Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेकपा एमालेबाट फुटेर बनेको माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका दार्चुला अध्यक्षले राजीनामा दिएका छन्। समाजवादी दार्चुलाका अध्यक्ष बिरबहादुर ठगुन्नाले आज (आइतबार) राजीनामा दिएका हुन्। उनले आफूले राजीनामा पदबाट दिएको सामाजिक सन्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। उनले व्यक्तिगत र समय दिन नसक्ने भएकाले पदबाट राजीनामा दिएको बताएका छन्।

Read More

काठमाडौं : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत ४ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ । प्रहरी निरीक्षकहरु सुरेश खत्री, रञ्जित लामा, वकिल सिंह र कृष्ण श्रेष्ठको सरुवा गरिएको हो । खत्री र लामालाई प्रहरी प्रधान कार्यालय, सिंहलाई सशस्त्र प्रहरी गण नम्बर १ र श्रेष्ठलाई पहरा गणमा सरुवा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । सीआईबीमा भने प्रहरी निरीक्षकहरु राजु अधिकारी र गजेन्द्र रावललाई लगिएको पनि जनाइएको छ ।

Read More

कञ्चनपुर :  विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलो पटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका-२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले बगेडी चरा फेला परेको संरक्षणकर्मी सुवन चौधरीले बताए । भँगेरा जस्तै तर रङ्गीन ३२ वटा बगाले बगेडी चरा आफूले देखेको उनले बताए । धेरै वर्षपछि विश्वमै दुर्लभ मानिएको चरा देखापरेपछि नियमित निरीक्षण गर्दै आएको संरक्षणकर्मी चौधरीले बताए । ‘फरक प्रजातिको चरा देखेपछि तस्वीर खिचेर नेपाल पक्षी संरक्षण सङ्घलाई पठाएँ’, उनले भने, ‘यो दुर्लभ प्रजातिको चरा भएको जानकारी प्राप्त भएको छ ।’ नेपाल पक्षी संरक्षण…

Read More

काठमाडौं : नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने उपचुनावमा सुहाङलाई अघि सार्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र खाली थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् । पेशाले अधिवक्ता सुहाङले पछिल्लो समय इलाममा राजनीति गतिविधिसँगै भेटघाट र अन्तरक्रिया बढाएका छन् ।

Read More

काठमाडौं : नेकपा एमालेको केन्द्रीय सदस्यमा ऐन महरको कारबाही फिर्ता भएको छ । पार्टीको सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा पुनः मनोनीत गर्ने निर्णय गरेको हो । केही समयअघि पार्टीले कारबाही गर्दै पदबाट राजीनामा दिएको विज्ञप्ती जारी गरेको थियो । उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको बैठकपछि उमहासचिव प्रदपी ज्ञवालीले जानकारी दिएका हुन् । र यो पनि ! यौन विचलनको गम्भीर आरोपपछि गुम्यो ऐन महरको केन्द्रीय सदस्य पद ! ऐन महर भर्सेज रश्मिलाः साइबर ब्यूरो पुग्यो उजुरी एमाले सुधार्न ऐन महरले संघर्ष गर्ने केन्द्रीय सदस्यबाट ऐन महरले दिए राजीनामा

Read More

काठमाडौं : नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Read More

धनगढी : बझाङको बित्थडचिर गाउँपालिका-८ धरानमा होली समुहलाई चन्दा नदिएपछि हातपात गरेको घटना बाहिरिएको छ । शनिबार बेलुका ५ बजेतिर होली खेलिरहेको एक सुमहले चन्दा नदिएपछि गाडी चालकमाथि हातपात गरेको बुझीएको छ । शनिबार बिहानैदेखी स्थानिय युवाहरुले होलीको नाममा गाडीहरुलाई रोक्दै चन्दा मागीरहेका थिए । बेलुका ५ बजेतिर बझाङबाट धनगढीका लागि छुटेका बसहरुलाई पनि उनीहरुले रोकेर रोडमा होली खेलेको चन्दा मागेका थिए तर सुदूरपश्चिम यातायातको बसले ढोका नखोलेपछि आक्रोसित भएका युवाहरुले बाटो जाम गरे । त्यसलगत्तै खप्तड यातायातको बस पुग्यो र अर्कोतर्फबाट ट्रक आयो होली समुहले बाटो जाम गरेपछि ट्रकको ब्रेक नलागेर नालीमा फस्यो । बाटोभर होलीको नाममा चन्दा मागेर…

Read More

काठमाडौँ : आयरल्यान्ड वुल्भ्ससँगको तीन टी–२० र तीन एकदिवसीय सिरिजका लागि नेपाली ए टोलीको घोषणा भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आयरल्यान्ड वुल्भसँगको खेलका लागि १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको हो। क्यानले टी–२० र एक दिवसीय खेलका लागि विनोद भण्डारीको कप्तानीमा दुई फरक टोलीको घोषणा गरेको छ। आयरल्यान्ड वुल्भ्ससँगको खेलका लागि कमल सिंह ऐरिले टोलीमा पुनरागमन गरेका छन्। सन् २०२२ मा मलेसियाविरुद्धको खेलमा घाइते भएका कमलले लामो समयपछि टोलीमा पुनरागमन गरेका छन्। कमलले टी–२० र ओडिआई दुवै सिरिजमा स्थान बनाएका छन्। ए टोलीको प्रशिक्षणमा परेका आरिफ शेख, देव खनाल, बसिर अहमद र विकास अग्रीले दुवै सिरिजका लागि…

Read More

धनगढीः कैलालीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्। मोहन्याल गाउँपालिका–३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका–३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेको बताए। उनकाअनुसार इलाका प्रहरी कार्यालय सुगरखालका प्रहरी वरिष्ठ नायब निरीक्षक बमबहादुर खड्का, इप्रका चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगी र इलाका प्रहरी कार्यालय लम्कीको संयुक्त टोली घटनास्थलमा गएको छ।

Read More

बैतडी–बैतडीमा भीरबाट लडेर एक बालिका घाइते भएकी छन् । जिल्लाको पुर्चौंडी नगरपालिका १० महरागाउँका लोकेश महराकी ८ बर्षीया छोरी भावना महरा लडेर घाइते भएकी हुन् । शनिबार बिहान ११ बजेतिर घर नजिकैको वनमा बाख्रा चराउन गएकी महरा लडेर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । भीरबाट लडेकी महराको टाउको र दाहिने हातमा चोट रहेको उनले बताए । घाइते महराको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।

Read More