धनगढी: सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि डोटीको केआईसिंह राजमार्ग सञ्चालनमा आएको छ। सोमबार बेलुका ८ बजेदेखि अवरुद्ध सडक साढे १२ बजेदेखि सुचारु भएको हो। जिल्ला प्रहरी कार्यालयले पीडीत पक्षलाई क्षतिपूर्ति दिने सहमति भएपछि राजमार्ग सुचारु भएको जनाएको छ।
गत शनिबार सुपप्र ०३ ००१ प ०६६८ नम्बरको मोटरसाइकललाई जीपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दीपायल सिलगढी नगरपालिका-१ सिर्खालीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको थियो।
मृतकका आफन्तले क्षतिपूर्तिको मांग गर्दै केआईसिंह राजमार्गको शिखर नगरपालिका वडा -६ सिर्खाली खण्ड अवरुद्ध गरेका थिए। प्रहरीले जीप चालक भरतबहादुर सिंहलाई पक्राउ गरिसकेको छ।
Facebook Comments Box