहरी बल ज्वाला माइगणका दुई सशस्त्र प्रहरीलाई नियन्त्रणमा लिइएको थियो।

Read More

धनगढीः कैलालीको गेटामा चिकित्सा शिक्षाको अध्यापन र ६ सय शय्याको अस्पताल सञ्चालनका लागि ६ अर्ब बढीका संरचना तयार छन्। तर, त्यहाँ ५० शय्याको अस्पताल मात्रै सञ्चालनमा छ। मेडिकल शिक्षाको अध्यापन हुने कहिलेबाट निश्चित छैन। सुरुमा मेडिकल कलेज सञ्चालन गर्ने भनिए पनि पछि प्रतिष्ठानको संरचनामा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो। तर पछि प्रतिष्ठान पनि बेठीक हुने भन्दै मेडिकल विश्वविद्यालय स्थापनाको माग चर्को गरी उठेको थियो । ०७९ माघ २९ मा मन्त्रिपरिषद्ले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन छ। २०८० असोज १९ मा…

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट नौं लाख बढीको सामान बरामद गरिएको छ। आइतबार कैलाली जिल्लाको ििभन्न स्थानबाट तीन लाख ७० हजार र कञ्चनपुरका विभिन्न स्थानबाट ५ लाख ६३ हजार बढीको सामान बरामद गरिएको हो। भारतबाट भन्सार छलेर ल्याइएका प्याज, चिनी, गुड, बदाम, बिडी, सुर्ती, गुटखा, आलु, मोबाइलका कभर, ग्लास, स्विटर, थर्मोकोट, गन्जी, उनीकोट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ। सबै सामान बेबारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। भन्सार छलेर सामान ल्याउने भने कोही पक्राउ परेका छैनन्। यस्तै कञ्चनपुरका विभिन्न स्थानबाट प्याज, चिनी, दाल, खानेतेल, मिठाई, पेय पदार्थ, बिडी, सुर्ती, सुटपिस, हार्डवेयर,…

Read More

कञ्चनपुर: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ। महेन्द्रनगरमा रहेको शाखा कार्यालय, बेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा डिपो राखेर धान खरिद गरिने भएको हो। “स्थानीय तहको समन्वयमा बेदकोट र शुक्लाफाँटामा स्थान निर्धारण गरी धान खरिद गर्ने तयारी गरेका छौँ”, कार्यालय प्रमुख सुदर्शन थापाले भने, “सोमबारदेखि धान खरिद प्रक्रिया सुरु गर्छौं ।” जिल्ला प्राथमिक खरिद समन्वय समितिको बैठक राखेर धान खरिदका लागि छिट्टै निर्णय गरिने उनले बताए। धेरै वर्षपछि कम्पनीले शाखा कार्यालय बाहिर डिपो राखेर धान खरिद गर्न लागेको छ । डिपो राख्नका लागि कम्पनीको प्रदेशस्थित कार्यालयको टोलीले स्थलगत अध्ययन–अनुगमनको…

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले ऐश्वर्य विद्या निकेतनका नाममा पत्र काट्दै स्पष्टीकरण सोधेको छ। धनगढी–५ हसनपुरमा रहेको सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित ऐश्वर्य विद्या निकेतनमा सीमित व्यक्तिको हालीमुहाली भएको गुनासो आएपछि उपमहानगरले विषयवस्तु स्पष्ट पार्न पत्र लेखेको हो। उपमहानगरपालिकाले पाँच बुँदामा पत्र लेख्दै तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको छ। पत्रमा नृपबहादुर वड विद्यायल सञ्चालक समितिको अध्यक्ष हुने आधार र योग्यताबारे स्पष्ट पार्न निर्देशन दिइएको छ। वड अघिल्लो कार्यकालमा विद्यालय सञ्चालक समितिको अध्यक्ष हुँदा नगर शिक्षा ऐन र संघीय शिक्षा ऐनले स्पष्ट गरेको काम कर्तव्य र अधिकार पालना गर्न गराउन चुकेको विषय पत्रमा उल्लेख छ। सञ्चालक समितिले विद्यालयको चल÷अचल सम्पत्तिको सुरक्षा गर्नुपर्ने दायित्व…

Read More