Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी बाटुली धामीको शव आफन्तले बुझेका छन्। बझाङकी ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मंगलबार बिहान ५ बजेको समयमा मृत्यु भएको थियो। अस्पताल स्रोतका अनुसार भर्खर आफन्तले धामी शव बुझेका हुन्। उपचारमा चिकित्सकको लापरबाही नभएको र अपरेसनपछि रगत अत्यधिक बग्दै गएकाले उनको मृत्यु भएको अस्पतालको दाबी छ। यस्तै सोही प्रकरणले अस्पतालमा आज तनाव भएकोमा आफन्त र अस्पतालबीच सहमति भएपछि शव बुझिएको छ। अस्पतालले मृतकको उपचार खर्चसमेत मिनाहा गर्ने र मृतकका सन्तानलाई निशुल्क उपचार गरिदिने सहमति गरेको बताइएको छ। उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका थिए। अस्पतालमा तनाव भएपछि प्रहरी…

Read More

काठमाडौं : वेस्ट इन्डिजले नेपालमा हुने टी-२० शृङ्खलाका लागि वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा गरेको छ । नेपालविरुद्धको प्रदर्शनका आधारमा १५ सदस्यीय टोलीबाट विश्वकपमा स्थान बनाउन सक्ने वेस्ट इन्डिजले स्पष्ट पारेको छ । नेपाल खेल्न आउने वेस्ट इन्डिज ‘ए’ टोलीमा अन्तर्राष्ट्रिय अनुभव प्राप्त खेलाडी छन् । १२ जनाले वेस्ट इन्डिजबाट खेलिसकेका छन् । मार्क देयाल, जोसुवा बिसप र कदिम अलायनले मात्र सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्न बाँकी छ । कप्तान रोस्टन चेजले वेस्ट इन्डिजका लागि ४९ टेस्ट र ४२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले ११ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । ३२ वर्षीय चेजले अन्तिम पटक गत अक्टोबरमा वेस्ट…

Read More

डडेल्धुरा : डडेल्धुरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो । दुर्घटनामा अमरगढी नगरपालिका वडा नम्बर ७ का केशव भट्टराईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोशन) घाइते भएका छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । डडेल्धुरा अस्पतालका डाक्टर नविन खड्काका अनुसार घाइतेको अवस्था पनि गम्भीर छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । मृतक भट्टराई पूर्व वडा अध्यक्ष पनि हुन् । अघिल्लो…

Read More

धनगढी : डडेल्धुरामा कार दुर्घटना भएको छ । मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से १ ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । अमरगढी–७ कै केशव भट्टराई र रोशन भट्टराई घाइते भएको बताइएको छ । दुवैको उद्दवार गरि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

Read More

काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि चेन्नईमा शुरु हुनेछ । चेन्नई तालिकाको चौथो र लखनउ पाँचौँ स्थानमा छ । यो सिजन चेन्नई र लखनउले अहिलेसम्म ७ खेलमा समान ४ जित हासिल ८ अङ्क जोडेका छन् । साविक विजेता चेन्नई आईपीएल क्रिकेटमा सबैभन्दा सफल टोलीमध्येको एक हो । गए राति भएको खेलमा मुम्बईलाई ९ विकेटले हराएको राजस्थान आठ खेलमा १४ अङ्कसहित शीर्षस्थानमा यथावत् छ ।

Read More

काठमाडौं : स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ। सोमबार तोलामा रु एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ। यस्तै, तेजाबी सुन सोमबार तोलामा रु एक लाख ३७ हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार आठ सय ५० निर्धारण भएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आज तोलामा रु ४५ ले गिरावट भएको छ। सोमबार प्रतितोला रु एक हजार सात सय…

Read More

काठमाडौँ : कतारी आमिर शेख तमिम बिन हमाद अल थानीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी अशोक सिग्देलको कमान्डमा हुने भएको छ। उनी नेपाली सेनाका प्रधानसेनापतिपछिका सर्वोच्च अधिकारी हुन्। मंगलबारदेखि हुने दुई दिने भ्रमणमा आमिर शेखको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो। सेनाको कमान्ड र समन्वयमा चारवटै सुरक्षा निकाय परिचालन हुनेछन्। अति विशिष्ट पाहुनाको सुरक्षाका लागि योजना तयार गरेर कार्यन्वयनमा ल्याइएको सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले बताए। आमिरको सुरक्षामा नेपाली सेनाका दोस्रो वरीयताका विशिष्ट अधिकृतलाई नै जिम्मा दिइएको हो। आमिरको भित्री सुरक्षा घेरामा नेपाली सेनाको विशेष टोली हुनेछ। उनी हिँड्ने सडकदेखि हरेक भेटघाट र कार्यक्रमस्थलको सुरक्षा पनि नेपाली सेनाले…

Read More

काठमाडौ : मलेसियामा दुई सैनिक हेलिकप्टर  एक आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।  ९०औं सैनिक दिवस मनाउन अभ्यासरत दुई सैन्य विमान ठोक्किँएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन्। रोयल मलेसियन नेभी परेडका क्रममा एउटा हेलिकप्टर अर्को हेलिकप्टरको पङ्खामा ठोक्किएपछि दुवै हेलिकप्टर जमिनमा खसेका थिए। एउटा हेलिकप्टरमा सात जना र अर्कोमा तीन जना सवार थिए। हेलिकप्टरमा सवार दश जनाकै ज्यान गएको रक्षा मन्त्रालयले जनाएको छ।  सरकारले दुर्घटनाग्रस्त दुई नौसेना हेलिकप्टरको कारण पत्ता लगाउन एक छानबिन बोर्ड गठन गर्ने जनाएको छ। रक्षा मन्त्री दातुक सेरी मोहम्मद खालेद नोर्डिनले दुर्घटनाको कारण पत्ता लगाउन बोर्ड गठन गरिने जानकारी दिए। दुर्घटनाग्रस्त एक हेलिकप्टर स्विमिङ पुलमा दुर्घटनाग्रस्त भयो र…

Read More

धनगढी : इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल नै गायब भएको छ। वरिष्ठ सई पूर्ण बिसीले बोकेको अटोमेटिक पेस्तोल (सर्विस रिवल्वर) सोमबार रातिदेखि गायब भएको हो। वरिष्ठ सई बिसी सोमबार रातिमा गस्ती गएको र सोही क्रममा उनले बोकेको गोली लोड अवस्थाको पेस्तोल हराएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराले १० वटा गोली लोड रहेको पेस्तोल हराएको घटनाको पुष्टि गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Read More

धनगढी : धनगढीको मायामेट्रो अस्पतालमा एक बिरामीको मृत्यु भएको छ। आज (मंगलबार) बिहान ५ बजेको समयमा अस्पतालमा उपचाररत एक महिला बिरामीको मृत्यु भएको हो। सुरक्षा स्रोतका अनुसार बझाङकी ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मृत्यु भएको हो। पाठेघरको समस्या देखिएर १० गते अस्पताल भर्ना भएकी उनको अपरेसनपछि मृत्यु भएको बताइएको छ। उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। यस्तै अहिले अस्पताल तनाव भएपछि प्रहरी परिचालन गरिएको छ।

Read More