Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिमको बैतडी पुर्ख्यौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्व कर्नेल (रिटार्यड) को निधन भएको छ। आज (शुक्रबार) हाल काठमाडौंमा बस्दै आएका पूर्व कर्नेल सुवर्ण बिष्टको निधन भएको हो। स्रोतका अनुसार हृदयाघात भएर उनको निधन भएको हो। उनी बिहान आफैं गाडी चलाएर अस्पताल गएका थिए। उनी केही दिनअघि भाईरल ज्वरोबाट ग्रसित थिए। उनी नेपाली सेनाको सुदूरपश्चिमबाट पाईलट हुने पुराना पाँच जनामध्ये पर्छन्। उनी नेपाली सेनाका सिनियर क्याप्टेन अवकाश प्राप्त महासेनानी (फुल कर्णेल) हुन्। स्वर्गीय बिष्टका एक छोरा र एक छोरी र पत्नी छन्। उनको आज राति पशुपती आर्यघाटमा दाहसंस्कार गरिने बताईएको छ।

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी निर्वाचन आयोगको निर्णयविरुद्ध अदालत जाने भएका छन्। निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको रेशमको दाबी छ। निर्वाचन आयोगले बिहीबार मात्रै नाउपाको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गर्दै रञ्जिता श्रेष्ठकै नेतृत्वलाई निरन्तरता दिने निर्णय गरेको थियो। हालै सम्पन्न भएको महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो। चौधरीले आफूलाई अध्यक्षमा अद्यावधि गर्न आयोगमा निवेदन दिएका थिए। तर उनले दिएको निवेदन दलसम्बन्धी ऐन बमोजिम नभएकाले अस्वीकार गरेको आयोगले जनाएको छ। रेशम र रञ्जिता पति-पत्नी हुन्।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरु छलफलमै रहेको बताउँदै समर्थन फिर्ता हुने जानकारी दिइन्। उनले सुदूरपश्चिममा अहिले पनि समर्थन फिर्ता लिएजस्तै अवस्था रहेको भन्दै प्रदेशको हकमा निर्णय गरेर संसदीय दलले आफूलाई जानकारी गराउने बताइन्। यस्तै उनले आफूहरु केन्द्रमा पनि सरकारमै रहेको दाबी गरेकी छन्। हाल केन्द्रमा एमालेसहितको नयाँ समीकरण बनेपनि सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकार छ। तत्कालीन समयमा सुदूरपश्चिम सरकारमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) पार्टी भने सरकारबाट बाहिरिइसकेको छ। संघमा एमालेसहितकाे नयाँ गठबन्धनमा सामेल हुँदै प्रचण्ड सरकारमा गएपछि समाजवादी प्रदेश सरकारबाट…

Read More

धनगढी : दार्चुलाको मार्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोशन अधिकारीमाथि आक्रमण भएको छ। बिहीबारबार राति निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुङ्गामुढा र निवासमा आगजनी गरेको हो। आक्रमणपछि प्रमुख प्रशासकिय अधिकृत अधिकारीले झ्यालबाट भागेर ज्यान जोगाएको महेन्द्रनगरपोष्टलाई बताएका छन्। उनले आफूमाथि आक्रमण र निवासमा अगाजनी भएपछि झ्यालबाट भागेर प्रहरीलाई खबर गरेको बताए। यता जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर गोबिन्द भण्डारीले घटनाको जानकारी पाउनसाथ प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान भईरहेको बताए।

Read More

धनगढी : सुदूरपश्चिममा राप्रपाकी सासंद खेमादेवी बिष्टले मन्त्री पद खान अस्विकार गरेकी छन्। अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले सरकार विस्तार गर्न मन्त्री अफर गरेकोमा राप्रपाकी बिष्टले नमानेकी हुन्। शाहले राप्रपाकी बिष्ट र स्वतन्त्र सांसद ताराप्रसाद जोशीलाई मन्त्रीमा नियुक्त गर्दै बिहीबार राति नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका थिए। तर, राप्रपाले पार्टी केन्द्रले आन्दोलन घोषणा गरेका कारण तत्काल सरकारमा नजाने बताएपछि मुख्यमन्त्री शाहको सरकार विस्तार गर्ने योजना तुहिएको हो। यता प्रदेशसभा सदस्य विष्टले भने पार्टीले सरकारमा सहभागी हुने वा नहुने विषयमा कुनै निर्णय नगरेका कारण अहिले हतार नगर्ने बताएकी छन्।

Read More

काठमाडौं :  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवकाे अवसरमा शुक्रबार मुलुकभर विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । नागरिकको आस्था र भरोसाको केन्द्रविन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन् । सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । सेना दिवस समारोहमा यसपटक मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने…

Read More

काठमाडौं : आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि मन्दिरहरुमा दर्शनार्थीहरुको घुइँचो छ । आज भक्तजनहरु व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन् । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ ।

Read More

धनगढी : नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो पक्षमा बहुमत जुटाउने लागि परेका छन् । उनले आफूपछि उन्मुक्तीलाई मुख्यमन्त्री बनाउन खोजेका छन् । शाहले बहुमत पुगाउन राप्रपा र स्वतन्त्र प्रदेशसभा सदस्यलाई मन्त्रीको प्रस्ताव गरेका छन् । नागरिक उन्मुक्ति पार्टीसहितको सरकार बनाउन सहमति भइसकेको भन्दै मुख्यमन्त्री शाहले राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र प्रदेशसभा सदस्य डा. तारादत्त जोशीलाई मन्त्री बन्न प्रस्ताव गरेका हुन् । उनीहरु दुवै जनालाई बिहीबार नै मन्त्रीमा नियुक्त गर्ने भन्दै मुख्यमन्त्री शाहकै आग्रहमा अछाम जान लागेका प्रदेश प्रमुख देवराज जोशी डडेल्धुराबाट फर्किरहेका छन् । प्रदेश प्रमुखको कार्यालय…

Read More

धनगढी : कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा शुक्रबार हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ । शिवरात्रि पर्वको अवसरमा बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षा गराउन लागेको बेहडाबाबा फाउण्डेशन तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । धार्मिक पर्यटकीय स्थल बेहडाबाबाको प्रचारप्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरबाट फूल वर्षा गराउन लागेको समितिका अध्यक्ष पदमराज जोशीले बताए । उनका अनुसार भोलि मध्याह्नमा आकाशबाट फूल वर्षा गरिने छ । यस्तै, अपराह्नमा सवा दुई करोड दीप प्रज्वलन गरिने छ । हेलिकोप्टरबाट पुष्प वर्षा र दीप प्रज्वलनको लागि सम्पूर्ण तयारी भएको जनाइएको छ । धनगढी उपमहानगरपालिका–१६ स्थित रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतबाटसमेत ठुलो सङ्ख्यामा दर्शनार्थी…

Read More

धनगढी : डडेल्धुरामा भएको सुन चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको छ । डडेल्धुरामा सुन चोरी गरी फरार रहेका दुवै जनालाई रौतहटको चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुरमा बाटोमा हिँडिरहेको अवस्थामा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकर प्रसाद यादवको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छन्। पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने ४० वर्षीय सुरेन्द्र विश्वकर्मा र सप्तरी दुहबी नगरपालिका ४ बस्ने ४४ वर्षीय शंकर विश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिइन् । पक्राउ परेका दुवै जना आरोपीलाई डडेल्धुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा…

Read More