Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। संसदमा प्रमुख प्रतिपक्षी कांग्रेसले निरन्तर अवरोध गरिरहेको अवस्थामा पौडेल र दाहालबीच भेट भएको हो। भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए।

Read More

काठमाडौं : सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुधबार राति सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर)उनी मृता वस्थामा भेटिएका थिए। मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधारशिविरबाट दोस्रो शिविरतर्फ गएका थिए । उनी २० मे का दिन तेस्रो शिविर पुगेका थिए । २१ मेका दिन चौथो शिविर पुगेका उहाँहरु २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लाग्नुभएको थियो । आरोही र सहयोगी सगरमाथा नजिकै पुगे पनि आरोहण गरे नगरेको यकिन नभएको…

Read More

काठमाडौ : प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १९ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। शुक्रबार सूचना जारी गरी कार्यालयले दुई महिनाभन्दा बढी समयदेखि आफूखुशी गैरहाजिर रहेका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीहरूलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनेको हो। कार्यालयले उनीहरूको खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत ती प्रहरी कर्मचारीहरू सम्पर्कमा नआएका जनाएको छ। बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी दिइएको छ। सूची हेर्नुस् :

Read More

काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ। शुक्रबार सूचना प्रकाशित गरी विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो। विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो। दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ। सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड र परिचरका लागि तोकिएको स्थानहरुमा उपस्थित भई आवेदन दिनुपर्नेछ। सहायक सूचक र सुरक्षागार्डका लागि लागि तीन सय रूपैयाँ र परिचर पदका लागि २ सय रूपैयाँ दरखास्त शुल्क बुझाउनुपर्नेछ। यस्तो छ सूचनाः

Read More

काठमाडौं : सहकारी ठगि प्रकरणको छानबिन गर्न गठन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ। बैठक बिहान साढे ८ बजे सिंहदरवारस्थित कानून मन्त्रालयमा बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। हिजो निष्कर्षविहीन भएको बैठक आजका लागि बोलाइएको हो। आजको बैठक अन्तिम भएको बर्तौलाको भनाइ छ। आज सहमति गर्ने भनिएको छ। कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको बर्तौलाको भनाइ । त्यस्तै रास्वपाका कार्यदल सदस्य शिशिर खनालले बिहीबारको बैठकमा कांग्रेस लचक भएको आफुले बुझेको बताउदै थप छलफल गरेर बैठक आज बस्ने सहमती भएको जानकारी दिए। त्यस्तै अर्का…

Read More

काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ । जसमध्ये आज नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची समेत रहेको छ ।  सचिवालयले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् । त्यसैगरी…

Read More

धनगढी : नेपालस्थित अमेरिकी दूतावासले नेपालका चर्चित क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएपछि एमाले नेता भीम रावलले सरकारलाई प्रश्न गरेका छन् । रावलले देशका अब्बल खेलाडीको सहभागिताका लागि कूटनीतिक प्रयास गर्नु सरकारको कर्तव्य भएको भन्दै सरकारले गरिरहेको प्रयासको बिषयमा प्रश्न गरेका हुन। उनले सरकारले सार्वजनिक रूपमा स्पष्ट गर्ला कि ? भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् । अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकप टी २० क्रिकेट प्रतियोगितामा जान भिसा लिन दूतावास पुगेका सन्दीपले भिसा पाएका थिएनन् । यसैलाई लिएर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अमेरिकी दूतावासको सामाजिक सञ्जालमा व्यापक आलोचना गरेका छन् । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकामा हुने क्रिकेट खेलमा भाग लिन…

Read More

धनगढी : बझाङमा काफलको रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–७ को ठुलीखाली जंगलमा बुङ्गल नगरपालिका–१० डौडकी ४५ वर्षीय प्रमा बागको रुखबाट लडेर मृत्यु भएको हो। उनको बिहिवार दिउँसो घटना स्थलमा नै मृत्यु भएको बझाङ प्रहरीका सूचना अधिकारी व्यापक चन्द्र शाहले बताए। स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी देउलेखबाट प्रहरी हल्दार बासुदेव तेलीसहितका तीन जनाको टोली घटना स्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय, बझाङबाट प्रहरी निरीक्षक व्यापक चन्द शाहसहितको टोलीसमेत घटनास्थल तिर गएको छ। घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

Read More

धनगढी : कैलालीको अत्तरियाबाट यौन धन्दामा संलग्न होटल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् । आज (बिहिबार) साँझ गोदावरी नगरपालिका-२ अत्तरियाको बदनाम गल्लीस्थित डोटी दिपायल होटलबाट प्रहरीले यौन धन्दामा संलग्न दुई युवक र एक युवतीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई यौन धन्दामा सक्रिय रहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

Read More

धनगढी : कञ्चनपुरमा रहेको एक मदिरा फ्याक्ट्रीमा आगलागी भएको छ।  जिल्लाको बेलौरी नगरपालिका–१० मा रहेको अमृत डिस्लरी मदिरा फ्याक्ट्रीमा बुधवार राति विद्युत सर्ट भई आगलागी भएको हो। आगलागीबाट करिब ४० लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै कञ्चनपुरमा गएराती एक कपास उद्योेगमा पनि आगलागी भएको थियो।

Read More