Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : साबिक विजेता नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरिएको छ । शुक्रवार भएको खेलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । हारसँगै नेपालले आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने सम्भावना पनि समाप्त भएको छ । अल अमारतमा टस हारेको नेपालले पहिला ब्याटिङको जिम्मा पाएको थियो। अधिकांश नेपाली ब्याट्सम्यानले बिर्सनलायक प्रदर्शन गरे। नेपालले केवल एक सय २० रनको लक्ष्य दियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो। नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सन्दीप जोराले सर्वाधिक ५० रन जोडे। गुल्सन झाले २० र करन केसीले १७ रन बनाए। इनिङ्सको…

Read More

काठमाडौं : आगो निभाउने क्रममा जलेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्याङ्जाको बिरूवा गाउँपालिका–७ कुमेरदुङ कि ७४ वर्षीया रेउसरी गुरूङ र दाङको लमही नगरपालिका–९ तरूलिया बस्ने ७० वर्षीय वीरबहादुर बोटे छन् । आफ्नो बारीमा कोदोको बीउ राख्नलाई पातपतिंगर जलाउने क्रममा आगो जंगलमा सल्कन गई निभाउने क्रममा जलेर रेउसरीको घटनास्थलमै मृत्यु भएको हो ।त्यसैगरी आफ्नै घर र कच्ची गोठ आगलागी हुँदा घरभित्र रहेको सामान निकाल्न जाँदा जलेर बीरबहादुरको मृत्यु भएको हो । आगलागीबाट घर, गोठ पूर्णरूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही ठाउँ बस्ने जित बहादुर बोटेको कच्ची घर र कच्ची…

Read More

काठमाडौं : ओमनमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड मा युएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् । नेपाल समूह ए को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा यूएईले ३ खेलमा जित र एक खेलमा हार बेहोरेको छ । प्रतियोगिताको विजेता टोलीले २०२५ मा हुने एसिया कप खेल्न पाउनेछ ।

Read More

धनगढी : सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री भएको २४ घण्टा नबित्दै दीर्घ सोडारी अल्पमतमा परेका छन । नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएपछि नेकपा एकीकृत(समाजवादी) का तर्फबाट बिहीवार साँझ मुख्यमन्त्रीको सपथ लिएका सोडारी अल्पमतमा परेका हुन् । प्रदेश सभा सदस्य थापाले आफूमाथि धोका भएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको र मन्त्री नहुने बताएकी हुन् । मन्त्रालय फुटाउने कुराको आफू बिरोधी भएको र मन्त्रालयहरु फुटाएर सोडारीले प्रदेशलाई अनावश्यक भार थप्न खोजेको उनको आरोप छ । प्रदेश प्रमुख मियाँले नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्य कैलाश चौधरी र टीका थापाको समर्थनमा सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।…

Read More

बाजुराः बाजुरामा दुई बालिका कर्णाली नदीमा बगेर बेपत्ता भएका छन्। बिहीवार दिउँसो सोही ठाउँको नुनेपानी स्थित कर्णाली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका हुन्। जिल्लाको जगन्नाथ गाउँपालिका–२ बस्केना बस्ने नन्दबहादुर शाहको छोरी १५ वर्षीया सोबिना शाह र सोही ठाँउ बस्ने भुपेन्द्र शाहीको छोरी १३ वर्षीया सन्जु कुमारी शाही बेपत्ता भएको प्रहरीले जनाएको छ । सोबिना र सन्जु सहित ५ जना बालिका नुहाउने क्रममा नदीमा बगेकोमा तीन जना बालिकाको सकुशल उद्दार गरिएको छ ।नदीमा बगेर बेपत्ता भएका दुई बालिकाहरुको खोजतलास गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।प्रहरी चौकी कुन्ना बाजुराबाट प्रहरी टोली खटिई दुबै बालिकाको खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सँग विपिन जोशीको परिवारले भेट गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा हमासको कब्जामा रहेका जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा प्रधानमन्त्रीसँग जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि अनुरोध गरेकोे छ। आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे।

Read More

काठमाडौं : सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए । उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लगिएको छ ।

Read More

आज मिति २०८० साल वैशाख ७ गते शुक्रबार तदअनुसार अप्रिल १८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको एकादशी तिथी, । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ,…

Read More

काठमाडौं : भारतको विभिन्न प्रान्तमा आजदेखि लोकसभा निर्वाचन सुरु भएको छ । लोकसभा चुनावको पहिलो चरण २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान हुँदैछ । मतगणना असार ४ गते हुनेछ । पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड पश्चिम बंगाल, अण्डमान र निकोबार टापुहरू सहित राज्य र केन्द्र शासित प्रदेशहरू जम्मू कश्मीर, लक्षद्वीप र पुडुचेरीमा मतदान हुँदैछ। निर्वाचनको प्रतिस्पधामा होमिएका दल र उम्मेदवारले आफ्नो पक्षमा जीत हासिल गर्न अनेक मेहनत गरिरहेका छन् भने निर्वाचन व्यवस्थापनसम्न्धी निकायले सुरक्षा र अन्य व्यवस्थापकीय तयारी जारी राखेको…

Read More

काठमाडौं : नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याह्न ११ः४५ मा अलअमरेत क्रिकेट ग्राउन्ड १ मा सुरु हुनेछ । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् । नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो । युएईले कुवेतलाई ७ विकेट, बहराइनलाई…

Read More