Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : अमेरिका र वेष्ट इन्डिजमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडी नेपाल पुलिसले शुभकामना तथा बिदाइ गरेको छ । विश्वकप खेल्ने पुलिसमा आबद्ध ६ खेलाडीलाई शुक्रवार शुभकामना तथा बिदाइ गरिएको हो । पुलिसका कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, गुल्सन झा, सागर ढकाल र ललित राजवंशीले विश्वकप खेल्ने टोलीका खेलाडीलाई शुभकामना तथा बिदाइ गरिएको हो । उनीहरूलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको उपस्थितिमा शुभकामना दिइएको हो । शुभकामना तथा विदाइ कार्यक्रममा करण केसी र सागर ढकाल उपस्थित थिएनन् ।

Read More

काठमाडौंः सिन्धुलीको एसपीमा गोविन्दराज काफ्लेको काज सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत एसपी बिनोद शर्मालाई कारबाहीस्वरुप हटाएपछि काफ्लेलाई खटाइएको हो। यसअघि सिन्धुलीमा एसपी अर्जुन तिमिल्सनालाई पठाउने तय भएको थियो। तर, उनले त्यहाँ जान नमनेपछि काफ्लेलाई खटाइएको बताइएकोृ छ। काफ्ले प्रहरी एकेडेमीमा कार्यरत थिए।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेशसभाको बैठक स्थगित गरिएको छ। मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रयोजनका लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको हो। सोडारीले विश्वासको मत लिने भनेर बोलाईएको संसद बैठक शनिबार बेलुकी साढे ५ बजेसम्मका लागि स्थगित गरिएको जनाइएको छ। संसद सचिवालयले सूचना टाँस गर्दै शनिबार बेलुकी ५ बजेसम्मका लागि स्थगित भएको जनाएको हो। एमालेले सरसल्लाह नगरेको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताउदै आएको थियो। काँग्रेसले पनि उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त नगरेर संविधान मिचेको भन्दै संसद अवरुद्ध पार्ने चेतावनी दिदै आएको थियो भने नाउपाले मत नदिने उर्दी नै जारी गरेको थियो।

Read More

धनगढी : नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पार्टीले विश्वासको मत नदिने जनाएका छन् । संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उनले मुख्यमन्त्री दीर्घ सोडारीले हतारमा सल्लाह नगरेर विश्वासको मत लिन खोजेको भन्दै आज विश्वासको मत नदिने जनाए छ । ‘गठबन्धनको सरकार बनाउने कुरा हो । यहाँ हतार गर्नु पर्ने बेला छैन । बझाङको निर्वाचन भर्खर सकिएको छ । उम्मेदवारको बुवा बित्नुभएको १३ दिन पनि पुगेको छैन किन हतार गर्नु’, उनले भने ।यसअघि नै मुख्यमन्त्री सोडारीले आज ५ बजे विश्वासको मत लिन संसद् आह्वान गर्न प्रदेश सभा सचिवालयमा पत्र पठाएका थिए । आज…

Read More

धनगढी : भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र सोही गाउँपालिकाका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो। उत्तराखण्डको पात्ली बगर भन्ने ठाउँको जंगलमा सल्किएको डढेलोमा परेर उनीहरूको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। उनीहरू त्यहाँ खटो निकाल्ने मजदुरीको काम गर्दै आएका बताइएको छ। मजदुरी गरेर परिवार पालिरहेका उनीहरूको निधन भएपछि परिवारको बिचल्ली भएको छ।  

Read More

धनगढी : मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनेबारे नेकपा माओवादी केन्द्र अलमलमा परेको छ । विश्वासको मतको लागि आज साँझ बोलाएको प्रदेशसभा बैठक बस्ने सत्तारुढ दलभित्रै अनिश्चिय देखिएपछि माओवादी केन्द्र मलमलमा परेको हो । माओवादी संसदीय दलका उपनेता अक्कल रावलले प्रदेशसभाको बैठक नै अनिश्चित रहेको भन्दै दलको बैठक समेत बस्न नसकेको बताए । यहाँ नेकपा एमालेले आज तोकिएको बैठकमा विश्वासको मत दिन नसक्ने अडान लिएपछि संसद बैठक अनिश्चित बनेको छ ।

Read More

धनगढी : बाजुरामा मार्तडी–कोल्टी सडकमा बस सञ्चालनको अस्थायी अनुमति प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले अस्थायी अनुमति दिएको हो। बिहीबार बडीमालिका र बुढीनन्दा नगरपालिकाका जनप्रतिनिधिको संयुक्त बैठकले बस सेवा सञ्चालन गर्न अनुमतिको मागेका थियो हो। बस सेवा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारीसहितको सर्वपक्षीय बैठकले चार पालिकाका नागरिकलाई आवतजावत गर्न सहजता हुने गरी बस सेवा नियमित रूपमा सञ्चालन गर्ने अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले जानकारी दिए। बैठकले मार्तडी–कोल्टी सडकखण्डमा यातायात व्यवासयीसँग रात्रिबसको हकमा आठ वर्ष ननाघेका तथा दिवाबसको हकमा १० वर्ष ननाघेका कम्तीमा पाँचवटा बस हुनुपर्ने निर्णय भएको उनले बताए। बुढीनन्दा, बडीमालिका र बुढीगङ्गा नगरपालिकाले मर्मतसम्भार…

Read More

काठमाडौं : नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका २११ जना प्रहरी जवान प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका छन् । बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सञ्चारतर्फका प्रहरी जवानहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । cn_6607_to_6614_technical_pc_to_ahc_20810120_prj_btt_prsh_sbDownload

Read More

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा गरिने महामन्त्री मुकुल ढकालले जानकारी दिए। इलाम—२ को उपनिर्वाचनमा चौथो भएको रास्वपाको जमानत जफत भएको थियो।

Read More

काठमाडौं : नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका ९ जना प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दारमा बढुवा सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, संगित उपसमूहतर्फका उनीहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । cn_6606_tech_sangit_ahc_to_hcDownload

Read More