Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशभर अभियान चलाउने भएको छ। आज (शनिबार) धनगढीमा बसेको पार्टीको बैठकले प्रदेशभर अभियान चलाउने निर्णय गरेको हो। पार्टीका सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेका ओम विक्रम भाट (सरल) ले नेकपाको ७५ औं स्थापना दिवस एवं हिरक महोत्सव र भ्लादिमिर लेनिनको १०० औं स्मृति शतवार्षिकीको अवसरमा २ महिने अभियान चलाउने निर्णय गरिएको जानकारी दिए। उनका अनुसार नेकपा माओवादी सुदूरपश्चिमले २ महिने जन-संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्नेछ। सो अभियान वैशाख १० गतेबाट सुरु हुने बताइएको छ। यस्तै आजको बैठकले माओवादीभित्र रहेको असन्तुष्टि अन्त्य गरिएकोसमेत जनाइएको छ। आजको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सुदूरपश्चिम…

Read More

काठमाडौँ : शनिबार दिउँसो कीर्तिपुर नगरपालिकामा पर्ने चोभार डाँडास्थित जंगलमा लागेको आगो निभाउन गएको दमकल पल्टिँदा ३ सशस्त्र प्रहरी र ३ नगर प्रहरी घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कीर्तिपुर नगरपालिका-६, चोभार गेटस्थित जंगलमा भएको आगलागी निभाउने क्रममा काठमाडौँ महानगरपालिकाको दमकल आज दिउँसो १ बजेतिर दुर्घटनामा परेको हो। आगो निभाउन गएको दमकल पल्टिँदा रामेछापको मन्थली नगरपालिका ७ घर भई २१ नं. गण ललितपुर दक्षिणकालीमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार ३३ वर्षीय शंकर माझी, दोलाखाको मेलुङ गाउँपािलका ६ घर भई २१ नं.गण भक्तपुर दुवाकोटमा कार्यरत सशस्त्र प्रहरी हवल्दार वर्ष ३६ का शंकर श्रेष्ठ, दोलखाको बध्याश्‍वर गाउँपालिका-१ घर भई ९…

Read More

काठमाडौँ : एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो । नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले ६ विकेटको क्षतिमा पछ्यायो । हङकङका लागि अन्सुमन राथले सर्वाधिक ६५ रन बनाए । त्यस्तै, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए । नेपालका लागि सोमपालका कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।…

Read More

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनाको तुलमा गत वर्ष गरिएको गणनामा बाघको संख्या बढेको हो । वन्यजन्तु सप्ताहको अवसर पारेर शुक्रबार गणनाको नतिजा सार्वजनिक गरिएको हो । निकुञ्ज कार्यालयले फागुन ५ देखि २२ गतेसम्म क्यामेरा ट्रयापिंङ बिधिबाट गरिएको गणना अनुसार २४ भाले र १७ पोथी तथा विश्लेषणका आधार थप ३ गरेर बाघको संख्या ४४ पुगेको जनाएको छ । दुई वर्षअघि गरिएको राष्ट्रिय गणनामा शुक्लाफाँटामा बाघको संख्या ३६ थियो । ३ सय ५ वर्गकिलोमिटर क्षेत्रमा रहेको निकुञ्जलाई २÷२ किलोमिटरका ९२ ग्रिड बनाएर हरेक ग्रिडमा एकजोडी स्वचालित क्यामेरा राखिएको थियो । १५ दिनसम्म…

Read More

धनगढी : कैलालीका सीमा क्षेत्रहरुमा आपराधिक क्रियाकलाप बढन थालेपछि सशस्त्र प्रहरीले पैदल गस्ती सुरु गरेको छ । प्रदेशको राजधानी रहेको कैलालीका सीमा क्षेत्रमा ७ दिनको पैदल गस्ती सुरुवात गरिएको हो । सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्ला कैलालीको भारतसँग १०१ किलोमिटर लामो खुला सीमाना छ । धनगढी उपमहानरपालिकाको वडा नम्बर २ देखि टीकापुर नगरपालिकाको श्रीलंका टापुसम्मको १०१ किलोमिटर लामो सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्पेशल टोली सहितको पैदल गस्ती सुरु गरेको हो । गस्ती टोलीले सीमामा हुने अपराध, त्यसबाट बच्ने उपाय, लागुपदार्थको ओसारपसार र त्यसले नेपाली युवाहरुलाई पार्ने प्रभाव, दैबी प्रकोप र त्यसबाट बच्ने उपायका बारेमा सर्वसाधारणसँग अन्तक्रिर्या गर्नेछ । ‘हामीले सीमामा…

Read More

कञ्चनपुर : मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि अस्पतालले पर्याप्त जनशक्ति र स्वास्थ्य उपकरण अभावका कारण बिरामी ‘रिफर’ गर्नुपर्ने बाध्यता रहेको छ । विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको कञ्चनपुरको महेन्द्रनगरस्थित प्रादेशिक अस्पताल २०३१ मा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल ९रेफरल सेन्टर०का रुपमा परिणत भएको थियो । महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यहाँ स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र १० तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी भएको जानकारी दिए । ‘यहाँ २०…

Read More

काठमाडौं : नेकपा एमालेले ५ लाखभन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य निर्धारण गरेको छ । ललितपुरको गोदाबरीमा शनिबार सुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०८४ को निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने उल्लेख छ । त्यसका लागि बलियो पार्टी निर्माण पूर्वर्शत भएको उनले बताएका छन् । ‘हाम्रो पार्टी बाहिर पनि राष्ट्रिय शक्तिका पक्षधर छन्, तर तिनीहरु बलिया, प्रभावकारी वा अगुवाई गर्न सक्ने भूमिकामा छैनन्’, उनले भनेका छन्, ‘बलियो एमालेको नेतृत्वमा मात्र तिनीहरुलाई राष्ट्र निर्माणका काममा गोलबद्ध गर्न सकिन्छ ।’ बलियो पार्टी निर्माणका लागि हरेक जिल्ला र पालिका तहमा कुल मतदाताको…

Read More

काठमाडौं : एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि जारी खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको हो। दीपेन्द्रसिंहले अन्तिम ओभरमा २० रन प्रहार गरेसँगै नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको हो । नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले मात्र २९ बलमा सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए ।…

Read More

धनगढी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका सञ्चालनमा आएको छ। भारतमा भएको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै बन्द गरिएको सीमानाका सञ्चालनमा आएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। वैशाख ७ गते उत्तराखण्ड राज्यमा हुने लोकसभा सामान्य निर्वाचन भएको थियो। उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ६ बजेदेखि वैशाख ७ गते निर्वाचन नसकिदा सम्मका लागि झुलाघाट नाका बन्द गरिएको थियो।

Read More

काठमाडौँ : काठमाडौँ कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल पल्टिएको हो। दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ। प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको पुष्टि गर्दै महानगरपालिकाकै दमकल भएको जानकारी दिएको छ। प्रहरीका अनुसार घटना दिउँसो १ बजेको घटना हो। स्थानीयको खबरपछि चोभार जंगलमा लागेको आगो निभाउन काठमाडौँ महानगरपालिकाका चारवटा दमकल गएका थिए। त्यस क्रममा एउटा दमकल दुर्घटनामा परेको हो। घाइतेहरूको विवरण आउन बाँकी छ।

Read More