काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड सँग विपिन जोशीको परिवारले भेट गरेको छ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा हमासको कब्जामा रहेका जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन्। भेटमा प्रधानमन्त्रीसँग जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि अनुरोध गरेकोे छ।
आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गरे।
Facebook Comments Box