काठमाडौं : नेपाली सेनाले सुरक्षित बासस्थानका रुपमा प्रयोग गरेको बंकर विस्थापित गर्न सरकारले १ अर्ब ५० करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमा बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका हुन्। नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाइने अर्थमन्त्री पुनले बताए। रक्षा मन्त्रालयलाई कुल ५९ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाएको उनले उल्लेख गरेका छन् । नेपाली सेनाले आर्थिक वर्ष २०६६/०६७ बाट १० वर्षे परियोजना अनुसार, बंकरलाई विस्थापित गर्ने अभियान चलाएको थियो ।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका छन्। संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पुनले प्रस्तुत गरेको बजेट चालुतर्फ ११ खर्ब ६६ करोड अर्थात् ६१ दशमलव ३१ तथा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात् १८ दशमलव ९४ प्रतिशत छ। यसैगरी, व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब बजेट उल्लेख गरिएको छ। संघीय सरकारले सार्वजनिक गरेको बजेटमा सुदूरपश्चिमलाई भने उपेक्षा गरिएको छ। केही पुराना योजनाबाहेक नयाँ योजना बजेटमा समावेश गरिएको छैन। संघीय अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा महाकाली सिँचाई आयोजना तेस्रो चरणको मुल नहर…
काठमाडौं : सरकारले विद्युतीय गाडीमा कर बढाएको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको आर्थिक विधेयकमा ईभीको कर बढाएका हुन् । सरकारले ईभीको अन्तःशुल्क र भन्सार दरमा परिवर्तन गरेको छ । १० सिटयुक्त ईभीमा अनएसेम्बल्ड र अन्यमा १० प्रतिशतबाट १५ प्रतिशत भन्सार पुर्याइएको छ । सोही प्रकारका ईभीमा अन्तःशुल्क पनि अनएसेम्बल्ड र अन्य दुवै प्रकारमा ५ प्रतिशत लगाउने भएको छ । यसमा यसअघि अन्तःशुल्क लगाइएको थिएन । ५० किलोवाटसम्मको मोटर भएका ईभीमा पनि भन्सार बढाइएको छ भने अन्तःशुल्क लगाइने छ । उक्त मोटर क्षमता भएको ईभीमा १० प्रतिशत रहेको भन्सार महसुल १५ प्रतिशत पुर्याइएको छ । ५० देखि…
काठमाडौं : सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइने बताए । काठमाडौं उपत्यकाका ४४ वटा चोकहरुमा ट्राफिक लाइन जडान गरिने सरकारले घोषणा गरेको छ । मुलुकमा शान्ति सुरक्षा तथा अमनचैन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गराइने तथा अध्यागमन प्रणाली ‘डिजिटलाइज’ गरी अत्याधुनिक बनाइने बजेट वक्तव्यमा उल्लेख छ । अनलाइनमार्फत ई–भिसाका लागि आवेदन दिन सक्न प्रणाली लागू गरिने तथा…
काठमाडौं : सरकारले सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गर्ने भएको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यवसायिक बनाइने बताए। मुलुकमा शान्ति सुरक्षा तथा अमनचयन कायम गर्दै जनतामा सुरक्षाको प्रत्याभूति गराइनेछ तथा अध्यागमन प्रणाली ‘डिजिटलाइज’ गरी अत्याधुनिक बनाइने बजेट वक्तव्यमा उल्लेख छ। अनलाइनमार्फत ई–भिसाका लागि आवेदन दिन सक्न प्रणाली लागू गरिनेछ तथा कारागारलाई सुधारगृहकारुपमा विकास गरिने उनले जानकारी दिए।
काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेका छन्। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको कुल बजेट विनियोजन गरेका हुन्। संघीय प्रतिनिधि र राष्ट्रियसभाको संयुक्त बैठकमा मंगलबार उक्त बजेट प्रस्तुत गर्दै उनले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत बजेट विनियोजन गरेको जानकारी दिए। त्यसैगरी उनले वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात् १९.७४ प्रतिशत बजेट छुट्याएका छन्। बजट-मसयद-२०८१-जठ-१५-गत-11_finalDownload
काठमाडौँ : सहकारीमा पाँच लाखसम्मको बचत गरेका बचतकर्ताको रकम फिर्ता हुने भएको छ। आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले समस्याग्रस्त सहकारीमा रहेको बचतकर्ताको ५ लाखसम्मको बचत फिर्ता गरिने बताएका हुन्। बजेटमा समस्याग्रस्त भएर सञ्चालक भागेका सहकारीहरुका बचतकर्तालाई सञ्चालकको बापतको सम्पती विक्री गरेर बचत फिर्ता गर्ने व्यवस्था गरिएको हो। पाँच लाख भन्दा माथिको बचतलाई भने बजेटले समेटेको छैन। यस्तै, सहकारी क्षेत्रमा देखिएको समस्यालाई न्युनिकरण गर्न सहकारी ऐनमा संसोधन गर्ने तथा बचत छुट्टै नियमनकारी निकायको स्थापना गर्ने घोषणा गरिएको छ। यो सँगै अगामी वर्षबाट बचत तथा ऋण सहकारी संस्थालाई गाभेर सञ्चालनमा ल्याइने समेत व्यवस्था गरिएको छ।
काठमाडौं : नागरिकता कीर्तेसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । जनकपुरधामको काब्या अस्पतालमा शुक्रबार उपचारका लागि भर्ना भएका उनलाई डा.एसके सिंह र डा.पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि काठमाडौं पठाइएको हो । सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । उनलाई ललितपुरमा रहेको मेडिसिटी अस्पताल लगिने धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले ज्येष्ठ ८ गते मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम पुर्याइएको थियो । धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३/३ दिनको म्याद थपेको छ । दोस्रो पटक म्याद थपेकै दिन…
धनगढीः लक्ष्मी कत्था उद्योग प्रालिका सञ्चालकको निधन भएको छ। लक्ष्मी कत्था उद्योग प्रालि गेटा कैलालीका सञ्चालक कैलाश चन्द जैनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
कञ्चनपुरः कञ्चनपुरमा दुइ पुरुष मृत अवस्थामा फेला परेका छन्।सोमबार कञ्चनपुरको भिमदत्त नगरपालिका–८ तिलाचौर घर भइ हाल भिमदत्त नगरपालिका –९ ब्रमदेब ससुराको घरमा बस्दै आएका अन्दाजी ४० वर्षीय सिद्द ओड ट्याक्टरको ट्राली मुनि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यसै गरि कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ चौवन्नी खल्लाका नाम,थर, नखुलेका अन्दाजी ३० वर्षका कोमोदी भनि चिनिने भारतिय नागरिक बेहोस अवस्थामा फेला परेका थिए। बेहोस अवस्थामा फेला परेका कोमोदीलाइ इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीको एम्बुलेन्समा राखि प्राथमिक स्वास्थ्य केन्द्र बेलडाँडीमा लगेकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाछ।