Author: महेन्द्रनगर पोष्ट

धनगढी: बझाङमा जारी मतगणना रोकिएको छ। चलिरहेको मतगणना तलकाेट गाउँपालिका ४ काे मुचुल्का हराएको भन्दै रोकिएको बताइएको छ। तलकाेट गाउँपालिकाकाे वडानम्बर ३ सम्म गणना गरि सक्दा वडानम्बर ४ काे मतपेटिका शिल गरेकाे मुचुल्का नभेटेको भन्दै काँग्रेसले गणनामा लफडा झिकेको हो। काङ्ग्रेसका ऐजेन्टलाई मुचुल्का नभेटेपछि शंका लागेको भन्दै गणना रोकिएको बुझिएको छ। यस अगाडि बझाङमा एमालेले ९ मतले अग्रता गरिरहेको थियो।

Read More

धनगढी: बझाङमा मतगणना जारी छ। अहिलेसम्मको नतिजामा एमाले र कांग्रेसबीच रोचक प्रतिस्पर्धा भइरहेको छ। कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई पछि पार्दै एमाले उम्मेदवार दमन भण्डारी अगाडी बढेका छन्। भण्डारीले ९ हजार ८८९ मत पाउँदा सिंहको ९ हजार ८८० मत पाएका छन्। अब तलकोटका ४ वडा र साइपाल गाउँपालिकाको मतगणना गर्न बाँकी छ। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।

Read More

बझाङ : बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।   २६ हजार ८०१ मतगणना गर्दा नेपाली कांग्रेसलाई उछिन्दै नेकपा एमालेले ९ मतले  अग्रता बनाएको छ ।एमालेका दमनबहादुर भण्डारीले  ९ हजार ८ सय ८९ मत ल्याएर शीर्ष स्थानमा छन् । नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ९ हजार ८ सय ८० मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ६५४ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४८५ मत ल्याएका छन् ।

Read More

इलाम : मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ। सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङ्सेबुङको गणना जारी छ। अझै तीन पालिकाको मतगणना बाँकी छ। तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।

Read More

काठमाण्डौ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने गाडीको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको छ । तीव्र गतिका कारण बालबालिकामा नकारात्मक असर पर्ने र दुर्घटनाको जोखिम हुने भन्दै गृहले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी मातहतका निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेको हो । कानुनमा तोकिएको भए त्यसै अनुसार कार्यान्वयन गर्न र नतोकिएको भए प्रतिघण्टा ४० किलोमिटर तल हुने गरी गति निर्धारणको व्यवस्थाका लागि आवश्यक निर्देशन वा समन्वय गर्न गृहले पत्राचार गरेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ । गृहले यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय, काठमाण्डौ उपत्यका ट्राफिक कार्यालय र ७७ वटा जिल्ला प्रशासन…

Read More

धनगढी : धनगढीमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। बझाङ स्थायी घर भएर संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीका प्रमुखसमेत रहेका प्रकाश रावलको मृत्यु भएको हो। उनको क्यान्सरका कारण मृत्यु भएको बताइएको छ। उनले विगत केही समयदेखि उपचार गराउदै आएका थिए। हिजो उनको मृत्यु भएको थियो।

Read More

काठमाडौं : अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि, सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए । त्यसपछि क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुनेछ ।

Read More

काठमाडौं : वीरगन्जमा भारतीय फरार अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार राति ११ बजेतिर वीरगन्ज १६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बब्लु पासवान भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली चलाएको हो । एक राउन्ड गोली पासवानको खुट्टामा लागेर घाइते भएर लडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । उनी २०७९ असोज ३ गते काठमाडौँको गोठाटारमा भएको भारतीय नागरिक लाल महम्मदको हत्याकाण्डका मुख्य योजनाकार र सुटर रहेको प्रहरीले जनाएको छ। उक्त हत्याकाण्डपछि फरार रहेका उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए । पासवानको साथबाट एक थान पेस्तोल र केहि…

Read More

काठमाडौ, १७ बैशाख । तेस्रो लगानी सम्मेलन आज पनि काठमाडौँमा जारी रहनेछ । होटल सोल्टीमा हिजो देखि सुरू भएको लगानी सम्मेलनको उद्घाटनपछि  पहिलो दिन दुईवटा विशेष सत्र सञ्चालन  भएका थिए । ‘नेपालमा लगानी अवसरको खोजी’ र ‘नेपालमा लगानी भएका आयोजनाको सफलता’सम्बन्धी दुईवटा सत्र पहिलो दिन राखिएको थियो । आज दोस्रो दिन तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन)हुने बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा नवीकरणीय ऊर्जाको सम्भावना, नविनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु उत्थानशील क्षेत्रमा लगानीको अवसर गरी तीन प्यानलमा छलफल हुनेछ । त्यस्तै, दोस्रो सत्रमा हरित वित्त तथा दिगो लगानी, पर्यटन…

Read More

डोटी : डोटीमा एक पुरुषको शव फेला परेको छ। जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More