धनगढी : कञ्चनपुरमा खैराे हेराेईनसहित एक जना पक्राउ परेका छन । जिल्लाको भीमदत्त नगरपालिका-११ बागफाटा बस्ने २० वर्षीय अरुन राना पक्राउ परेका हुन । प्रहरीले रानालाई बुधबार गड्डाचौकीबाट २.८२० मिलिग्राम र एक थान मोबाइलसहित पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा लागुऔषध ब्युरो महेन्द्रनगरबाट खटिएको टोलिले शंकास्पद रुपमा भारतबाट नेपाल तर्फ पैदल हिडेर आईरहेको अवस्थामा रानालाई पक्राउ गरेको हो । रानालाई चेकजाँच गर्दा कालो स्पोर्टस जुत्ताको सोलमुनि दुई थान पुडिया प्लास्टिकमा लुकाइराखेको अवस्था लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको छ ।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने चेतावनी दिएको छ । असंवैधानिक ढंगले सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै कांग्रेसले विरोध गर्ने चेतावनी दिएको हो । निवर्तमान मुख्यमन्त्री समेत रहेका कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले भने, ‘उहाँको (सोडारी) नियुक्ति नै असंवैधानिक छ । जसको विरुद्धमा हामी न्यायालयमा पनि गइसकेको अवस्था हो । उहाँको नियुक्ति नै असंवैधानिक रहेकोले हामी संसदमा विरोध गर्छौं ।’त्यस्तै नेता शाहले मुख्यमन्त्री सोडारीलाई कांग्रेसले पनि सहयोग गर्छ भन्ने भ्रम सिर्जना भइरहेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘उनले विश्वासको…
डडेल्धुरा: डडेल्धुरामा श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। मंगलबार (हिजो) जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका थिए। धनगढीस्थि मायामेट्रो अस्पतालमा उनको उपचारका क्रममा निधन भएको वडाध्यक्ष प्रमोदबहादुर मल्लले पुष्टि गरे। उनका अनुसार अस्पतालले उनलाई बुधबार बिहान ११ बजे मृत घोषणा गरेको हो। अहिले उनको शब पोस्टमार्टमका लागि सेति प्रादेशिक अस्पतालमा राखिएको अध्यक्ष मल्लले बताए। मृतक डम्मरीका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।अग्नि साक्षी राखेर सात फेरा लगाएर सँगै…
काठमाडौँ : देशभर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ । वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । यता जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले आगामी तीन दिनसम्म मुलुकको केही स्थानमा छिटफुट मात्रै वर्षाको सम्भावना भए पनि डढेलो नियन्त्रण हुने गरी पानी नपर्ने जानकारी दिए । ‘आगामी तीन दिनसम्म कोशी, गण्डकी, कर्णालीका केही…
डडेल्धुराः डडेल्धुरामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन्। ३८ वर्षीया डम्बरीदेवी देउवाको बन्चरो प्रहार गरि हत्या गरेको अभियोगमा आलिताल गाउँपालिका–२ मटेलाका ४२ वर्षीय कर्णबहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ। कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी थिइन्। त्यसपछि प्रहरी चौकी गाङ्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
धनगढीः कैलालीको अत्तरियामा एक जना कार चालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ बनदेबी मन्दिर नजिक युके ०५ बि १७१० नम्बरको कार मंगलबार राति दुर्घटना हुँदा कार चालक गोदावरी नगरपालिका–३ मालिका टोलका ४५ वर्षीय दिपक सिजापतीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बोलाइएको छ । मुख्यमन्त्रीको विश्वासको मतका लागि २१ वैशाख साँझ ५ बजे बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी ६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोडारी नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
काठमाडौं : नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को घोषणा टोलीमा स्पिनर सागर ढकाल र तिब्र गतिका बलर कमल सिंह ऐरी अन्तिम टोलीमा परेका छन् । टी(२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ । १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ । नेपालको टोली : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल,…
काठमाडौँ : सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ लाई संशोधन गरी यससम्बन्धी अपराध अनुसन्धानको दायरा फराकिलो बनाइएको छ। नेपाल प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायले पनि अब सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान र अभियोजन गर्न पाउने भएका छन्। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि यससम्बन्धी कसुरमा अनुसन्धान गर्न पाउँथ्यो। प्रहरी, अख्तियार, वन कार्यालय, राजस्व अनुसन्धान विभाग, राष्ट्रिय निकुञ्जलगायत १३ वटा निकायले सम्बद्ध कसुरका रूपमा सम्पत्ति शुद्धीकरणसम्बन्धीसमेत अनुसन्धान गर्न पाउने व्यवस्था गरिएको हो। विभागको मात्र अनुसन्धानले सम्पत्ति शुद्धीकरण प्रभावकारी नभएको भन्दै अन्य निकायलाई पनि अधिकार दिइएको छ। विभागले वर्षमा एक दर्जन पनि मुद्दा दायर गर्न नसकेको अवस्था छ। ऐनको दफा १३ मा रहेको…
काठमाडौँ : नेपालका पाँच राजनीतिक दलका नेताहरुले भारतमा जारी लोकसभा निर्वाचनको अवलोकन गर्ने भएका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्व्पा र जनमत पार्टीका एक(एक जना चुनाव अवलोकन गर्न भारत भ्रमणमा जान लागेका हुन् । बताइएअनुसार एमालेको तर्फबाट बिष्णु रिमाल, कांग्रेसबाट उदय शमसेर जबरा, माओवादी केन्द्रका मात्रिका यादव, रास्वपाका शिशिर खनाल र जनमत पार्टीबाट डा.जयकान्त राउत भारत जाँदैछन्। भ्रमणका क्रममा नेपाली प्रतिनिधिले भाजपाको केन्द्रीय कार्यालयमा सो पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । त्यस्तै, विदेशमन्त्री एस। जयशंकर र रेलवेमन्त्री अश्विनी बैष्णवले नेपाली नेताहरुलाई बिजेपीको चुनावी क्याम्पियनसंगै समग्र चुनावी प्रक्रिया…