Author: महेन्द्रनगर पोष्ट

धनगढी: बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत सेती नदीमा ट्याक्टर खसेको छ। दुर्गाथली गाउँपालिका–२ स्थित मौरीबगरबाट झननातर्फ गइरहेको ट्याक्टर आज बिहान नदीमा खसेको हो। ट्याक्टरमा सवार पाँच जनामध्ये दुई जना बेपत्ता भएका थिए। जाजरकोटको भेरी नगरपालिका–२ का २० वर्षीय सञ्जय बुढा र लोकेन्द्र घर्ती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी निरीक्षक किशोर जोशीले बताएका थिए। अहिले बुढाको शव फेला परेको छ। त्यस्तै, त्रिवेणी नलगाड नगरपालिका–१ का १५ वर्षीय हेमराज विक, २१ वर्षीय तपेन्द्र विक र १३ वर्षीय निरज विक घाइते छन्। उनीहरुको दाँहिने हात, कम्मर र खुट्टामा चोट लागेको जोशीले जानकारी दिए। उनका अनुसार नदीमा खसेको ट्याक्टर भेटिएको छैन्। बेपत्ता यात्रु र…

Read More

काठमाडौं: शारीरिक सुगठन प्रतियोगिता ‘मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन भएको छ। उनको आज हृदयघातका कारण मृत्यु भएको हो। प्राप्त जानकारीअनुसार ४५ वर्षीया राई आज बिहान होटलमा तातो पानी तताउँदै गर्दा एक्कासी भूइँमा ढलेका थिए। लगत्तै ग्राण्डि हस्पिटल पुर्याइएको थियो। फोनिक्स फिटशालामा आवद्ध रहेका राईले गत शनिबार मात्रै मिस्टर काठमाडौँको उपाधी जितेका थिए। दशरथ रंगशालाको कर्भड हलमा आयोजित फिनालेमा ७५ केजी तौलभन्दा माथिको समूहबाट उनी विजेता बनेका थिए।

Read More

धनगढी: बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर ८ मिनेट जाँदा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ल। यसअघि गत भदौ ३० गते ताप्लेजुङको ल्होनाक आसपास केन्द्रविन्दू भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ। नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पीय जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ।

Read More

धनगढी: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी यूनियनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बिरबहादुर थापा निर्वाचित भएका छन्। थापा दोस्रो प्रदेश सम्मेलनबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्। उनले १३१ मत प्राप्त गरेर निर्वाचित भएकोमा उनका प्रतिद्वन्दी बिरेन्द्रराज बिष्ट ११५ मत प्राप्त गरे। अन्य पदमा भने उपाध्यक्षमा कैलाशचन्द्र गिरी १५७ मतसहित निर्वाचित भएका छन् भने तिलक माल १८५ मत, जिवन विसी १३८ मत र राजेन्द्र कोली १०४ मतसहित निर्वाचित भएका छन्। यस्तै लक्ष्मी चौधरी निर्विरोध उपाध्यक्ष चयन भएकोमा खेम साउद र विनोद चौधरी भने पराजित भएका छन्। यस्तै प्रमुख सचिवमा शिवराज सन्ज्याल १०७ मत प्राप्त गरेर पराजित बन्दा देविजंग सिंह १२८ मतसहित निर्वाचित…

Read More

धनगढी: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी यूनियनको सुदूरपश्चिम प्रदेश अध्यक्षमा बिरबहादुर थापा निर्वाचित भएका छन्। थापा दोस्रो प्रदेश सम्मेलनबाट प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्। उनले १३१ मत प्राप्त गरेर निर्वाचित भएकोमा उनका प्रतिद्वन्दी बिरेन्द्रराज बिष्ट ११५ मत प्राप्त गरे। अन्य पदको पनि मतगणना सकिएको छ। पदाधिकारीमा चुनाव भएकोमा नतिजा सार्वजनिक हुने चरणमा छ। क्रान्तिकारीको सम्मेलन कैलालीको अत्तरियामा भएको थियो।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१’ लाई प्रतिस्थापन गर्न बनेको विधेयक पारित भएको छ। प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए। यसअघि बैठकमा उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभा सदस्य गीतादेवी माल, जानकी ऐर बम र नरेशकुमार शाहीले भाग लिएका थिए। छलफलमा उठेका प्रश्नको जवाफ दिदै आर्थिक मामिलामन्त्री थापाले कुनै पनि कारणले भविष्यमा प्रदेशसभाबाट बजेट पारित हुन नसकेर बजेट शून्यताको अवस्था हुन नदिन यो विधेयक ल्याउनुपरेको बताए।  यो विधेयक पारित भएसँगै प्रदेशमा राजस्व सङ्कलन गर्न अधिकार प्रदान गर्ने कानुन निष्प्रभावी भएको अवस्थामा कानुन बमोजिम नियमित राजस्व…

Read More

काठमाडौं: पत्रकार ऋषि धमलाविरुद्ध १० करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर भएको छ। प्राइम एचडी  टेलिभिजनमा प्रसारित ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमले पुर्याएको क्षति वापत १० करोडको दाबी गर्दै व्यापारी राधेश्याम खड्काले मुद्दा दर्ता गराएका हुन्।  कात्तिक २१ गतेका लागि पेशी तोकिएको दर्ता नम्बर ०८१ सीचार १०२२ को मुद्दामा धमलाले टेलिभिजन कार्यक्रममा इमान विष्टलाई उपस्थित गराएर आफ्नो सार्वजनिक गाली बेइज्जती गराएको खड्काको दाबी छ। झूठा कार्यक्रमको खण्डनका लागि प्रेस काउन्सिलमा निवेदन दर्ता गरेर पत्रकार आचार संहितामा कारबाहीको माग समेत गरेका खड्काले आफूविरुद्ध भएको गालीबेइज्जती उपरको क्षतिपूर्तिका लागि फिराद पत्र दायर गरेको उनका कानुनी सल्लाहकार अधिवक्ता अनन्तराज…

Read More

धनगढीः कैलाली कारागारभित्र कैदीबन्दीको रहस्यमय मृत्यु भएको घटनाको एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार घोडाघोडी नगरपालिका–७ का २२ वर्षीय दिपक विकको मृत्यु भएको घटनामा प्रहरीले एक युवतीलाई समातेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले मृतककी प्रेमिकासमेत रहेकी युवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको जानकारी दिए। उनका अनुसार प्रेमिकाले नै विकको मृत्युमा भूमिका खेलेको देखिएको छ। मृतक विक जरबजस्ती करणीमा दोषी ठहर भएर कारागार चलान भएका थिए। तर उनको कारागारभित्रै रहस्यमय मृत्यु भएको हो। प्रहरीले शौचालयमा ढलेका उनको मृत्यु भएको बताएको छ। उता कारागारभित्रकै एक समूहले भने विकको कुटेर हत्या गरेको आरोप समेत लगाएको थियो। तर त्यसमा सत्यता नभएको…

Read More

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी  पोल्ने पर्व धुमधामसँग मनाइँदैछ। विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ।  भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए। द्वापरयुगमा भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बूढी पोल्ने गरिएको छ।  द्वापरयुगमा विशाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दूध चुसी मारेको विजयोत्सवका रुपमा बूढी पोल्ने पर्व मनाइने गरेको हो। सुदूरपश्चिममा भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काँक्रा खाँदै लुतो फाल्ने प्रचलनसमेत रहिआएको छ।…

Read More

धनगढीः कैलालीको धनगढीबाट चरेशसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डडेल्धुराको पर्शुराम नगरपालिका–१० बस्ने ७० वर्षीय नरबहादुर बिष्ट र कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने ४० वर्षीय सुनिल शर्मा रहेका छन्। उनीहरुलाई धनगढी उपमहानगरपालिका–१ नैनादेवी चोकबाट १५ ग्राम ५ सय ७० मिलिग्राम अवैध लागूऔषध (चरेश)सहित दुबै जनालाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। दुबै जनालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले चरेशसहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Read More