Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आगामी मङ्गलबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दै विसं २०८१ साल जेठ १ गते मङ्गलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारीसहित संसद्का सदस्यको उपस्थिति आह्वान गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले उक्त दिन संयुक्त बैठक आह्वान गर्नुभएको हो। मङ्गलबार आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारको छ। “सम्माननीय राष्ट्रपतिबाट नेपाल सरकार, नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम मिति २०८१ साल जेठ १ गते मङ्गलबार ३ बजे सङ्घीय संसद्को दुवै…

Read More

इन्डियन प्रिमियर लिग (आईपीएल) मा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्समाथि जित निकालेको छ । नरेन्द्र मोदी स्टेडियम, अहमदाबादमा ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनले शतक प्रहार गरेको खेलमा गुजरातले चेन्नईलाई ३५ रनले पराजित गरेको हो । २३२ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १९६ रनमै समेटियो । चेन्नईका लागि डेरिल मिचेलले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै, मोइन अलीले ५६, महेन्द्रसिंह धोनीले २६, शिवम दुबेले २१ र रवीन्द्र जडेजाले १८ रनको योगदान दिँदा कप्तान रुतुराज गायकवाड शून्य रनमै पवेलियन फर्किएका थिए । गुजरातका मोहित शर्माले ३, रासिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले…

Read More

बाँके: बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द गरिएको छ । भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा ३१ वैशाखमा हुने लोकसभा निर्वाचनका लागि सीमा नाका शुक्रबार बेलुकादेखि तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको जानकारी दिए । नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने पनि उनले बताए । निर्वाचनलाई लक्षित गरेर दुई देशका सीमा क्षेत्रमा मदिराको बेचविखन र सेवनमा समेत रोक लगाइएको छ ।

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठ्माडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर गर्ने निणर्य नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासमा मुख्यमन्त्री अधिकारीले दीर्घकालिन असर गर्न निणर्य नगर्न आदेश दिएको हो । यस आदेशसँगै तत्काललाई गण्डकी सरकार कायम रहेको छ । सर्वोच्चले आगामी जेठ ८ गते पेशी तोक्दै अग्राधिकार दिने समेत फैसला गरेको छ । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेश सभामा घोषणा गरेपछि कांग्रेसले वैशाख २५ गते सर्वोच्चमा रिट दिएको थियो । सोही रिटमा सुनुवाई गर्दै सर्वोच्चले दीर्घकालिन असर…

Read More

धनगढीः बैतडी जिल्ला अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्। चिकित्सक र स्वास्थ्यकर्मीहरू अतिरिक्त काम गरेको र जोखिम भत्ता नपाएको भन्दै आन्दोलित भएका हुन्। बैतडी जिल्ला अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सार्वजनिक विदाको दिन काम गरेको, कार्यालय समयभन्दा बाहेक समयमा काम गरेको तथा जोखिमयुक्त काम गरेको अतिरिक्त पारिश्रमिक नपाएका हुन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले बजेट नदिँदा कर्मचारीहरूले नियमानुसार पाउनुपर्ने सुविधा नपाएको भन्दै आन्दोलित हुनु परेको बताएका छन्। अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले बुधवार विज्ञप्ति निकाल्दै सार्वजनिक विदामा काम गरे बापतको रकम र जोखिम भत्ता नपाए अस्पतालबाट प्रदान गरिने सेवा बन्द गर्ने चेतावनी दिएका छन्। आइवार अर्थात ९६ घण्टाभित्र माग सम्बोधन नभए…

Read More

काठमाडौं : अवतरण गर्न लागेको कतार एयरलाइन्स नजिक हेलिकप्टर लगेर जोखिम निम्त्याउने हेलिकप्टरका पाइलटलाई नेपाल नागरिक उड्डयन प्राधिरकणले कारबाही गरेको छ । १८ वैशाखमा अवतरण गर्नै लागेको कतार एयरलाइन्सनको विमान नजिकै हेलिकप्टर पुर्याएका सिम्रिक एयरका पाइलट रानेश डंगोललाई हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले कडा कारबाही गर्ने भएको हो । प्राधिकरणले सोही दिन (१८ वैशाख)देखि नै हेलिकप्टर उडाउन रोक लगाएको (ग्राउण्डेड) हेलिकप्टरका पाइलटलाई ६ महिनासम्म ग्राउण्डेड गर्ने भएको छ। प्राधिकरणको एक अध्ययन समितिले डंगोलले लापरवाही गरेको र हवाई उड्डयनमा ठूलो जोखिम निम्तनसक्ने गरी हेलिकप्टर उडाएको भन्दै कारबाही गर्न प्राधिकरणका महानिर्देशकसमक्ष सिफारिश गरेको छ । प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयबाट…

Read More

धनगढी : अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा नेपाली सेनाले मलामीका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ। नेपाली सेनाको अछामस्थित गोरख बक्स गणले अछाम र दैलेखको सिमानामा रहेको बेलखेतमा निर्माण गरेको मलामी विश्राम घर एक समारोहबीच नगरपालिकालाई हस्तान्तरण गरेको छ। नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत आवश्यकताको पहिचान गरि मलामी विश्राम घर निर्माण गरिएको गोरख बक्स गणका गणपति जनक सिलवालले जानकारी दिए। मलामी विश्राम घरसँगै पक्की पर्खाल, आधुनिक शौचालय र पिपल चौतारी निर्माणमा नेपाली सेनाको ७ लाख ५० हजार रुपैयाँ र नगरपालिकाले निर्माण सामाग्री सहयोग गरेका छन्। उक्त आयोजनाबाट ६ वडा र पञ्चदेवल विनायकका ४ वडाका नागरिक लाभान्वित हुने…

Read More

काठमाडौं : नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले अपराध गर्ने कसैलाइ प्रहरीले संरक्षण नगर्ने स्पष्ट पारेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गरेको शैलेश्वर शिवपाञ्चायन मन्दिर, अमर प्रहरी उद्यान र ईलाइबेरीको एक साथ समुद्धाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानिरिक्षक कुँवरले व्यबसायिक शुन्य सहनशिलताका साथ काम गर्न निर्देशन दिदै अपराध गर्ने जोकोहीलाई पनि प्रहरीले संरक्षण नगर्ने बताएका हुन् । उनले संगठनमा केही आशलाग्दा व्यक्तिहरु समेत रहेको भन्दै उनीहरुको सिको सिकेर सकल दर्जाका प्रहरीलाइ अघि बढ्न आग्रह गर्नु भयो । संगठनलाई व्यवसायिक, मर्यादित र जनमुखि बनाएर काम गर्नुपर्ने समेत उनले निर्देशन दिए । महानिरिक्षक कुँवरले प्रहरीले आफनो आचरण, बोली ब्यबहारलाई संगठनको मर्यादा…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानरपालिका–५ घर भएका ३७ वर्षीय विजयकुमार लिम्बु रहेका छन्। लिम्बुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिलगंगाबाट ५० ग्राम अवैध सुनसहित पक्राउ गरेको हो । उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । ब्रासलेट र औठी आकारमा ल्याएको ५० ग्राम बराबरको सुन उनीबाट बरामद भएको छ । पक्राउ परेका लिम्बुलाई कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

Read More