काठमाडौं : आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा…
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ। तिहार सुरु भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ। ‘दसैँको तुलनामा तिहारमा उडान केही कम छ । तर दैनिक उडान भने चाप बढिरहेको छ,’ उनले भने। महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रियतर्फ अहिले दैनिक दुईतर्फी गरेर एक सय १० को हाराहारीमा उडान भइरहेको जानकारी दिए। दसैँको समय अर्थात गत असोज २९ गते अन्तर्राष्ट्रिय उडानतर्फ सबैभन्दा धेरै एक सय १३ उडान भएको थियो। जुन एक दिनमा भएको अहिलेसम्मकै बढी उडान हो। असोज ३० गते एकसय…
काठमाडौँ : काठमाडौँ उपत्यका रातभर देउसी र भैलो खेल्न दिने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तिहारको अवसरमा देउसी र भैलो खेल्न समय सिमा नतोकिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।प्रजिअ बस्नेतका अनुसार भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको छ । उनले भने,‘काठमाडौँ उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ ।’ इच्छुकहरुलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी र भैलो खेल्न स्थानीय प्रशासनले आग्रह गरेको छ । देउसी र भैलोमा आवश्यक सुरक्षा व्यवस्था मिलाएको प्रजिअ बस्नेतले बताए । उनले भने,‘आवश्यक सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ ।’ काठमाडौँ उपत्यकामा…
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आफ्ना प्रदेशका दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ। नेपाललाई विश्वकपमा पुर्याउदाका आफ्ना प्रदेशका तीन खेलाडीलाई सुदूर सरकारले सम्मान गर्ने निर्णय लिएको हो। दीपेन्द्रलाई ६ लाख, सन्दीप जोरा र विनोद भण्डारीलाई ५/५ लाख दिने निर्णय गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए। उनका अनुसार एक महिना अघि दीपेन्द्रले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमै कहिल्यै नतोडिने अर्धशतकको विश्व कीर्तिमान बनाएकाका कारण उनलाई एकलाख बढी दिइने भएको हो। नेपालले गत कार्तिक १७ गर्ते माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा…
धनगढी: डोटीमा जिप दुर्घटना भएको छ। बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायलतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३००१ ज ०००५ नम्बरको बोलेरो जिप आइतबार दिउँसो केआइसिंह गाउँपालिका–२ बुहार भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए। जिप दुर्घटनामा चालक ३० बर्षीय टेकबहादुर भाट र जिपमा सवार बोगटान फुड्सिल गाउँपालिका–२ कानाचौरका १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भएको प्रहरीले बताएको छ। घाइते दुबै जनाको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । जिपमा दुई जना मात्रै सवार थिए। जिप सडकबाट ६० मिटर तल खसेको थियो।
काठमाडौं : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ। गम्भीर घाइते भएका थप एकजनाको पनि मृत्यु भएपछि मृत्यु हुनेको संख्या ७ पुगेको हो। दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो। बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु१ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना भएको थियो। गम्भीर घाइते अर्यालको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए। तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमै मृत्यु भएका ६ जनामध्ये हालसम्म पाँच जनाको परिचय…
काठमाडौँ : यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कैलाली : कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरिया बजारबाट प्रहरीले प्लास्टिकको फूलमाला र पूजा सामग्री बरामद गरेको छ। नगर प्रहरीले अत्तरिया बजारका विभिन्न ठाउँहरूबाट झन्डै २ बोरी प्लास्टिकका माला र अन्य पूजा सामग्री बरामद गरेको हो। नगर प्रहरी सहायक निरीक्षक मोहन देव पन्तका अनुसार शनिवार र आइतबार गरी बजार क्षेत्रबाट २ बोरा प्लास्टिक जन्य माला समातेको हो। नगरपालिका तथा स्थानीय प्रशासनले कृत्रिम माला बिक्री वितरणमा रोक लगाएको हो।
धनगढी : कैलालीको स्थानीय प्रशासनले तिहारमा देउसी भैलोको समय राति ९ बजेसम्म सीमित पारेपछि एमाले निकट राष्ट्रिय युवा संघले आपत्ति जनाएको छ। युवा संघ कैलाली जिल्ला अध्यक्ष लक्ष्मण थापाले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनको सो निर्णयको विरोध जनाएका हुन्। सँगै युवा संघले तिहारमा देउसी भैलो १२ बजेसम्म खेल्न दिन प्रशासनसँग माग गरेको हो। विज्ञप्तिमा भनिएको छ,‘आयातित विदेशी संस्कृतिको नाममा रातभरि गरिने क्रियाकलापमा आधारित संस्कृतिमा सुरक्षा प्रदान गर्न सक्ने छ। नेपालीहरूको महान् पर्व दीपावलीको अवसरमा जम्मा १२ बजेसम्म पनि सुरक्षा दिन नसक्ने अवस्था किन आयो ?’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस दीपावलीको अवसरमा खेलिने देउसी भैलोलाई राति १२ बजेसम्म…