धनगढी : धनगढीको मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी बाटुली धामीको शव आफन्तले बुझेका छन्। बझाङकी ४२ वर्षीया बाटुली धामीको उपचारका क्रममा मंगलबार बिहान ५ बजेको समयमा मृत्यु भएको थियो।
अस्पताल स्रोतका अनुसार भर्खर आफन्तले धामी शव बुझेका हुन्। उपचारमा चिकित्सकको लापरबाही नभएको र अपरेसनपछि रगत अत्यधिक बग्दै गएकाले उनको मृत्यु भएको अस्पतालको दाबी छ।
यस्तै सोही प्रकरणले अस्पतालमा आज तनाव भएकोमा आफन्त र अस्पतालबीच सहमति भएपछि शव बुझिएको छ।
अस्पतालले मृतकको उपचार खर्चसमेत मिनाहा गर्ने र मृतकका सन्तानलाई निशुल्क उपचार गरिदिने सहमति गरेको बताइएको छ।
उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका थिए। अस्पतालमा तनाव भएपछि प्रहरी परिचालन समेत गरिएको थियो।
अहिले शवलाई पोस्टमार्टमका लागि सेती अस्पतालमा पठाइएको छ।
Facebook Comments Box