Author: महेन्द्रनगर पोष्ट

धनगढीः सुदूरपश्चिम प्रदेशका ४ जिल्ला विश्व बैंकको लगानी रोजाईमा परेका छन्। छनोटमा परेका ४ जिल्लामा पाँच वर्षे कार्यक्रम लागु हुनेछ। संघीय सरकारमार्फत प्रदेश र स्थानीय तहका सडक बनाउन र मर्मत गर्न पाँच वर्षे कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रदेश र स्थानीय तहका सडकहरूको आवधिक मर्मत, नियमित मर्मत, स्तरोन्नति र नयाँ सडक समेत बनाइने भएको छ। विश्व बैंकको सहयोगमा प्रदेश र स्थानीय तहमा पाँचवर्षे सडक सुधार कार्यक्रम सञ्चालन गरिने भएको हो। प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) अन्तर्गत विश्व बैंकको र नेपाल सरकारको १६ अर्ब ६४ करोडको लागतमा कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशमा उक्त कार्यक्रम लागू गरिनेछ। कार्यक्रम सञ्चालन गर्न सहरी विकासमन्त्री…

Read More

काठमाडौं: नेपाल प्रहरीभित्र बदनामको उपमा पाएकी निलम्बित एवं फरार इन्सपेक्टर बिनुकुमारी शाही अझै पक्राउ परेकी छैनन्। निकटस्थ स्रोतका अनुसार उनी नेपालभित्रै प्रहरी सेटिङमा लुकेर बसेकी छन्। बेलाबखत फरारै रहेको अवस्थामा उनले प्रहरी, प्रशासनलाई चुनौती दिनेगरी सामाजिक सञ्जालमा सक्रियता देखाएपनी पछि भने चुप बसिन्। उता प्रहरीले भने सिआईबीमार्फत अनुसन्धान भ्याइएको र थप प्रक्रिया जारी रहेको जनाएको छ। इन्सपेक्टर शाही उनै मान्छे हुन्, जो हनि ट्रयापिङवाला गिरोहसँग मिलेर असुलीमा मुछिएकी थिइन्। अहिले उनीमाथिको अनुसन्धान सकिएर फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पुगेको छ। तर प्रहरी सेटिङदेखि प्रहरीबाट जोगाउन समेत चलखेल भएकोमा अहिले पनि उनलाई जोगाउने खेल जारी छ। स्रोतका अनुसार सोहीकारण प्रहरीले प्रतिवेदन…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभामातहतका तीन संसदीय समितिको काममा ढिलाइ भएको छ। अहिलेसम्म ती समितिहरूको सभापति चयन नहुँदा काम चुस्त हुन नसकेको हो। सार्वजनिक लेखा, अर्थ विकास र सामाजिक विकास समितिहरू लामो समयदेखि सभापतिविहीन छन्, जसकारण समितिहरूको कार्य प्रभावित गरेको छ। समितिका सदस्यहरूले ज्येष्ठ सदस्यहरूले सभापतिको जिम्मेवारी वहन गर्दै आएका छन्।

Read More

दार्चुलाः दार्चुलामा चरेशसहित २ जना पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–२ देथलाबाट सोही ठाउँ बस्ने २० वर्षीय रमेश भट्ट र नौगाड गाउँपालिका–६ बस्ने ७१ वर्षीय कासी धामी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले २ सय ग्राम चरेशसहित दुबै जनालाई बिहीवार फेला पारि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। यस्तै कैलालीमा लागुऔषध कारोबारमा संलग्न एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–८ फकलपुरमा लागुऔषधको कारोबार भइरहेको सुचना प्रहरीले प्राप्त गरेपछि शुक्रवार एक जनालाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त…

Read More

धनगढीः कैलालीको टीकापुर आउँदै गरेको बस दुर्घटना भएको छ। जुम्लाको कालीकोटबाट टीकापुर आउँदै गरेको ना ४ ख ६०५६ नम्बरको बस दैलेखको आठबिस नगरपालिका–३ दुइसिस्ने भन्ने स्थानमा भित्तामा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परेर घाइते भएकामध्ये ८ जनाको उद्धार गरेर स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए। प्रवक्ता सुनारका अनुसार बसमा ३२ जना सवार रहेको खुल्न आएको छ। प्रहरी टोली घटना स्थलमा छ। घटनाको विस्तृत विवरण भने खुलेको छैन।

Read More

काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आईजीपी बसन्तबहादुर कुँवरले डिआइजीबाट एआइजीमा बढुवा भएका बुद्धिराज गुरूङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। आईजीपी कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले दुई जनालाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि शुक्रबार प्रधान कार्यालयमा एक कार्यक्रम आयोजना गरी चिन्ह प्रदान गरेको हो। आईजीपी कुँवरले संगठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिवद्धता आवश्यक रहेको उल्लेख गर्दै आ-आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ संकल्पित रहन उपस्थित प्रहरी…

Read More

कैलालीः अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे। २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी क्याम्पसको नाममा भएको जग्गा अतिक्रमण भइरहेको क्षेत्रमा आएर बस्न पुगे। सरकारले गरिबलाई जग्गा वितरण गरिरहेको छ भन्ने लागेर उनी टीकापुर झरेका थिए। टीकापुर पुग्दा बुदेले सोचे जस्तो भएन। अछाममा हुँदा पनि अरुको काम गरेर दैनिकी गुजारा गर्ने बुदे टीकापुर झरेपछि अछाम फर्केनन्। अछामकै तडिगैराबाट ५० वर्षको उमेरमा टीकापुर पुगेका नन्दे लुहारलाई बुढ्यौलीले छोइसकेको छ। जग्गा पाइएला भन्ने आशामा बस्दा बस्दै लुहार सामाजिक सुरक्षा भत्ता पाउने उमेरको भइसकेका छन्। २० वर्षदेखि टीकापुर बहुमुखी क्याम्पस र वीरेन्द्र विद्यामन्दिर शैक्षिक…

Read More

कञ्चनपुरः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देश र धर्म जोगाउने सङ्कल्प लिएर अगाडि बढेको बताएका छन्।  कञ्चनपुरको झलारीबजारमा बिहीवार आयोजित कोणसभामा मन्तव्य राख्दै उनले सनातन धर्म जोगाउन सबैको ऐक्यबद्धता, प्रतिबद्धताको आवश्यकता रहेको बताए। “विसं २०४६ को राजनीतिक परिवर्तनपश्चात ३५ वर्षको समयमा प्रजातन्त्र, लोकतन्त्र जे भने पनि पार्टी तिनै छन्, नेता तिनै छन्”, अध्यक्ष लिङ्देनले भने, “पालैपालो र एक्लाएक्लै सत्तामा पुगेर ती पार्टीहरूले देशलाई बर्बादीको बाटोमा लगेका छन्।”

Read More

धनगढी: बाजुराको उपचुनावमा प्रतिपक्षी दल र सरकारको नेतृत्वमा रहेको दल एकसाथ देखिएका छन्। नेकपा माओवादी केन्द्र र नेकपा एमालेले बाजुरामा तालमेल सहमति गरेको हो। त्यसपछि जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा माओवादीको उम्मेदवार बनेकी राजु कुमारी विक एमाले प्रचार प्रसारमा जुटेकी छन्। मंसिर २ गते माओवादी केन्द्रबाट उनले उम्मेदवारी दर्ता गरेकी थिइन्। ५ गते एमालेलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको भोली पल्टैबाट उनी एमाले प्रचार प्रसारमा लागेकी हुन्। ‘एमालेलाई सघाउने गरी उहाँले उम्मेदवारी फिर्ता लिनु भएको हो’, माओवादी प्रदेश सचिव सुरेश विकले भने, ‘एमालेलाई सघाउने निर्णयनै गरिसकेका छौं।’ माओवादी पार्टीबाट उम्मेदवार भएकी राजु विक स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ३ जुकोटको…

Read More

दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन्। सुन्दर हिमाली गाउँ दैभात पुग्न अपिहिमाल–५, मकरीगाडबाट छ घण्टा उकालो चढ्नुपर्छ। दैभातवासी शिक्षा, स्वास्थ्य, पुल, सडक, यातायात, विद्युत्लगायतका सुविधाबाट वञ्चित छन्।  दैभातका स्थानीय प्रकाशसिंह धामीले भने, “मकरीगाडबाट दैभात पुग्न सडक त टाढाको कुरा खच्चड हिँड्ने घोरेटो बाटोसमेत छैन। करिब एक दिन लाग्ने उकालो पैदलमार्ग मर्मत नगरिदिँदा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न सास्ती भोग्नु परेको छ। भरियामार्फत प्रतिकेजी ६० रुपियाँ तिर्नुपर्ने बाध्यता छ।” “खाने नुन मकरीगाडमा ५० रुपैयाँ प्रतिकेजी पाइन्छ,” उनले भने, “६० रुपैयाँ ढुवानी भाडा तिरेर ११० प्रतिकेजी नुन खानुपर्ने दैभातवासीको बाध्यता…

Read More