काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५०० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला १ लाख ४२ हजार ७ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि घटेको छ । चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १८२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं : सशस्त्र प्रहरी बलको नयाँ ऐनको मस्यौदा गृह मन्त्रालयमा पुगेको छ । ऐनको मस्यौदामा उच्च पदाधिकारीको पदावधि घटाउने, ३० वर्षे सेवाहद हटाई उमेरहद बढाउने तथा १६ वर्षमै निवृत्तिभरण सुविधा दिनेलगायतका प्रावधान छ । केही दिनअघि गृहमा बुझाइएको ‘सशस्त्र प्रहरी बल, नेपालसम्बन्धी बनेको विधेयक २०८१’ मा सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि तीन वर्षमा झार्ने प्रस्ताव छ । हालको ऐनमा चार वर्षको प्रावधान छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आफ्नै पदावधि एक वर्ष घटाउने प्रस्तावसहितको ऐनको मस्यौदा अघि बढाएका हुन् । विधेयकमा एआइजीको चार, डिआइजीको पाँच, एसएसपीको ६ तथा एसपीको आठ जोड दुई वर्ष पदावधि राखिएको छ । ३० वर्षे सेवाहदको प्रावधान हटाएर अवकाशको उमेरहद भने बढाइएको…
काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उहाँले आज विश्वासको मत लिन लागेका हुन । पछिल्लोपटक सत्ता गठबन्धन मध्येका एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए ।
काठमाडौँ : भारतको लोकसभाको निर्वाचनको अन्तिम परिणाम आएको छ । मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठुलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यस पटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ । भाजपा आफु एक्लै बहुमतबाट चुकेपनि उसको नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ । एनडीएले कुल २९३ सिटमा जित हासिल गरेको छ । जसमा प्रमुख रुपमा भाजपा पछि तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु…
धनगढी : दार्चुलाबाट धनगढी आउदै गरेको बोलेरो जिप डोटीको जोरायलमा दुर्घटना भएको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ ज १४८९ नम्बरको जिप आज बिहान ४:३० बजेको समयमा जोरायल गाउँपालिका-१ खडिनामा दुर्घटना भएको हो । दुर्घटना १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुमा बैतडी डिलासैनी-५ का चालक बासुदेव नाथ, दार्चुला लेकम-६ का जगत धामी, सोही ठाउँका हरिष पार्की र उनकी श्रीमती भावना ओड पार्की रहेका छन् । उनकी ३ वर्षीय छोरी रितिका पार्कीको भने मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा बैतडी डिलासैनी-६ का अर्जुन…
काठमाडौं : आज विश्व वातावरण दिवस मनाइँदै छ। ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासहित देशव्यापी रूपमा दिवस मनाइँदै छ। दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका छन्। उनले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई कसरी रोक्ने भनेर आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिएका छन्। पर्यावरण प्रति विश्व जगतमा सचेतना जगाउने उद्देश्य अनुरुप संयुक्त राष्ट्रसंघको आव्हानमा सन १९७३ देखि प्रत्येक वर्ष ५ जूनमा विश्व वातावरण दिवस मनाइन्छ।
काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । आज नै बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री वर्षमान पुनले दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा ‘विनियोजन विधेयक, २०८१’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ भने अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’, भन्सार महसुल विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ…
धनगढीः कैलालीमा ट्याक्टरले ट्याक्टरलाई ओभर टेक गर्ने क्रममा दुर्घटना भएको छ। कैलालीको चुरे गाउँपालिका–३ भक्तपुर स्थित बिपिनगर सडकखण्डमा सहजपुरबाट बिपिनगर तर्फ जादै गरेको ट्याक्टरले ओभर टेक गर्ने क्रममा भे २ त १५१६ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा मंगलवार दुर्घटना भएको हो। ट्याक्टर चालक डोटीको जोराईल गाउँपालिका–४ का २० वर्षीय हेमन्त रावलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
काठमाडौँ: टी–२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पछ्याएको हो । झिनो लक्ष्य प्रस्तुत गरेको नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सबै विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका हिर्काए । खेलमा खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो । भुर्तेल…
काठमाडौँ: टी–२० विश्वकपमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो सफलता हात पारेको छ। अविनाश बोहराले नेपाललाई चौथो सफलता दिलाएका हुन्। कप्तान स्कट एडवर्ड ५ रन बनाएर आउट भए। नेदरल्यान्ड्सले १५.२ ओभरमा ८० रन बनाएको छ। पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सको सामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ।