काठमाडौं – सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी बढुवाविरुद्ध परेको रिट खारेज गरिदिएको छ । धिरजप्रताप सिंहलाई आइजिपी बनाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च पुगेका एआइजी विश्वराज पोखरेलको रिट निवेदन खारेज भएको छ। ६८ दिनदेखि सर्वोच्चमा विचाराधीन रहेको रिटलाई शुक्रबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले खारेज गरेको हो। पोखरेलले सिंहलाई वरियता मिचेर आइजिपी बनाएकाले बदर गरी आफूलाई नियुक्त गर्न माग गरेका थिए। गत वैशाख १९ गते सिंहलाई सरकारले आइजिपी बनाएको थियो। सिंह भन्दा पोखरेल डेढ वर्ष वरिष्ठ आइजिपी हुन्। सकारले वरियता मिचेर सिंहलाई अवसर दिएको थियो।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक सुरु भएको छ । उक्त बैठक सभामुख चयन प्रक्रियामा प्रवेश गरेको छ । गठबन्धनका तर्फबाट उपसभामुख उम्मेदवार पुष्पा भुसाल गौतमको नाम प्रस्ताव गरिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले पुष्पाको नाम प्रस्ताव गरेका हुन् । एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार बनेकी छन् । भट्टराईलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव शान्ता चौधरीले राखिरहेकी छन् । शुक्रबार बसेको पहिलो बैठकले नेपाल नागरिकता (पहिले संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । यसपछि फेरि शुक्रबार नै बसेको दोस्रो बैठक जारी छ ।
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नयाँ दिल्ली प्रस्थान गरेका छन्।नेपाल एयरलाइन्सको विमानमार्फत् प्रचण्ड दिल्ली प्रस्थान गरेका हुन्। प्रचण्डसँगै स्वकीय सचिव रमेश मल्ल र छोरी गंगा दाहाल नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतको नयाँ दिल्ली उड्नु अघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण दुई देशको सम्बन्ध सुदृढ गर्नमा केन्द्रित हुने बताएका थिए। उनले भारत भ्रमण सद्भावना भ्रमण भएको भन्दै चिनियाँ कम्युनिस्ट नेताहरुको हालैको नेपाल भ्रमण सँग नजोड्न आग्रह गरे। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा तीन दिने भ्रमणका लागि (प्रचण्ड) भारत गएका हुन्। प्रचण्डको सचिवालयका अनुसार अध्यक्ष प्रचण्डलाई…
काठमाडौं – सरकारले राष्ट्रिय अनुसन्धान विभागको एआईजी सरहको एक मात्र अतिरिक्त अनुसन्धान निर्देशक पदमा कुलदीप थापालाई बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले यही साउन पहिलो साता अनिवार्य अवकाशमा जान लागेका थापालाई फुली थप्ने निर्णय गरेको एक मन्त्रीले बताए । वैशाख ९ मा विभागका अतिरिक्त अनुसन्धान निर्देशक यादव रेग्मी अवकाशमा गएसँगै रिक्त छ पदका लागि २०७४ भदौ १४ मा डिआइजी भएका ४ अधिकृतहरू हुत राज थापा, कुल दीप थापा, हरिहर पौडेल र होम जोशी प्रतिस्पर्धामा रहेका थिए भने दोस्रो लाईनमा त्यसपछि बढुवा भएका ४ जना टेकेन्द्र कार्की, प्रकाश पाण्डे, सुमन वैद्य र मधु…
काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकबाट ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक आजै अपराह्न ३ बजे बस्ने गरी स्थगित भएको छ । प्रतिनिधिसभाको दोस्रो बैठकमा उपसभामुखको निर्वाचन हुने कार्यसूची छ ।
काठमाडौं – विभाजित जनता समाजवादी पार्टीको संस्थापन पक्षले सत्तारुढ पाँच दलीय गठबन्धनलाई आगामी संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने निर्णय गरेको छ । वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष उपेन्द्र यादले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए । विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई–दुईपटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन आफ्नो उद्देश्यमा सफल भएको उनको विश्लेषण थियो । स्थानीय चुनावमा केही तीता अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक रहेको यादवले बताए । ‘आगामी निर्वाचनमा तालमेल गरेरै जाने…
काठमाडौं – सुनसरीको धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबीच भेट भएको छ । उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा शुक्रबार बिहान भेट भएको हो। साम्पाङ र लामिछानेबीच भेट भएको स्वतन्त्र पार्टीका नेता दीपक बोहराले पुष्टि गरेका छन्। उनले दुवै नेताको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको। खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो, तर सकिएछ। जनताको एकदम अपेक्षा छ तपाईँसित, राम्रो गर्नुहोला। सहकार्य जारी रहनेछ,’ लामिछानेलाई उद्धृत गर्दै बोहराले लेखेका छन्। लामिछाने चुनाव चिह्न घण्टी बोकेर अहिले पार्टी निर्माण अभियानमा छन्।झापाको काकडभिट्टाबाट थालेको अभियान लिएर रवि धरान पुगेका हुन्। उनले धरानस्थित सिद्धि…
काठमाडौं – शुक्रबार सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य आठ सय रुपैयाँ कम हो। बिहीबार सुन प्रतितोला ९४ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ११ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक’बारे छलफल भइरहेको एक नेताले जानकारी दिए । गठबन्धनमा सहमति जुटेलगत्तै आजै मन्त्रिपरिषद् बैठक बस्ने र विधेयक पारित गर्ने तयारी गरिएको छ । सरकारले दिउँसो १ बजे बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसँग जोडिएको कानुन संशोधनको विधेयक पेस गर्ने तयारी गरेको छ ।
काठमाडौं – भारतले नेपालको बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि राहत सामग्री सहयोग गरेको छ । भारतले तीन हजार टेन्ट र १० रबरबोट सहयोग गरेको आज सिंहदरबारमा आयोजित एक समारोहमा जानकारी गराइयो । भारतीय जनता र भारत सरकारबाट बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारका लागि राहत सामग्री गृहमन्त्री बालकृष्ण खाणलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गर्नुभयो । नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक्त सम्बन्धलाई अझै प्रगाढ बनाउन नेपाल सदैव तयार रहेको बताउनुभयो…