काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । आज नै बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा ‘विनियोजन विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, भन्सार महसुल विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीमा ट्याक्टरले ट्याक्टरलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको छ। कैलालीको चुरे गाउँपालिका–३ भक्तपुर स्थित बिपिनगर सडकखण्डमा सहजपुरबाट बिपिनगर तर्फ जादै गरेको ट्याक्टरले ओभर टेक गर्ने क्रममा भे २ त १५१६ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा मंगलवार दुर्घटना भएको हो। ट्याक्टर चालक डोटीको जोराईल गाउँपालिका–४ का २० वर्षीय हेमन्त रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
काठमाडौँ: टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो । झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए । खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । भुर्तेल…
काठमाडौँ: टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो सफलता हात पारेको छ। अविनाश बोहराले नेपाललाई चौथो सफलता दिलाएका हुन्। कप्तान स्कट एडवर्ड ५ रन बनाएर आउट भए। नेदरल्यान्ड्सले १५.२ ओभरमा ८० रन बनाएको छ। पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
धनगढी: नेपालले अमेरिकामा टी २० विश्वकप खेलिरहँदा धनगढीको पार्कमोडमा चर्को भिडभाड छ। धनगढी उपमहानगरका मेयर गोपाल हमालले ठूलो स्क्रिनमा खेल हेर्ने व्यवस्था मिलाएकाले धनगढीबासी त्यहाँ झुम्मिएका हुन्। पार्कमोडमा रंगशालाकै जस्तो माहोल छ।
धनगढी : नेपाललाई नेदरल्यान्ड्सविरुद्ध दोस्रो सफलता मिलेको छ । दिपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सका तेस्रो क्रमका ब्याट्सम्यान विक्रमजित सिंहलाई एलबीडब्लु आउट गरे । आउट हुनुअघि सिंहले २९ बलमा २३ रन बनाएका थिए । दोस्रो विकेटसँगै नेदरल्यान्ड्स केही दवावमा आएको छ ।
काठमाडौं : सोमपाल कामीले नेपाललाई पहिलो सफलता दिलाएका छन्। सोमपालले माइकल लेविटलाई शून्य रनमै बोल्ड गरेका हुन्।
धनगढी : टी-२० विश्वकपमा नेदरल्यान्ड्सविरुद्ध नेपालले खराब ब्याटिङ गर्यो । डालासस्थित प्राइरी ग्रान्ड स्टेडियममा खचाखच नेपाली समर्थकलाई निराश तुल्याउँदै नेपाली टीम १०६ रनमा अलआउट भएको छ । ७ हजार २ सय सिट क्षमताको रंगशालामा आज नेपाली समर्थकको एकछत्र राज थियो । नेदरल्यान्ड्सका समर्थक न्यून संख्यामा उपस्थित छन् । पहिलो इनिङपछि प्रतिक्रिया दिँदै नेदरल्यान्ड्सका बलर लोगान भान बिकले नेपाली दर्शकको चर्चा गरे । उनले भने, ‘मलाई कन्फ्यूज्ड भयो कि म नेपालमा खेलिरहेको छु या डालासमा ।’ खेलमा उनले तीन विकेट लिएका थिए । १०७ रनको स्कोर आफूहरुले सहजै रक्षा गर्न सक्ने उनको भनाइ थियो । बिकले थपे, ‘हामी सकारात्मक रुपमा ब्याटिङ…
धनगढी : डडेल्धुरामा जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भागेश्वर गाउँपालिका–४ आर्कुडाका ४२ वर्षीय लालसिंह भाट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। सोही ठाउँका ५६ वर्षीय कल्याण कामीलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा भाटलाई सोमबार पक्राउ गरिएको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए। कामी भागेश्वर गाउँपालिका योजना शाखामा सव ओभरसियर हुन्। शनिबार राति भाटले पटक–पटक फोन गरेर जातीय रूपमा गालीगलौज गरेको कामीले प्रहरीमा दर्ता गराएको जाहेरीमा उल्लेख छ। ‘पक्राउ परेका भाटले पहिले पनि गालीगलौज गर्ने र भेदभावपूर्ण ढंगले नै बोल्ने रहेछन्,’ सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक थापाले भने, ‘अस्ति पनि गालीगलौज गरेछन्। हिजो…
धनगढी : आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई १०७ रनको लक्ष्य दिएको छ । डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए ।